खेलाडीलाई जीवनवृत्ति र सम्मान गर्नुपर्छः राष्ट्रपति

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २२, २०७४
|
|
२७ पटक हेरिएको
Shares
खेलाडीलाई जीवनवृत्ति र सम्मान गर्नुपर्छः राष्ट्रपति

सारांश

  • काठमाडौँ, २२ असार ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले खेलकुद क्षेत्रको सम्बद्ध पक्ष सक्रिय भएर अगाडि बढेमा यसले केही वर्षभित्र नै ठूलै फड्को मार्नसक्ने बताउनुभएको छ ।
  • राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा नवौँ राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिताको आज उद्घाटन गर्दै उहाँले राज्यले सकारात्मक प्रोत्साहनका रुपमा खेलाडीको जीवनवृत्ति र स्तरोन्नतिका लागि अवसर प्रदान गर्नुपर्ने तथा खेलाडीलाई सम्मान गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँ, २२ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले खेलकुद क्षेत्रको सम्बद्ध पक्ष सक्रिय भएर अगाडि बढेमा यसले केही वर्षभित्र नै ठूलै फड्को मार्नसक्ने बताउनुभएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा नवौँ राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिताको आज उद्घाटन गर्दै उहाँले राज्यले सकारात्मक प्रोत्साहनका रुपमा खेलाडीको जीवनवृत्ति र स्तरोन्नतिका लागि अवसर प्रदान गर्नुपर्ने तथा खेलाडीलाई सम्मान गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
उहाँले हरेक विद्यालयले आफ्नो क्षेत्रको भौगोलिक अवस्था जलवायु, परम्परा तथा सांस्कृतिक भिन्नताका आधारमा उपयुक्त खेल समावेश गरी प्रतियोगिता सञ्चालन गरेमा खेलकुद क्षेत्रका साथै खेल पर्यटनको समेत विकास हुने विचार व्यक्त गर्नुभयो ।

प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, कराँते, उसु, फुटबल र क्रिकेटमा प्रतिस्पर्धा हुनेछ । एथलेटिक्स र फुटबल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला, भलिबल राखेपको कभर्ड हल, कबड्डी कीर्तिपुर, तेक्वान्दो पेप्सीकोलास्थित कोटेश्वर तेक्वान्दो डोजाङ, कराते लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्ड हल तथा क्रिकेट कीर्तिपुर क्रिकेट मैदानमा खेलाइनेछ ।

प्रतियोगिताको टिम च्याम्पियनले रु २५ हजार, उपविजेताले रु २० हजार र तेस्रो हुनेले रु १५ हजार पुरस्कार प्राप्त गर्नेछन् । एथलेटिक्स, भलिबल र कबड्डीको पदकलाई मात्र निश्चित अङ्क प्रदान गरी समग्रमा टिम च्याम्पियनको घोषणा गरिने छ । व्यक्तिगत स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु तीन हजार, दुई हजार र एक हजार पुरस्कार पाउनेछन् । त्यस्तै पहिलोदेखि तेस्रो हुने टिमका प्रत्येक खेलाडीलाई क्रमशः रु एक हजार ५००, एक हजार र ५०० पुरस्कार प्रदान गरिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?