खोटाङमा चुनावी सरगर्मी बढ्यो

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २७, २०७४
|
|
४६ पटक हेरिएको
Shares
खोटाङमा चुनावी सरगर्मी बढ्यो

सारांश

  • खोटाङ ।
  • दोस्रो चरणको स्थानीय तह चुनाव नजिकिँदै गर्दा खोटाङमा चुनावी चहलपहल तीव्र बनेको छ ।
  • जिल्लामा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीले जिल्लामा चुनावीसभा तथा प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

खोटाङ । दोस्रो चरणको स्थानीय तह चुनाव नजिकिँदै गर्दा खोटाङमा चुनावी चहलपहल तीव्र बनेको छ ।

जिल्लामा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीले जिल्लामा चुनावीसभा तथा प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

जिल्लामा प्रायः सबै दलले सबै स्थानीय तहमा उम्मेदवार टुङ्गो लगाएपछि आ–आफ्ना पार्टीका प्रतिबद्घता लिएर उम्मेदवार, नेता तथा कार्यकर्ता चुनावी सभादेखि घरदैलो अभियानमा जुटिरहेका छन् । बा¥ह दल दर्ता भएको यस जिल्लामा काँग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संयुक्त चिह्नबाट चुनावी प्रतिस्पर्धा गर्ने सङ्घीय समाजवादी तथा नयाँ शक्ति, नेकपा माले र खम्बुवान राष्ट्रिय मोर्चा चुनावमा उत्रिएका छन् ।

दश स्थानीय तहमध्ये एक नगरपालिकासहित पाँच ठाउँमा महिलालाई प्रमुख उम्मेदवार बनाएको माओवादी केन्द्रले भने घोषणापत्रसमेत सार्वजनिक गरिसकेको छ । काँग्रेस, एमाले, सङ्घीय समाजवादी र नयाँ शक्तिले तयारी पूरा भइसकेको जनाए पनि सार्वजनिक गरेको छैन ।

यसपटक पनि अघिल्लो चुनावहरुमा एमाले, काँग्रेस र माओवादीबीच कडा प्रतिस्पर्धा हुने विश्लेषकहरुको अनुमान छ ।

यस जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिका रहेका छन् । जिल्लास्थित क्रियाशील यी दल आफ्नो पक्षमा जनमत जुटाउन घरघरमा चुनाव चिह्न तथा झन्डा राख्दै गाउँटोलमा खटिरहेका छन् । मुख्य दलहरुले सम्बन्धित पालिका तथा वडामा कार्यालय स्थापना गरी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

मध्य वर्षाअर्थात् धान रोपाइँ गर्ने समयमा चुनावको मिति तोकिएकामा किसान असन्तुष्ट बने पनि जिल्लावासी मतदान गर्न आतुर छन् । चार सय १५ जना जनप्रतिनिधि निर्वाचित हुने यस जिल्लामा मतदाता शिक्षालाई अन्तिम चरणमा पु¥याइएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए ।

यहाँ एक सय ३६ मतदान स्थलमा १७३ मतदान केन्द्र कायम गरिएको छ र एक लाख १५ हजार ६४४ मतदाता रहेका छन् । निर्वाचनका लागि सुरक्षा अवस्था मजबुत बनाइएको प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवासँग तर्क गर्नु भनेको कर्कला काट्न बन्चरो प्रयोग गर्नु जस्तै हो : केपी ओली
देउवासँग तर्क गर्नु भनेको कर्कला काट्न बन्चरो प्रयोग गर्नु जस्तै हो : केपी ओली
राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने !
राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने !
हलिउडबाट यसरी चोरी भएको थियो छक्का पन्जाको पोस्टर
हलिउडबाट यसरी चोरी भएको थियो छक्का पन्जाको पोस्टर
विकास निर्माणको काम प्रभावकारी नभएको भन्दै सरकारको ध्यानाकर्षण
विकास निर्माणको काम प्रभावकारी नभएको भन्दै सरकारको ध्यानाकर्षण
असार मसान्तभित्र मर्जर र प्राप्तिमा जाने वाणिज्य बैंकले विशेष सुविधा पाउने
असार मसान्तभित्र मर्जर र प्राप्तिमा जाने वाणिज्य बैंकले विशेष सुविधा पाउने
लुम्बिनीमा एमाले र कांग्रेसले टुंगाे लगाए मन्त्रीकाे नाम
लुम्बिनीमा एमाले र कांग्रेसले टुंगाे लगाए मन्त्रीकाे नाम
माओवादीको घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रदेश प्रमुख हुने मुख्य  एजेण्डा
माओवादीको घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रदेश प्रमुख हुने मुख्य एजेण्डा
उत्तर कोरियाद्वारा पूर्वी सैन्य बन्दरगाहबाट क्रुज मिसाइल प्रहार
उत्तर कोरियाद्वारा पूर्वी सैन्य बन्दरगाहबाट क्रुज मिसाइल प्रहार
‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो तर मैले भने नयाँ जीवन पाएँ’ : प्रहरी निरीक्षक लिम्बू
‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो तर मैले भने नयाँ जीवन पाएँ’ : प्रहरी निरीक्षक लिम्बू
मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय
मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय