घरमै सुत्केरी हुने दर शून्य

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ११, २०७४
|
|
३४ पटक हेरिएको
Shares
घरमै सुत्केरी हुने दर शून्य

सारांश

  • ललितपुर, ११ चैत,  लुभू प्राथमिक स्वास्थ्य केन्द्रको सेवा क्षेत्रमा घरमै सुत्केरी हुने दर शून्य छ ।
  • एक दशक पहिले ‘बर्थिङ सेन्टर’(जन्मकेन्द्र) शुरु भएपछि सबै गर्भवती स्वास्थ्य संस्थामा सुत्केरी हुन थालेको केन्द्रले जनाएको छ ।
  • केन्द्रमा कार्यरत स्वास्थ्य सहायक अर्जुन लाबदले सो क्षेत्रमा सबै महिलाले नियमित जाँच गर्ने र स्वास्थ्य संस्थामा नै गएर प्रसूति सेवा लिने गरेको बताउनुभयो ।

ललितपुर, ११ चैत,  लुभू प्राथमिक स्वास्थ्य केन्द्रको सेवा क्षेत्रमा घरमै सुत्केरी हुने दर शून्य छ ।

एक दशक पहिले ‘बर्थिङ सेन्टर’(जन्मकेन्द्र) शुरु भएपछि सबै गर्भवती स्वास्थ्य संस्थामा सुत्केरी हुन थालेको केन्द्रले जनाएको छ । केन्द्रमा कार्यरत स्वास्थ्य सहायक अर्जुन लाबदले सो क्षेत्रमा सबै महिलाले नियमित जाँच गर्ने र स्वास्थ्य संस्थामा नै गएर प्रसूति सेवा लिने गरेको बताउनुभयो । पहिले नियमित जाँचका लागि समेत महिलालाई ग्वार्काे वा लगनखेल पुग्नुपर्ने बाध्यता थियो । उहाँ भन्नुहुन्छ, “अहिले आर्थिक रुपमा सम्पन्न मात्रै होइन विपन्न पनि स्वास्थ्य संस्थामा जान्छन् ।” केन्द्रमा स्थानीयवासी महिला पनि आउँछन् । अस्थायी रुपमा बसोबास गरेका विपन्न महिलाका लागि केन्द्र अझै सजिलो भएको छ ।

नजीकैको स्वास्थ्य संस्थामा सेवा पाउने भएपछि महिलाले अरु काम भ्याएर समेत जचाउने गरेका छन् । केन्द्रमा जाँच गर्न आउनेका तुलनामा सुत्केरी हुन आउने कम छन् । वार्षिक झण्डै तीनचार सय महिला जाँच गराउनका लागि आउँछन् । केन्द्रमा सबै खालका जाँचका लागि चिकित्सक र उपकरण छन् ।
उहाँ भन्नुहुन्छ, “नियमित रुपमा गाउँगाउँमा कार्यक्रम गरी स्वास्थ्य संस्थामा सुत्केरी हुँदाका फाइदाबारे सम्झाइरहेका छौंँ ।” गत साउनदेखियता २१ महिलाले केन्द्रमा सन्तानलाई जन्म दिइसकेका छन् । यो संख्या अघिल्लो वर्ष ३० थियो ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उद्योगमन्त्री यादवविरुद्ध अख्तियारको अनुसन्धान सुरु
उद्योगमन्त्री यादवविरुद्ध अख्तियारको अनुसन्धान सुरु
कांग्रेस संसदीय दलको बैठक आज  बस्दै
कांग्रेस संसदीय दलको बैठक आज बस्दै
कोरोना भाइरसका कारण विश्वभर एक सय ५८ नेपालीको मृत्यु
कोरोना भाइरसका कारण विश्वभर एक सय ५८ नेपालीको मृत्यु
नेपाल र दक्षिण कोरियाबीच कामदार लैजाने सम्झौता नविकरण
नेपाल र दक्षिण कोरियाबीच कामदार लैजाने सम्झौता नविकरण
कर्णाली पहिलो आधार प्राङ्गारिक कृषि: मन्त्री केसी
कर्णाली पहिलो आधार प्राङ्गारिक कृषि: मन्त्री केसी
Fwd: प्रदेश २ मा नाम र राजधानी बहस: पार्टीबाट मधेश हटाउने, प्रदेशको नाम त्यही चाहिने?
Fwd: प्रदेश २ मा नाम र राजधानी बहस: पार्टीबाट मधेश हटाउने, प्रदेशको नाम त्यही चाहिने?
नेवारहरुकाे सबैभन्दा ठूलाे चाड मोहनी नखः सम्पन्न !
नेवारहरुकाे सबैभन्दा ठूलाे चाड मोहनी नखः सम्पन्न !
नेविसंघका नेताहरुको चेतावनी : ‘माघ १० गते अघि नैंनसिंह महरले कुनै काम गरे आक्रमण हुन्छ’
नेविसंघका नेताहरुको चेतावनी : ‘माघ १० गते अघि नैंनसिंह महरले कुनै काम गरे आक्रमण हुन्छ’
सुरु भयो सामाजिक सुरक्षा कार्यक्रम, यस्ता छन् दस नारा
सुरु भयो सामाजिक सुरक्षा कार्यक्रम, यस्ता छन् दस नारा
आजदेखि बिमस्टेक सम्मेलन : प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
आजदेखि बिमस्टेक सम्मेलन : प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

तपाईंले छुटाउनुभयो कि?