Fwd: प्रदेश २ मा नाम र राजधानी बहस: पार्टीबाट मधेश हटाउने, प्रदेशको नाम त्यही चाहिने?

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ५, २०७५
|
|
३३ पटक हेरिएको
Shares
Fwd: प्रदेश २ मा नाम र राजधानी बहस: पार्टीबाट मधेश हटाउने, प्रदेशको नाम त्यही चाहिने?

सारांश

  • प्रदेश २ को स्थायी राजधानी र नामाकरण विवाद उत्कर्षमा पुगेपछि प्रदेश सरकारद्वारा गठित सुझाव संकलन आयोगले आठवटै जिल्ला पुगेर सुझाव संकलन कार्य सम्पन्न गरेको छ।
  • सुझाव संकलनको आन्तिम दिन शुक्रावार आयोगले जनकपुरमा सुझाव संकलन गरेको हो।
  • सुझाव संकलन कार्याक्रमममा वादविाद तथा होहल्लाबीच प्रदेश नं.

प्रदेश २ को स्थायी राजधानी र नामाकरण विवाद उत्कर्षमा पुगेपछि प्रदेश सरकारद्वारा गठित सुझाव संकलन आयोगले आठवटै जिल्ला पुगेर सुझाव संकलन कार्य सम्पन्न गरेको छ।

सुझाव संकलनको आन्तिम दिन शुक्रावार आयोगले जनकपुरमा सुझाव संकलन गरेको हो।

सुझाव संकलन कार्याक्रमममा वादविाद तथा होहल्लाबीच प्रदेश नं.२ को राजधानी जनकपुरधाम र नाम मधेश, मिथिला वा मध्य मधेश राख्न वक्ताहरुले सुझाव दिएका छन्।

नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झाको नेतृत्वमा गठित आयोगको कार्यक्रममा प्रदेश २ को राजधानीबारे एकमत भए पनि प्रदेशको नामाकरणबारे मिश्रित सुझाव आएको छ। कार्यक्रममा वक्ताहरु प्रदेशको राजधानी ‘जनकपुरधाम’ हुनुपर्नेमा एकमत देखिएका थिए। नाम मधेश, मिथिला, जानकी, जनक लगायतका हुनुपर्ने सुझाव धनुषाबासीले दिएका छन्।

उनीहरुले पहिलो, दोस्रो तथा तेस्रो मधेश आन्दोलनको भावनाअनुसार मधेश प्रदेश नाम राखिनुपर्नेमा जोड दिए।

प्रदेशको राजधानी तथा नाम सम्बन्धमा सुझाव तथा संकलन कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका प्रमुख सचेतक परमेश्वर साहले मधेश आन्दोलनको भावनालाई समेटेर प्रदेशको नाम मधेश राखिनुपर्ने दाबी गरे। उनले मधेश आन्दोलनको नाममा पटक–पटक पहिचानको आन्दोलन भएकोले परिवर्तनलाई संस्थागत गर्न समेत मधेश नाम र राजधानी जनकपुरधाम राखिनुपर्ने उल्लेख गरे।

संघीय समाजवादी फोरमकी प्रदेशसभा सदस्य चमेली देवी दासले पनि प्रदेशको राजधानी जनकपुर र नामाकरण मधेस प्रदेश राख्न सुझाव दिएकी छिन्। उनले संघीयता ल्याउनमा मधेस आन्दोलनको महत्वपूर्ण भूमिका रहेकाले वर्तमान उपलब्धि र शहीदलाई सम्मान गर्दै मधेस प्रदेशको विकल्प नरहेको जिकिर गरिन्। यस्तै नेकपा सांसद किशोरी साह कमलले प्रदेशको राजधानी जनकपुर र नाम जानकी प्रदेश हुनुपर्ने सुझाव दिए।

नेकपाका सांसद रामचन्द्र मण्डलले सुझाव संकलन आयोगको नाममा प्रदेश सरकारले फजूल खर्च गरिरहेको आरोप लगाए। प्रदेशसभाको दुई तिहाई बहुमतबाट प्रदेशको नामाकरण, भाषा तथा राजधानी टुंग्याउनुपर्नेमा नामाकरण तथा भाषालाई गौण गर्ने प्रयास भइरहेको आरोप लगाए।

‘सरकारले प्रदेशको नामाकरण, भाषा तथा राजधानी विधेयक सदनमा लगेर सदनबाट विशेष समिति गठन गरेर सुझाव संकलन गर्नुपर्ने हो। तर यो समिति गठन गरेर सरकारले आफ्नै लागि सुझाव संकलन गरिरहेको छ। एउटै काममा दोहोरो खर्च गरेर पेट पाल्न लागेको छ।’

‘मधेशी जनअधिकार फोरम हराएर संघीय समाजवादी फोरम बन्यो, तराई मधेश लोकतान्त्रिकबाट राजपा नेपाल बन्यो। तर आज प्रदेशको नामाकरणमा मधेश किन चाहियो ?’, प्रदेश सांसद मण्डलको प्रश्न थियो।

युवाद्वारा कार्यक्रम बहिस्कार
प्रदेशको नामाकरण र राजधानीबारे सुझाव संकलनको क्रममा जनकपुरस्थित एक होटेलमा क्रार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रम शुरु भएको केही बेरपछि मधेस आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका युवाको एउटा समूहले कार्यक्रम बहिस्कार गर्यो। प्रदेश सरकारद्वारा गठित प्रदेशको राजधानी तथा नाम सम्बन्धमा सुझाव संकलन आयोगका कार्यक्रम होटेलको एउटा बन्द कोठामा गरेको भन्दै उनीहरुले आक्रोश जनाए। सुशील कर्ण तथा सरोज मिश्र समूहका युवाले कार्यक्रम खुला स्थान गर्नुपर्ने धारणा राखेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्री खाँणले उम्मेदवारी फिर्ता लिन गरेको आग्रह पौडेलद्वारा अस्वीकार
गृहमन्त्री खाँणले उम्मेदवारी फिर्ता लिन गरेको आग्रह पौडेलद्वारा अस्वीकार
दोस्रो चरणको स्थानीय चुनावको सम्पूर्ण तयारी पूरा .
दोस्रो चरणको स्थानीय चुनावको सम्पूर्ण तयारी पूरा .
आज आइतबार, थाहा पाउनुहोस् तपाईंको राशिफल
आज आइतबार, थाहा पाउनुहोस् तपाईंको राशिफल
Мостбет скачать на смартфон мобильное приложение Mostbet ap
कुमारी बैंक र एनसीसी बैंकको शेयर कारोबार रोक्का
कुमारी बैंक र एनसीसी बैंकको शेयर कारोबार रोक्का
नेपाल–चीन सम्बन्धलाई सुदृढ तुल्याउन सौहार्दपूर्ण छलफल : उपाध्यक्ष सापकोटा
नेपाल–चीन सम्बन्धलाई सुदृढ तुल्याउन सौहार्दपूर्ण छलफल : उपाध्यक्ष सापकोटा
भक्तपुरमा भेटियो कुकुर बम, सुरक्षाकर्मीले पारे निश्क्रिय
भक्तपुरमा भेटियो कुकुर बम, सुरक्षाकर्मीले पारे निश्क्रिय
पाँच उपाध्यक्षले दिए नैनसि‌ंह महरलार्इ चेतावनी !
पाँच उपाध्यक्षले दिए नैनसि‌ंह महरलार्इ चेतावनी !
बिम्स्टेक सम्मेलन प्रभाव: ७ लाख सवारी घरमै थन्किए, यात्रुको विचल्ली !
बिम्स्टेक सम्मेलन प्रभाव: ७ लाख सवारी घरमै थन्किए, यात्रुको विचल्ली !
बदलिँदो सत्तासमिकरणसँगै विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी
बदलिँदो सत्तासमिकरणसँगै विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

तपाईंले छुटाउनुभयो कि?