चन्द्रागिरिमा काँग्रेसको अग्रता

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३, २०७४
|
|
३४६ पटक हेरिएको
Shares
चन्द्रागिरिमा काँग्रेसको अग्रता

सारांश

  • काठमाडौँ, ३ जेठ ।
  • चन्द्रागिरि नगरपालिका प्रमुखको मतगणनामा हालसम्म नेपाली काँग्रेसका घनश्याम गिरीले चार हजार ८५२ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ ।
  • उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का प्रल्हाद कार्कीले दुई हजार ३७८ मत प्राप्त गर्नुभएको छ ।

काठमाडौँ, ३ जेठ । चन्द्रागिरि नगरपालिका प्रमुखको मतगणनामा हालसम्म नेपाली काँग्रेसका घनश्याम गिरीले चार हजार ८५२ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का प्रल्हाद कार्कीले दुई हजार ३७८ मत प्राप्त गर्नुभएको छ । हालसम्म उपप्रमुखमा काँग्रेसका इन्द्रावती श्रेष्ठले तीन हजार ७१८, एमालेका लीसा नकर्मीले दुई हजार ९२२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिनुभयो ।

कुल ३८ हजार ८७२ मतदाता रहेको सो नगरपालिकामा ३१ हजार ९२० मत खसेको थियो । नगरपालिकामा १५ वडा रहेकामा अहिले ४ र ५ वडाको मतगणना सम्पन्न भइसकेको छ ।

यसैबीच, वडा नं ४ मा काँगे्रसको समूह विजयी भएको छ । विजयी वडाध्यक्षमा कृष्णप्रसाद खड्गी तथा सदस्यमा कृष्णकुमारी गोपाली, रविना रोक्का, पृथ्वीबहादुर लामा र मन्जयप्रकाश श्रेष्ठ हुनुहुन्छ ।

वडा नं ५ मा एमालेको समूह विजयी भएको छ । विजयी वडाध्यक्षमा कान्छाभाइ महर्जन, तथा सदस्यमा तुलसी महर्जन, झम्फे नेपाली, सुशीला राना मगर र तेजिला थापा हुनुहुन्छ ।

(https://winandoffice.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भित्ते राष्ट्रपति प्रचण्डले कार्यकारी राष्ट्रपतिको विषय छाड्नु भयो: बाबुराम भट्टराई
भित्ते राष्ट्रपति प्रचण्डले कार्यकारी राष्ट्रपतिको विषय छाड्नु भयो: बाबुराम भट्टराई
अमेरिकामा विदेशी विद्यार्थीलाई भिसा नदिने पूर्व आदेश ट्रम्प प्रशासनद्वारा फिर्ता
सेयर बजारमा उछाल, २६ अंकले बढ्यो नेप्से
सेयर बजारमा उछाल, २६ अंकले बढ्यो नेप्से
बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने
बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने
कस्तो रहला आज देशभरको मौसम?
कस्तो रहला आज देशभरको मौसम?
मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन कारबाहीमा
मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन कारबाहीमा
मुस्ताङमा मतगणना शुरु, राति ११ बजेसम्म परिणाम आइसक्ने
मुस्ताङमा मतगणना शुरु, राति ११ बजेसम्म परिणाम आइसक्ने
सुरु भयो डीआइजीहरुको सरुवा चलखेल : दुई भाइको भिडन्त !!
सुरु भयो डीआइजीहरुको सरुवा चलखेल : दुई भाइको भिडन्त !!
कस्ता समस्या भएका व्यक्तिले खानु हुँदैन कालो चना ?
कस्ता समस्या भएका व्यक्तिले खानु हुँदैन कालो चना ?
समयमै अस्पताल लान नसक्दा मिनीट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो (अपडेट)
समयमै अस्पताल लान नसक्दा मिनीट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो (अपडेट)