चुनाव चिह्न नदिए निर्वाचन हुन दिँदैनौँ : डा भट्टराई

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ९, २०७४
|
|
७७२ पटक हेरिएको
Shares
चुनाव चिह्न नदिए निर्वाचन हुन दिँदैनौँ : डा भट्टराई

सारांश

  • पालुङ्टार (गोरखा), ९ वैशाख ।
  • पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले नयाँ शक्ति पार्टीलाई आँखा चुनाव चिह्न नदिएसम्म निर्वाचन हुन नदिने चेतावनी दिनुभएको छ ।
  • नयाँ शक्तिले गोरखाको पालुङटारमा आज आयोजना गरेको बृहत् आमसभामा भट्टराईले “जतिबेलासम्म चुनाव चिह्न दिँदैनन्, त्यति बेलासम्म निर्वाचन हुन दिदैनौँ”– भन्नुभयो ।

पालुङ्टार (गोरखा), ९ वैशाख । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले नयाँ शक्ति पार्टीलाई आँखा चुनाव चिह्न नदिएसम्म निर्वाचन हुन नदिने चेतावनी दिनुभएको छ ।

नयाँ शक्तिले गोरखाको पालुङटारमा आज आयोजना गरेको बृहत् आमसभामा भट्टराईले “जतिबेलासम्म चुनाव चिह्न दिँदैनन्, त्यति बेलासम्म निर्वाचन हुन दिदैनौँ”– भन्नुभयो ।

संविधान निर्माण गर्न आफूले ठूलो भूमिका खेलेको स्मरण गर्दै भट्टराईले त्याग गरेर ल्याएको संविधानमा उल्लेख भएअनुसार नै प्रक्रिया पु¥याएर निर्वाचन आयोगमा दल दर्ता गरिएकाले चुनाव चिह्न पनि पाउनुपर्ने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “आँखा चिह्न प्राप्त गरिछाड्छौँ । निर्वाचनको तयारीमा जुट्नुहोस् ।”

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ शक्तिलाई चुनाव चिह्न दिनबाट रोक लगाएको भट्टराईले आरोप लगाउनुभयो ।

“निर्वाचन आयोगमा प्रक्रिया पु¥याएर दर्ता भएको पार्टीलाई चुनाव चिह्न नदिने निर्णय षड्यन्त्र हो”– उहाँले भन्नुभयो, “राप्रपाको काँधमा प्रधानमन्त्री बस्नुभएको छ । त्यसैले आयोगलाई भनेर राप्रपाको माग पूरा गरिदिनुभयो ।”

संविधान संशोधन गरेर मधेसी दललाई पनि निर्वाचनमा सहभागी गराउन भट्टराईको आग्रह छ । मधेसीको माग पूरा गराउने बहानामा चुनावको मिति हेरफेर गर्न नहुने भन्दै उहाँले संविधान संशोधन पारित गरी निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

यस्तै, पार्टी घोषणाको एक वर्षमै ७५ जिल्लामा सङ्गठन बनिसकेको भन्दै भट्टराईले जनताको भोटले निर्वाचन जितेर सत्तामा पुगेपछि आर्थिक समृद्धिका काम गरिने बताउनुभयो ।

समृद्ध नेपाल बनाउनका लागि लिगलिगकोटको फेदीबाट उद्घोष गर्दै भट्टराईले पालुङटार नगरलाई देशकै नमुना नगर बनाउने योजना सुनाउँदै नगर प्रमुख, उपप्रमुखमा नयाँ शक्तिलाई जिताउन आग्रह गर्नुभयो । वामपन्थी, दक्षिणपन्थीभन्दा माथि उठेको विचार नयाँ शक्ति भएको उहाँको भनाइ थियो ।

आमसभालाई नेता देवी ओझा, पासाङ शेर्पा, गङ्गा चौधरी, करिष्मा मानन्धर, हरिशरण आचार्य, डा लक्ष्मीप्रसाद देवकोटा लगायतले सम्बोधन गर्नुभएको नयाँ शक्तिका अशोक देवकोटाले जानकारी दिनुभयो ।

 

 

 

 

 

Source : RSS

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 8
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेटलाई अन्तिम रुप दिने बेला प्रधानमन्त्री र अर्थमन्त्री बीच लफडा
बजेटलाई अन्तिम रुप दिने बेला प्रधानमन्त्री र अर्थमन्त्री बीच लफडा
विद्यार्थी द्वारा टिपर दुर्घटनामा ज्यान गुमाएकाकाे परिवारलाई राहत रकम प्रदान !
विद्यार्थी द्वारा टिपर दुर्घटनामा ज्यान गुमाएकाकाे परिवारलाई राहत रकम प्रदान !
५० लाख दिए  प्रधानमन्त्री ओलीलाई मार्छु भन्ने गिरफ्तार
५० लाख दिए प्रधानमन्त्री ओलीलाई मार्छु भन्ने गिरफ्तार
माधव नेपाल प्रति ओलीको आक्रोश, भने पार्टीमा ठाउँ छैन
माधव नेपाल प्रति ओलीको आक्रोश, भने पार्टीमा ठाउँ छैन
नयाँ युगको आरम्भप्रति कांग्रेस कटाक्ष : अलोकप्रियतालाई ढाक्न खोज्ने पातलो पछ्यौरी
नयाँ युगको आरम्भप्रति कांग्रेस कटाक्ष : अलोकप्रियतालाई ढाक्न खोज्ने पातलो पछ्यौरी
बालाजुमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
बालाजुमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
चुनावको समयमा मात्र जनताको घरमा पुग्नेलाई भोट किन दिने – छन्द पहराई
चुनावको समयमा मात्र जनताको घरमा पुग्नेलाई भोट किन दिने – छन्द पहराई
मोटरसाइकल दुर्घटनामा परी चालक को मृत्यु
मोटरसाइकल दुर्घटनामा परी चालक को मृत्यु
चितवन प्रहरीकाे अर्काे फड्काे, तिन महिनामा २४ चोरीका मोटरसाईकल नियन्त्रणमा !
चितवन प्रहरीकाे अर्काे फड्काे, तिन महिनामा २४ चोरीका मोटरसाईकल नियन्त्रणमा !
आलेख: खस्न थाल्यो साततले दरबार
आलेख: खस्न थाल्यो साततले दरबार