विगत पाँच दिनदेखि बन्द सप्तरी खुल्ला !!! मधेसी मोर्चाद्वारा सप्तरी बन्द फिर्ता !!!

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २८, २०७३
|
|
८६४ पटक हेरिएको
Shares
विगत पाँच दिनदेखि बन्द सप्तरी खुल्ला !!! मधेसी मोर्चाद्वारा  सप्तरी बन्द फिर्ता !!!

सारांश

  • आफ्ना कार्याकर्ताको हत्या भएको विरोधमा विगत पाँच दिनदेखि जारी सप्तरी बन्द मधेसी मोर्चाले आज साँझबाट फिर्ता लिएको छ ।
  • गत सोमबार नेकपा (एमाले)को मेची–महाकाली अभियान कार्यक्रमअन्तर्गत सप्तरीको राजविराज–रुपनी सडकखण्डअन्तर्गत बसबिटी गाविसस्थित गजेन्द्र नारायणसिंह औद्योगिक क्षेत्रमा मोर्चाको विरोध कार्यक्रममा प्रहरीको गोली लागेर मोर्चाका पाँच कार्यकर्ताको मृत्यु भएको थियो ।
  • प्रहरीको गोली लागेर मृत्यु भएकालाई सहिद घोषणा, उनीहरुका परिवारलाई क्षतिपूर्ति, परिवारको एक सदस्यलाई सरकारी जागिर र घाइतेको उपचार राज्यले बेहोर्नुपर्नेलगायत मागमा स्थानीय प्रशासनले सहमति जनाएपछि बन्द फिर्ता लिइएको मोर्चाले जनाएको छ ।

आफ्ना कार्याकर्ताको हत्या भएको विरोधमा विगत पाँच दिनदेखि जारी सप्तरी बन्द मधेसी मोर्चाले आज साँझबाट फिर्ता लिएको छ ।

गत सोमबार नेकपा (एमाले)को मेची–महाकाली अभियान कार्यक्रमअन्तर्गत सप्तरीको राजविराज–रुपनी सडकखण्डअन्तर्गत बसबिटी गाविसस्थित गजेन्द्र नारायणसिंह औद्योगिक क्षेत्रमा मोर्चाको विरोध कार्यक्रममा प्रहरीको गोली लागेर मोर्चाका पाँच कार्यकर्ताको मृत्यु भएको थियो ।

प्रहरीको गोली लागेर मृत्यु भएकालाई सहिद घोषणा, उनीहरुका परिवारलाई क्षतिपूर्ति, परिवारको एक सदस्यलाई सरकारी जागिर र घाइतेको उपचार राज्यले बेहोर्नुपर्नेलगायत मागमा स्थानीय प्रशासनले सहमति जनाएपछि बन्द फिर्ता लिइएको मोर्चाले जनाएको छ ।

आक्रोशमा उत्रिएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको कार्यकर्ताले जिल्लाको विभिन्न ठाउँमा तोडफोड गरेका थिए । उनीहरुले प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवको राजविराज–९ स्थित घरमा तोडफोड, व्यवस्थापिका–संसद् महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झाको राजविराज–९ स्थित सम्पर्क कार्यालयमा समेत तोडफोड गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अग्नी सापकोटाले खोले ओली र प्रचण्डबीचको कुरा, यस्तो रहेछ सहमति ?
अग्नी सापकोटाले खोले ओली र प्रचण्डबीचको कुरा, यस्तो रहेछ सहमति ?
पहिलो चरणको नतिजामा एमाले सबैभन्दा ठूलो दल हुने पक्का
पहिलो चरणको नतिजामा एमाले सबैभन्दा ठूलो दल हुने पक्का
राष्ट्रिय खुला पुरुष भलिबलमा आर्मीको जित
राष्ट्रिय खुला पुरुष भलिबलमा आर्मीको जित
ललितपुरको नख्खुमा एनसेल अफिस अगाडि बम विष्फोट
ललितपुरको नख्खुमा एनसेल अफिस अगाडि बम विष्फोट
‘प्रकाण्ड’ लाई भोजपुर अदालत ल्याइयो, थुनछेक बहस हुँदै
‘प्रकाण्ड’ लाई भोजपुर अदालत ल्याइयो, थुनछेक बहस हुँदै
आजको राशीफल
आजको राशीफल
मोबाइलको स्क्रिन लक/पासवार्ड बिर्सनुभयो ? चिन्ता नगर्नुस् अब यसरी तपार्इं आफैँ खोल्न सक्नुहुनेछ
मोबाइलको स्क्रिन लक/पासवार्ड बिर्सनुभयो ? चिन्ता नगर्नुस् अब यसरी तपार्इं आफैँ खोल्न सक्नुहुनेछ
नवलपरासी बौदीकाली गाउँपालिका अध्यक्षमा एमालेका प्रकाश ओझा विजयी
नवलपरासी बौदीकाली गाउँपालिका अध्यक्षमा एमालेका प्रकाश ओझा विजयी
छ कक्षामा स्कुल छाडेर कुल्लीबाट पत्रकार हुँदै एशियाका सबैभन्दा धनाढ्य
छ कक्षामा स्कुल छाडेर कुल्लीबाट पत्रकार हुँदै एशियाका सबैभन्दा धनाढ्य
कम्युनिष्ट नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको यो देवघाट भ्रमण (फोटो फिचर)
कम्युनिष्ट नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको यो देवघाट भ्रमण (फोटो फिचर)