छायां नगर प्रमुख भएर जनताको काम गर्छु ः खाँण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २२, २०७४
|
|
२२ पटक हेरिएको
Shares
छायां नगर प्रमुख भएर जनताको काम गर्छु ः खाँण

सारांश

  • तिलोत्तमा, २२ असार ।
  • रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार रामकृष्ण खाँणले तिलोत्तमावासी मतदाताहरुप्रति आभार ब्यक्त गरेका छन् ।
  • तिलोत्तमा चार नम्बरस्थित आफ्नै निवासमा बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि मेयर पदमा पराजित खाँणले आम मतदाताहरु प्रति आभार प्रकट गरेका हुन् ।

तिलोत्तमा, २२ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार रामकृष्ण खाँणले तिलोत्तमावासी मतदाताहरुप्रति आभार ब्यक्त गरेका छन् ।
तिलोत्तमा चार नम्बरस्थित आफ्नै निवासमा बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि मेयर पदमा पराजित खाँणले आम मतदाताहरु प्रति आभार प्रकट गरेका हुन् ।
प्राबिधिक कारणले जनप्रतिनिधिको हैसियतमा नगरवासीहरुको सेवा गर्ने अवसर प्राप्त नभए पनि आफु लगायत आफ्नो टिमलाई प्राप्त मतको सम्मान गर्दै छाया नगर प्रमुखको रुपमा नगरको विकास र जनताको सेवामा रहिरहने प्रतिवद्धता जनाएका छन् ।
शान्ति,समृद्धि र सर्वाङ्गिण विकास आजको आवश्यकता र जनचाहना भएको भन्दै उनले त्यस्ता कार्यका लागि बिजयी जनप्रतिनिधिहरुले अगाडि सार्ने योजनाहरुमा सिङ्गो नेपाली कांग्रेस पार्टी र आफ्नो सधै साथ र समर्थन रहने बताए ।
नेपाली कांग्रेस रुपन्देहीका सचिव समेत रहेका खाँणले बिमतिमा सहमति,अनेकतामा एकता कायम गर्दै बलियो र समृद्ध राष्ट्र निर्माण गर्ने नेपाली कांग्रेसको अभियानमा मतदाताहरुको सहभागिताको लागि कृतज्ञता ज्ञापन गर्दै निर्वाचनमा पराजित भए पनि तिलोत्तमावासीको सुख दुखमा सधै साथ रहने प्रतिवद्धता जनाए ।
निर्वाचनमा हार जित स्वभाविक रहेकोले त्यसलाई स्विकार गर्नु र निर्वाचित जनप्रतिनिधिहरुले अगाडी सार्ने राम्रा कार्यक्रमहरुलाई सहयोग गर्नु लोकतन्त्रको सुन्दर पक्ष भएको भन्दै खांणले तिलोत्तमावासी आम नागरिकका साना ठुला सबै समस्या समाधान गर्न आफु सधै लागिरहने बिश्वास ब्यक्त गरे ।
पराजयबाट पाठ सिक्दै आगामि दिनमा तिलोत्तमा नगरलाई कांग्रेसको पक्षमा बलियो जनमत निर्माण गर्ने बताउदै खाँणले आगामि प्रदेश र केन्द्रीय संसदको निर्वाचनको तयारीमा लाग्नुपर्ने आवश्यकता औल्याए ।
कार्यक्रममा नेपाली कांग्रेस तिलोत्तमा नगर सभापति हरीलाल पाण्डेले तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसको राम्रै पकड रहे पनि केहि प्राबिधिक कारणले गर्दा चुनावमा बिजयी हुन नसके पनि सम्मानजनक मत आएकोले हारको मानसिकता लिनुपर्ने अवस्था नरहेको भन्दै आगामि निर्वाचनलाई लक्षित गरि अगाडी बढ्नुपर्ने कुरामा जोड दिए ।
निर्वाचनमा पार्टी भित्रैबाट पनि असहयोग भएको भन्ने चर्चा चलेपनि तत्काल त्यस्ता प्रमाणहरु फेला नपरेको बताउदै कहि कतै त्यस्तो कार्य भएको भए पार्टीले छानबिन गरि दोषि पाइए कार्वाही हुने जनाए । कार्यक्रममा पार्टीका नगर सचिब शिव गैरे लगायतले आ आफ्नो भनाई राखेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?