जिसस मुगुमा एमाले विजयी
सारांश
- मुगः मुगु जिल्ला समन्वय समिति (जिसस) मा नेकपा एमालेको प्यानल निर्विरोध निर्वाचित भएको छ।
- एक नगरपालिका र तीन गाउँपालिका रहेको मुगु जिल्लाको समन्वय समितिको निर्वाचनका लागि एमालेका तर्फबाट मात्र उम्मेदवारी परेपछि निर्विरोध चयन भएको हो।
- एक नगरपालिकाको मेयर सहित दुई गाउँपालिकाको प्रमुखसहित ३ स्थानमा बिजयी गरेको नेपाली कांग्रेसले समन्वय समितिको कुनै पनि पदमा उम्मेदवारी दिएन भने एक गाउँपालिका प्रमुखसहित तीन गाउँपालिकाको उपप्रमुख गरी ५ स्थानमा विजयी गरेको एमाले मात्र जिससमा उम्मेदवारी दर्ता गराएको थियो।
मुगः मुगु जिल्ला समन्वय समिति (जिसस) मा नेकपा एमालेको प्यानल निर्विरोध निर्वाचित भएको छ। एक नगरपालिका र तीन गाउँपालिका रहेको मुगु जिल्लाको समन्वय समितिको निर्वाचनका लागि एमालेका तर्फबाट मात्र उम्मेदवारी परेपछि निर्विरोध चयन भएको हो।
एक नगरपालिकाको मेयर सहित दुई गाउँपालिकाको प्रमुखसहित ३ स्थानमा बिजयी गरेको नेपाली कांग्रेसले समन्वय समितिको कुनै पनि पदमा उम्मेदवारी दिएन भने एक गाउँपालिका प्रमुखसहित तीन गाउँपालिकाको उपप्रमुख गरी ५ स्थानमा विजयी गरेको एमाले मात्र जिससमा उम्मेदवारी दर्ता गराएको थियो।
एमालेको मात्र एकल उम्मेदवारी परेकाले निर्वाचन बिना नै विजयी घोषणा गरिएको जिल्ला मुख्य निर्वाचन कार्यालयले जनाएको छ। संयोजकमा पूर्ण बहादुर रोकाया र उपसंयोजकमा कर्णशिला मल्ल चयन भएका छन् भने सदस्यहरुमा मनोशरा टमटा, नरकला भाम, शोभा बुढा, दल बहादुर शाही, झमान सिहं कुमाई र जानुदेवी शाही चयन भएका छन्।
प्रतिक्रिया