जुत्ता-चप्पलको राष्ट्रिय प्रदर्शनी पुस १३ देखि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १०, २०७५
|
|
१७ पटक हेरिएको
Shares
जुत्ता-चप्पलको राष्ट्रिय प्रदर्शनी पुस १३ देखि

सारांश

  • काठमाडौं ।
  • यही पुस १३ देखि १९ गतेसम्म जुत्ता, चप्पल तथा छाला जन्य वस्तुको १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ ।
  • ‘फुट वेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपाल’का अनुसार उक्त प्रदर्शनीमा १४० कक्ष रहने छ ।

काठमाडौं । यही पुस १३ देखि १९ गतेसम्म जुत्ता, चप्पल तथा छाला जन्य वस्तुको १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ ।

‘फुट वेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपाल’का अनुसार उक्त प्रदर्शनीमा १४० कक्ष रहने छ ।

‘मेलाको मुख्य उद्देश्य स्वदेशमा उत्पादन भएका छालाजन्य वस्तुका बारेमा नागरिकलाई जानकारी दिनु रहेको छ,’ मेलाका संयोजक नवराज गौतमले भने ।

मेलामा विशेषगरी छालाको जुत्ता, चप्पल, स्पोर्टस् जुत्ता, स्कूल र कलेजका जुत्ता तथा विभिन्न खानाका परिकारको कक्ष रहने छ ।

‘राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनको प्रयोग’ नाराका साथ हुन लागेको सो मेलाको करीब दुई लाख व्यक्तिले अवलोकन गर्ने बताइएको छ । मेलामा सामग्री खरीद गर्दा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?