मनास्लु हिमालमा हिमपहिरो:एकजनाको मृत्यु, १० जनाको उद्धार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ११, २०७९
|
|
३९ पटक हेरिएको
Shares
मनास्लु हिमालमा हिमपहिरो:एकजनाको मृत्यु, १० जनाको उद्धार

सारांश

  • गोरखा ।
  • मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो जाँदा एक जनाको मृत्यु भएको छ ।
  • सोमबार बिहान बिहान उत्तरी गोरखा जिल्लाको मनास्लु हिमालको तेश्रो आधार शिविरमा हिमपहिरो झरेको थियो ।

गोरखा । मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो जाँदा एक जनाको मृत्यु भएको छ । सोमबार बिहान बिहान उत्तरी गोरखा जिल्लाको मनास्लु हिमालको तेश्रो आधार शिविरमा हिमपहिरो झरेको थियो । हिमपहिरोमा परेका १० जनाको भने उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सङ्खुवासभाका अनुप राई रहेका छन ।

मृतक राईको शव आधार शिविरबाट उद्धार गरेर काठमाडौँको टिचिङ अस्पताल ल्याइएको छ । सोमबार अबेरसम्म चार जनाको उद्धार गरिएको र थप छ जनाको आज बिहान उद्धार गरिएको हो ।

आज बिहानैदेखि हेलिकोप्टरमार्फत पुगेको उद्धार टोलीले हिमपहिरामा परेका निमादोर्जे शेर्पा, दावा शेर्पा, फुरिता शेर्पा, लाक्पा तामाङ, निमा शेर्पा र फुर्ते शेर्पाको उद्धार गरेर सामागाउँ ल्याइएको प्रहरीले जनाएको छ ।

पहिरामा परी उद्धार गरिएका दुई जनाको अवस्था भने सामान्य भएकाले उनीहरु आधार शिविरमा नै बसेर काम गरिरहेका छन । हिमपहिरामा परेकाहरुको उद्धारका लागि आज बिहान सिम्रिक एयरको दुईवटा, कैलाश र एभरेष्ट एयरको एक–एक गरी चार हेलिकोप्टर परिचालन गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?