टीकापुर हत्याकाण्डका मुख्य आरोपी रेशम चौधरीलाई सरकारले दियो १ करोड ७४ लाख !

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३, २०७४
|
|
१९ पटक हेरिएको
Shares
टीकापुर हत्याकाण्डका मुख्य आरोपी रेशम चौधरीलाई सरकारले दियो १ करोड ७४ लाख !

सारांश

  • थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा ९ जनाको ज्यान जाने गरि भएको घटनाको दोश्रो दिन भएका तोडफोड र आगजनी घटनामा पीडितलाई क्षतिपूर्ति वितरण गरिएको छ।
  • प्रहरीको फरार सूचिमा रहेका घटनाका रेशम चौधरीले सवैभन्दा बढी १ करोड ७४ लाख क्षतीपुर्ती पाएका छन।
  • यसैगरी सासंद जनक चौधरीले पनि ५० लाख १२ हजार ८ सय राहात पाएका छन्।

थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा ९ जनाको ज्यान जाने गरि भएको घटनाको दोश्रो दिन भएका तोडफोड र आगजनी घटनामा पीडितलाई क्षतिपूर्ति वितरण गरिएको छ। प्रहरीको फरार सूचिमा रहेका घटनाका रेशम चौधरीले सवैभन्दा बढी १ करोड ७४ लाख क्षतीपुर्ती पाएका छन। यसैगरी सासंद जनक चौधरीले पनि ५० लाख १२ हजार ८ सय राहात पाएका छन्। मन्त्रिपरिषदले बिशेष निर्णय गरेर राहात दिइएको कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताएका छन । यसैगरी हाडवेयर पसल तोडफोड भएका प्रदिप चौधरीले १ करोड ३९ लाख र काठको फर्निचरको पसल तोडफोड भएका शिव नारायण चौधरीले १ करोड ५० लाख राहात पाएका छन ।

 

रेशम चौधरीको राहात बुझ्न उनको वुवा लालबिर चौधरी आएका थिए । नजिकको हकवाला भनेर लालबिर चौधरीकै नाममा एकाउण्ट पे चेक उपलब्ध गराएको प्रजिअ रिजालले बताए । उनको फूलबारी एफएम र फूलबारी रिसोर्टमा तोडफोड भएको थियो । टीकापुर घटनाका मुख्य अभियुक्त चौधरी प्रहरीको फरार सुचीमा छन् । उनी बिरुद्ध एस एस पी लगायत ९ जनाको हत्या गराएको अभियोगमा जिल्ला अदालत कैलालीमा कर्तव्य ज्यान मुद्धा दर्ता गराइएको छ ।

इलाका प्रशासन कार्यालय टीकापुरमा पिडितलाई वोलाएर शुक्रवार राहात बितरण गरिएको हो । ८८ जना पीडित मध्य ४० जनालाई राहात बितरण गरि सकिएको प्रजिअ रिजालले बताए । वाँकी शनिवार बितरण गरिने उनको भनाई छ । ‘२१ महिनापछि हामी राहात बितरण गर्न सफल भएका छौं’उनले भने,‘सवैको सहयोगले संम्भव भएको हो ।’

८८ जनालाई १० करोड ७३ लाख रुपैया क्षतिपूर्ति वितरण गर्न लागिएको उनले बताए । शुक्रबारदेखि टीकापुरमा क्षतिपूर्ति वितरण गर्न थालिएको हो । ‘७ हजार २ सय देखि १ करोड ७४ लाखसम्म राहात उपलब्ध गराएका छौं’उनले भने,‘मन्त्रिपरिषदले विषेश निर्णय गरेर यती ठूलो रकम राहात उपलब्ध गराइएको हो ।’ सवैलाई एकाउण्ट पे चेक उपलब्ध गराइएको उनले बताए ।

फाईल फोटो – तत्कालिन प्रधानमन्त्री दाहाललाई भारतमा भेट गर्दै रेशम

थरुहट आन्दोलनका क्रममा टीकापुरमा २०७२ भदौ ७ गते भएको घटनामा तत्कालिन सेती अञ्चल प्रहरी प्रमुख लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एक जना नाबालक मारिएका थिए । आन्दोलनकारीबाट प्रहरीको निर्मम हत्या भएको थियो भने नाबालकलाई गोली हानेर हत्या गरिएको थियो ।

कैलाली, कञ्चनपुरसहित पश्चिम तराईका जिल्लालाई समेटेर थरुहट प्रदेश बनाउनु पर्ने माग गर्दै थरुहट पक्षले प्रशासनद्वारा निशेधित एरिया टिकापुरमा प्रवेश गर्न रोक लगाउन खटिएका सुरक्षाकर्मीलाई भाला र घरेलु हतियार प्रयोग गरि हत्या गरिएको थियो ।सरकारले घटनामा मारिएकालाई सहिद घोषणा गर्दै मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिएको थियो । त्यसको दोश्रो दिन भदौ ८ गते कफ्र्यु लगाएका वेला आक्रोशित महिला सहितको एक समूहले आगजनी र तोडफोड गरेको थियो । आगजनी र तोडफोडको घटनालाई महत्व नदिएको भन्दै थारु पक्षधरले बिरोध गर्दै आएका थिए।
नागरिकन्युज बाट 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकी सेना फिर्ता गर्न इराकी सांसदहरुको माग
अमेरिकी सेना फिर्ता गर्न इराकी सांसदहरुको माग
चीनमा भग्नावशेषबाट ६९ घण्टापछि जीवित उद्धार, नौजना अझै वेपत्ता
चीनमा भग्नावशेषबाट ६९ घण्टापछि जीवित उद्धार, नौजना अझै वेपत्ता
राजनीतिक गतिरोध अन्त्य गर्न अध्यादेश प्रमाणीकरण गरेँः राष्ट्रपति भण्डारी
राजनीतिक गतिरोध अन्त्य गर्न अध्यादेश प्रमाणीकरण गरेँः राष्ट्रपति भण्डारी
विश्वकपमा संधै लोकप्रिय चर्चित जर्सी हरू
विश्वकपमा संधै लोकप्रिय चर्चित जर्सी हरू
अग्नी सापकोटाको विरोध गर्नेलाई प्रचण्डको यस्तो जवाफ
अग्नी सापकोटाको विरोध गर्नेलाई प्रचण्डको यस्तो जवाफ
ग्रामिण विकास संस्था नेपालको २३ औ स्थापना दिवस पत्रकार सम्मेलन द्वारा मनाईयो
ग्रामिण विकास संस्था नेपालको २३ औ स्थापना दिवस पत्रकार सम्मेलन द्वारा मनाईयो
आज सुनको मुल्य १ सयले बढ्यो
आज सुनको मुल्य १ सयले बढ्यो
प्रचण्डलाई अहिले निकै ठूलो घेराबन्दी,प्रचण्डको रक्षाका लागि काँध थाप्न तयार छौं : अनन्त
प्रचण्डलाई अहिले निकै ठूलो घेराबन्दी,प्रचण्डको रक्षाका लागि काँध थाप्न तयार छौं : अनन्त
विश्व सम्पदा सूचिमा रहेका गुम्बाका कसरी आगो लाग्यो ?
विश्व सम्पदा सूचिमा रहेका गुम्बाका कसरी आगो लाग्यो ?
सिन्धुलीमा बोलेरो दुर्घटना, चारको मृत्यु, सात जना घाइते
सिन्धुलीमा बोलेरो दुर्घटना, चारको मृत्यु, सात जना घाइते

तपाईंले छुटाउनुभयो कि?