ट्रिपर दुर्घटनामा पाँच जनाको मृत्यु…

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २९, २०७३
|
|
१४३ पटक हेरिएको
Shares

सारांश

  • पोखरा, २९ मङ्सिर ।
  • पोखराबाट लेखनाथतर्पm जाँदै गरेको ग १ ख ३७१८ नंको टिप्पर गएराति विजयपुर खोलामा खस्दा एकजनाको मृत्यु भएको छ ।
  • दुर्घटनामा परी टिप्पर चालक तनहुँ शुक्लागण्डकी–१ राईपुरका २७ वर्षीय टुकबहादुर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पोखरा, २९ मङ्सिर । पोखराबाट लेखनाथतर्पm जाँदै गरेको ग १ ख ३७१८ नंको टिप्पर गएराति विजयपुर खोलामा खस्दा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी टिप्पर चालक तनहुँ शुक्लागण्डकी–१ राईपुरका २७ वर्षीय टुकबहादुर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

गाडीको चालकका सहयोगी प्रेम नेपालीको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । तीव्रगतिका कारण अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।

यसै गरी रामेछापको खाँडादेवी गाविस– १ चोप्राङ नजिक मंगलबार राति भएको ट्रिपर दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

बा २ ख ६८८८ नम्बरको ट्रिपर चोप्राङ नजिकैको सडकबाट २२५ मिटर तल खस्दा चालकसहित चार जनाको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार राति साढे ९ बजे भएको दुर्घटनामा तीन जनाको घटनास्थलमै र एक जनाको उपचारकोक्रममा मृत्यु भएको हो ।

ट्रिपर खाली थियो । त्यसमा चारजनामात्रै थिए ।

दुर्घटनामा चालक सिन्धुपाल्चोकका ३० वर्षीय कुमार बिक, सिन्धुली भीमानका २३ वर्षीय रुपेश भण्डारी, सर्लाहीका २२ वर्षीय विकास पौडेल र ललितपुर चापागाउँका ३५ वर्षीय किरण डाँगीको मृत्यु भएको हो ।

चारै जनाको शव पोस्टमार्टमका लागि सदरमुकाम मन्थली ल्याइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?