डा.शशांक कोइरालाले कांग्रेसको शत्रु कांग्रेस नै रहेको बताए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १९, २०७४
|
|
४८ पटक हेरिएको
Shares
डा.शशांक कोइरालाले कांग्रेसको शत्रु कांग्रेस नै रहेको बताए

सारांश

  • बर्दिबास : नेपाली कांग्रेसका महामन्त्री डा.
  • शशांक कोइरालाले कांग्रेसको शत्रु कांग्रेस नै रहेको बताएका छन् ।
  • बिहीबार नेपाली कांग्रेस बर्दिबासले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

बर्दिबास : नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले कांग्रेसको शत्रु कांग्रेस नै रहेको बताएका छन् । बिहीबार नेपाली कांग्रेस बर्दिबासले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘हामी आफ्नै छायाँसंग डराइरहेका छौं,’ महामन्त्री कोइरालाले भने, ‘अन्तर्घातकै कारण दोस्रो संविधान सभाको चुनावमा पहिलो भएको हाम्रो पार्टी स्थानीय तहको चुनावमा दोस्रो भयो।’ प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताएर मधेश कांग्रेसको भोट बैंक रहेको सावित गर्नु पर्नेमा उनले जोड दिए ।

माओवादी अहिले पनि कांग्रेसकै बलमा उफ्रिरहेको महामन्त्री कोइरालाले दावी गरेका छन् । जंगलमा रहेको माओवादीलाई कांग्रेसले शान्तिप्रक्रियामा ल्याएको भन्दै डा. कोइरालाले भने, ‘माओवादीलाई बैतर्नी नदी कांग्रेसले पार गराएको हो ।’ माओवादीलाई मोक्ष दिने काम कांग्रेसले गर्दै आएको उनले स्पष्ट पारे ।

उनले माओवादीसंग तेस्रो चरणको स्थानीय तहको चुनावमा तालमेल नहुने कांग्रेसी कार्यकतालाई बताए । उनले भने, ‘कांग्रेस अब माओवादीको बुई चढ्दैंन ।’ कांग्रेस आफै मधेशमा शक्तिशाली भएकोले कांग्रेसले कुनै दलसँग तालमेल नगर्ने डा. कोइरालाले स्पष्ट पारे ।

‘तेरो मेरो भन्ने कुरा हुदैन कांग्रेसी मिलेर मधेशमा कांग्रेसलाई एक नम्बर बनाउ, ’उनले भने, ‘कांग्रेसको लागि प्रदेश नम्बर २ को चुनाव जीवन–मरणको सवाल हो । स्थानीय तहको नतिजाकै आधारमा प्रदेश र केन्द्रको चुनावमा कुन पार्टीले जित्ने भन्ने आधार रहन्छ , त्यसैले असोज २ को चुनाव कांग्रेसका लागि महत्वपूर्ण छ ।’

नेपाली कांग्रेस महोत्तरीको बर्दिवास लगायत मधेशमा सक्षम रहेको भन्दै कुनै पनि हालतमा गठबन्धन नगर्न कार्यकर्ताले पार्टीलाई सुझाव दिएका छन् । स्वागत कार्यक्रममा सहभागी हुन आएका कांग्रेसका अधिकाशं नेता कार्यकर्ताहरुले माओवादी केन्द्रसँगको तालमेल काँग्रेसलाई नै महंगो सावित हुन सक्ने बताएका छन् । कार्यक्रममा बोल्दै केही कार्यकर्ताले बरु एमालेलाई भोट दिने तर हसियाँ हतौडामा भोट नहाल्ने धारणा व्यक्त गरे । गौरीबासका मनोज ढुङ्गेलले भने, ‘भोट हाल्नै परे एमालेलाई हालिन्छ तर माओवादीको हसिया हथौडामा कुनै पनि हालतमा भोट हालिदैंन ।’ भन्दै नेतृत्वलाई चेतावनी दिएका थिए । विभिन्न पार्टी परित्याग गरी १५० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खोजी, उद्धार र राहतका लागि रकम अभाव छैन : मन्त्री श्रेष्ठ
खोजी, उद्धार र राहतका लागि रकम अभाव छैन : मन्त्री श्रेष्ठ
देउवा–पौडेल भित्र लफडा: पौडेल–सिटौलाको चक्रपथमा छुट्टै भेला
Bukmeker Şirkəti İdmana Onlayn Mərclər 1xbet Giri
छायाङ्कनदेखि नै चर्चामा रहेको रुपै मोहनीले बनायो यस्तो नयाँ रेकर्ड [भिडियोसहित]
छायाङ्कनदेखि नै चर्चामा रहेको रुपै मोहनीले बनायो यस्तो नयाँ रेकर्ड [भिडियोसहित]
प्रधानमन्त्री देउवाको भारत भ्रमण मिति तय  परराष्ट्रमन्त्री महराले, संसदलाई जानकारी गराए
प्रधानमन्त्री देउवाको भारत भ्रमण मिति तय परराष्ट्रमन्त्री महराले, संसदलाई जानकारी गराए
आखिर किन प्रियंका चोपडाले  उडाइन् सलमानको फिल्म भारतको मजाक?
आखिर किन प्रियंका चोपडाले उडाइन् सलमानको फिल्म भारतको मजाक?
N.B. Karmacharya never showed any inclination to opportunism: Prachanda
N.B. Karmacharya never showed any inclination to opportunism: Prachanda
लगानी सम्मेलनमा ३१ खर्बका परियोजना
लगानी सम्मेलनमा ३१ खर्बका परियोजना
राष्ट्रपति–प्रमबीच राजनीतिकलगायत समसामयिक विषयमा छलफल
राष्ट्रपति–प्रमबीच राजनीतिकलगायत समसामयिक विषयमा छलफल
भाडामा बस्नेले विद्युत् महसुल छुट पाउँछन्: : ऊर्जामन्त्री पुन (अन्तर्वार्ता)
भाडामा बस्नेले विद्युत् महसुल छुट पाउँछन्: : ऊर्जामन्त्री पुन (अन्तर्वार्ता)