डीएसपी संजिव शर्माको निलम्बनमा सर्वोच्चको अन्तरिम आदेश

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १३, २०७४
|
|
५७ पटक हेरिएको
Shares
डीएसपी संजिव शर्माको निलम्बनमा सर्वोच्चको अन्तरिम आदेश

सारांश

  • काठमाडौ ।
  • नेपाल प्रहरीको एसपी बढुवा सिफारिसमा परेका डीएसपी संजिव शर्मा दासको निलम्बनसम्बन्धी निर्णय यथास्थितिमा राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
  • रामेछापको प्रहरी प्रमुखमा कार्यरत रहँदा बलात्कारपछि हत्याको आरोप लागेका अभियुक्तलाई उन्मुक्ति दिएको आरोप लागेका उनलाई गृहमन्त्री जनार्दन शर्माको ठाडो निर्देशनमा यही साउन ४ गते निलम्बन गरिएको थियो ।

काठमाडौ । नेपाल प्रहरीको एसपी बढुवा सिफारिसमा परेका डीएसपी संजिव शर्मा दासको निलम्बनसम्बन्धी निर्णय यथास्थितिमा राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । रामेछापको प्रहरी प्रमुखमा कार्यरत रहँदा बलात्कारपछि हत्याको आरोप लागेका अभियुक्तलाई उन्मुक्ति दिएको आरोप लागेका उनलाई गृहमन्त्री जनार्दन शर्माको ठाडो निर्देशनमा यही साउन ४ गते निलम्बन गरिएको थियो ।

निलम्बनपछि डीएसपी दासले आफ्नो निलम्बन गैरकानुनी रहेको जिकिर गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।  त्यसबेला कारबाही स्वरूप आफुले नसिहत पाएको र एउटा आरोपमा दोहोरो कारबाही गरेर आफू माथि अन्याय गर्न थालिएको उनको जिकिरमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले उनीविरुद्धको निलम्बनलगायतका कारबाहीका प्रक्रिया यथास्थितिमा राख्न विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको हो । डीएसपी दासले गृहमन्त्री जनार्दन शर्मा, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाएर गत सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए । सुनुवाईको क्रममा सर्वोच्चले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

डीएसपीबाट एसपी बढुवामा ३५ नम्बरको सिफारिसमा रहेका संजीव शर्मा दास ६ वर्ष अगाडि रामेछापको लिखु गाउँपालिका २ सैपुकी १४ वर्षीया सुन्तली तामाङको बलात्कार अनि हत्यामा संलग्न आरोपीलाई सहयोग गरेको आरोपमा हेडक्वार्टर तानिएका थिए । उनीसँगै घटनालाई दबाएको र पीडितलाई सहयोग नगरेको भन्दै १२ जना प्रहरीलाई कारबाही गरिएको थियो ।

तत्कालीन सैपू गाविस वडा नम्बर १ को सिरिसे कवैटार भन्ने ठाउँबाट ०६८ माघ ५ गते हराएकी सुन्तलीको शव १५ दिनपछि लिखु खोलामा झोलाको फित्ताले घाटीमा बाँधेको अवस्थामा फेला परेको थियो । उनको बलात्कारपछि हत्या भएको थियो । छोरीको हत्याबाट विक्षिप्त बनेकी आमा डिल्लीमाया तामाङले जिल्ला प्रहरी कार्यालयमा छिमेकी पोकुका श्याम राउत र प्रदीप राउतविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । तर, रामेछापका तत्कालीन प्रहरी प्रमुख रहेका दासले अनुसन्धान नै नगरी राउतलाई हाजिरी जमानीमा रिहा गरेपछि यो प्रकरण चर्चामा आएको थियो ।

बलात्कारी अभियुक्त छुटेपछि उल्टै उनीहरुले गुण्डा लगेर डिल्लीमायालाई समेत मार्ने धम्की दिएका थिए । हत्याराको धम्कीपछि पीडित परिवार विस्थापित भएर ६ महिनासम्म सिन्धुलीमा बसेका थिए ।

यसबीचमा ५ वर्षसम्म लगातार डिल्लीमायाले न्याय खोज्दा पनि पाउन सकेकी थिइनन् । अन्ततः रामेछापमा कुमोद ढुंगोल डीएसपी भएर गएपछि उनले उक्त घटनाको अनुसन्धान अगाडी बढाएका थिए । प्रारम्भिक अनुसन्धानको क्रममा मुख्य अभियुक्त राउत भारतमा रहेको सूचनाका आधारमा भारतीय प्रहरीसँगको समन्वयमा  गत महिना भारतको अण्डमान एण्ड निकोबार टापुबाट राउतलाई पक्राउ गर्न प्रहरी सफल भएको थियो ।

पक्राउ परेका राउतलाई जिल्ला प्रहरी कार्यालय रामेछापले अनुसन्धान सम्पन्न गरी सर्वस्वसहित जन्मकैदको मागदाबीसहित जिल्ला सरकारी वकिलको कार्यालय रामेछाप मार्फत् रामेछाप जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । मुख्य अभियुक्त राउत अहिले मुद्दा पुर्पक्षका लागि रामेछाप जिल्ला कारागारमा थुनामा छन् । रामेछाप जिल्ला अदालतका न्यायाधीश किरण सिवाकोटीको एकल इजलासबाट राउतलाई मुद्दा पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिचानका आधारमा प्रदेशको नामकरण माग गर्दै ज्ञापनपत्र पेस
पहिचानका आधारमा प्रदेशको नामकरण माग गर्दै ज्ञापनपत्र पेस
सांसदहरुलाई डिल्लीबजार कारागारको अनुगमनमा रोक
सांसदहरुलाई डिल्लीबजार कारागारको अनुगमनमा रोक
शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपणको एक दशक पूरा, ५०६ जनामा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण !
शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपणको एक दशक पूरा, ५०६ जनामा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण !
विप्लव दाई हाइड्रोजन बम चाहियो नाकाबन्दी गर्ने मोदीलाई उडाउछु:  पुर्ब जनमुक्तिसेना
विप्लव दाई हाइड्रोजन बम चाहियो नाकाबन्दी गर्ने मोदीलाई उडाउछु: पुर्ब जनमुक्तिसेना
मिल्यो भागबन्डाः कुन दलबाट को मन्त्री ?
मिल्यो भागबन्डाः कुन दलबाट को मन्त्री ?
उपरथी शर्माको पदावधी थपः पूर्णचन्द्रपछि सेनाको सेनापति बन्ने लगभग निश्चित
उपरथी शर्माको पदावधी थपः पूर्णचन्द्रपछि सेनाको सेनापति बन्ने लगभग निश्चित
युट्यूबमा चुनावी गीत  दललाई भोट माग्दै कलाकार
युट्यूबमा चुनावी गीत दललाई भोट माग्दै कलाकार
१० लाख धरौटी बुझाएर पूर्व गर्भनर रावल रिहा
१० लाख धरौटी बुझाएर पूर्व गर्भनर रावल रिहा
आलितालमा  पौडी खेल्ने क्रममा बगाई बेपत्ता
आलितालमा पौडी खेल्ने क्रममा बगाई बेपत्ता
इंग्लिस प्रिमियर लिग : आर्सनलमाथि लिभरपुलको शानदार जित
इंग्लिस प्रिमियर लिग : आर्सनलमाथि लिभरपुलको शानदार जित