दाङको ऐरावती क्यामपसमा सर्बसहमतिमा स्वबियु समिती चयन:उपसभापती सहित समितीमा अनेरास्वबियुको बर्चस्व

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १०, २०७३
|
|
९१३ पटक हेरिएको
Shares
दाङको ऐरावती क्यामपसमा सर्बसहमतिमा स्वबियु समिती चयन:उपसभापती सहित समितीमा अनेरास्वबियुको बर्चस्व

सारांश

  • सलिम अन्सारी  , १० फागुन दाङ दाङको ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियामा सर्बसहमतिमा स्वबियु कमिटी चयन गरिएको छ।
  • क्याम्पसमा क्रीयाशिल विद्यार्थी संगठन बिच आपसी सम्झदारी भएपछी निर्बाचन समिती द्धारा स्वबियु समिती औपचारिक रुपमा घोषणा गरिएको हो।
  • स्वबियु निर्बाचन संयोजकका अनुसार अशोक बेलबासेको नेतृत्वमा ११ सदसिय समिती सर्बसहमतिले चयन गरिएको हो।

सलिम अन्सारी  ,

१० फागुन

दाङ दाङको ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियामा सर्बसहमतिमा स्वबियु कमिटी चयन गरिएको छ।

क्याम्पसमा क्रीयाशिल विद्यार्थी संगठन बिच आपसी सम्झदारी भएपछी निर्बाचन समिती द्धारा स्वबियु समिती औपचारिक रुपमा घोषणा गरिएको हो।स्वबियु निर्बाचन संयोजकका अनुसार अशोक बेलबासेको नेतृत्वमा ११ सदसिय समिती सर्बसहमतिले चयन गरिएको हो।

स्वबियु उपसभापतिमा सौरभ खनाल,सचिबमा भुपाल थापा मगर,सहसचिबमा सुमित्रा थापा र कोषाअद्यक्षमा करण खड्का चयन भएको स्वबियु निर्बाचन संयोजक आन्नद लामिछानेले जानकारि दिए।त्यस्तै कृष्ण कुमाल,गिता कुमाल,आकृती कुमाल,मनिराम चौधरी,अशोक दाहाल र बिन्दु आचार्य सदस्यमा चुनिएका छन।समितिमा एमाले निकट विद्यार्थी संगठन अनेरास्वबियुको बहुमत छ।

क्यामपसमा सक्रीय विद्यार्थी संगठन जनमोर्चा निकट अखिल छैठौ, एमाले निकट अनेरास्वबियु र काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघ बिच सहमती भएको थियो।सहमती अनुसार अखिल छैठौका तर्फबाट सभापती सहित ३ सदस्य, अनेरास्वबियुको तर्फबाट उपसभापती सहित ७ सदस्य र नेबिसंघका तर्फबाट १ जना सद्स्य समितिमा चयन भएका छन।एमाले निकट अनेरास्वबियुका तर्फबाट उपसभापती,सचिब,सहसचिब, कोषाअध्यक्ष सहित अन्य ३ जना सद्स्य स्वबियु समितिमा चयन भएको स्वबियु सचिब भुपाल थापा मगरले बताए।

राजनितिक हस्तक्षेप बिना सर्बसहमतिमा समिति गठन भएकाले त्रिभुवन बिश्वबिद्यालयले तय गरेको निर्बाचन मिति फागुन १८ भन्दा अघि नै समिती घोषणा गरिएको निर्बाचन समिती संयोजक लामिछानेले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?