दाहाल विरुद्ध फेसबुकमा लेख्दा तरुण दलका नेता पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ९, २०७५
|
|
१८ पटक हेरिएको
Shares
दाहाल विरुद्ध फेसबुकमा लेख्दा तरुण दलका नेता पक्राउ

सारांश

  • काठमाडौं ९ पुस ।
  •   नेकपाका अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध फेसबुकमा जथाभाबी लेखेको आरोपमा तरुण दलका एक जना नेता पक्राउ परेका छन् ।
  • पर्यटन व्यवसायी समेत रहेका तरुण दलका पूर्व केन्द्रीय सदस्य सुबोध प्रधान दाहाल विरुद्ध फेसबुकमा जथाभावी लेखेको आरोपमा पक्राउ परेका हुन् ।

काठमाडौं ९ पुस ।  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध फेसबुकमा जथाभाबी लेखेको आरोपमा तरुण दलका एक जना नेता पक्राउ परेका छन् । पर्यटन व्यवसायी समेत रहेका तरुण दलका पूर्व केन्द्रीय सदस्य सुबोध प्रधान दाहाल विरुद्ध फेसबुकमा जथाभावी लेखेको आरोपमा पक्राउ परेका हुन् । तरुण दल चितवनका निवर्तमान अध्यक्ष राम श्रेष्ठका अनुसार प्रधानलाई आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय भरतपुरमा राखिएको छ।

फेसबुकमा आपत्तिजनक वाक्य राखेको भन्ने उजुरीका आधारमा प्रधानलाई नियन्त्रणमा लिएको चितवनका प्रहरी उपरीक्षक (एसपी) सुशिलसिंह राठौरले बताए। प्रधानले तीन दिनअघि राखेको पोस्ट फेसबुकमा अहिले हटाइ सकिएको छ।

प्रधान नेपाली कांग्रेसका महासमिति सदस्य तथा लोकतान्त्रिक खेलकुद मञ्चको महासचिव पनि हुन्। नारायणगढ र मेघौलीमा उनको पर्यटकीय होटेल पनि छ।

‘प्रधान विरुद्ध उजुरी परेपछि सोधपुछका लागि ल्याएको हो। सोधपुछ भइरहेको छ। जाहेरी आएको छैन। जाहेरी आए हिरासतमा पनि राख्नु पर्ला नभए अहिले सोधपुछ भइरहेको छ। थप के हुने हो कुनै निधो भइसकेको छैन’ एसपी राठौरले भने। कान्तिपुरबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Latin Women Seeing American Guys
हामी छिट्टै आउदै छौ एक्सक्लुसिभ र देशै भरिका साना तथा ठुला मुलसमाचार लिएर ७५ रै जिल्लाका ब्युरोको साथबाट प्रतिक्षा गर्नुहोस !!!
हामी छिट्टै आउदै छौ एक्सक्लुसिभ र देशै भरिका साना तथा ठुला मुलसमाचार लिएर ७५ रै जिल्लाका ब्युरोको साथबाट प्रतिक्षा गर्नुहोस !!!
प्रदेश २ मा एभिन्यूज खबर बहिस्कार गर्न राज्यमन्त्रीको माग
प्रदेश २ मा एभिन्यूज खबर बहिस्कार गर्न राज्यमन्त्रीको माग
महानिर्देशक श्रेष्ठ विरुद्ध भ्रष्टाचार मुद्दा
विमानस्थलका कर्मचारीलाई सकारात्मक सोच सम्बन्धी तालिम : विज्ञ प्रशिक्षकबाट प्रशिक्षण दिइने
विमानस्थलका कर्मचारीलाई सकारात्मक सोच सम्बन्धी तालिम : विज्ञ प्रशिक्षकबाट प्रशिक्षण दिइने
डिआइजी सहित पत्रकारको दुर्घटनामा मृत्यु
डिआइजी सहित पत्रकारको दुर्घटनामा मृत्यु
अदालत द्वारा कैद तथा जरिवाना तोकिएका फरार अभियुक्तलाई  नियन्त्रणमा लिन शुरु
अदालत द्वारा कैद तथा जरिवाना तोकिएका फरार अभियुक्तलाई  नियन्त्रणमा लिन शुरु
जयनगर–भङ्गाह रेल सेवा विस्तार
जयनगर–भङ्गाह रेल सेवा विस्तार
मतपत्र च्यातिएको बिषयमा छानविन गर्न आएको टोली काम सकेर आज काठमाडौं फर्कियो।
मतपत्र च्यातिएको बिषयमा छानविन गर्न आएको टोली काम सकेर आज काठमाडौं फर्कियो।
पैसा तिर्न नसक्दा अस्पतालकाे बदनाम गर्न खाेजियाे: नर्भिक अस्पताल(भिडियाे सहित)
पैसा तिर्न नसक्दा अस्पतालकाे बदनाम गर्न खाेजियाे: नर्भिक अस्पताल(भिडियाे सहित)

तपाईंले छुटाउनुभयो कि?