दुई स्थानीय तहमा कार्यपालिका गठन

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २०, २०७४
|
|
४८ पटक हेरिएको
Shares
दुई स्थानीय तहमा कार्यपालिका गठन

सारांश

  • बागलुङ, २० जेठ ।
  • ढोरपाटन नगरपालिकामा कार्यपालिका सदस्य निर्वाचित भएका छन् ।
  • तीन दलित तथा अल्पसङ्ख्यक र पाँच महिला सदस्यका लागि भएको चुनावबाट नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाका उम्मेदवार विजयी बनेका हुन् ।

बागलुङ, २० जेठ । ढोरपाटन नगरपालिकामा कार्यपालिका सदस्य निर्वाचित भएका छन् ।
तीन दलित तथा अल्पसङ्ख्यक र पाँच महिला सदस्यका लागि भएको चुनावबाट नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाका उम्मेदवार विजयी बनेका हुन् । दलित तथा अल्पसङ्ख्यकतर्फ गोकुल शेरचन, थमबहादुर छन्त्याल र नरबहादुर सुनार विजयी हुनुभएको निर्वाचन अधिकृत केदारनाथ पौडेलले जानकारी दिनुभयो ।

महिला सदस्यतर्फ ताराकुमारी पुन, छवि विक, शान्ति विक, बेलकुमारी छन्त्याल र धनिमला विक निर्वाचित हुनुभएको छ । यस्तै काठेखोला गाउँपालिकामा कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट संयुक्त वाम मोर्चा–राप्रपाका उम्मेदवार विजयी बनेका छन् । कार्यपालिका सदस्यमा अल्पसङ्ख्यक तथा दलितका तर्फबाट टीका सङ्गम विक र हेमलाल विक विजयी हुनुभएको छ ।

महिला सदस्यतर्फ चित्रकुमारी विक, जमुना कँडेल, सुन्तली विक र नैनकला खड्का विजयी हुनुभएको निर्वाचन अधिकृत धु्रव गिरीले जानकारी दिनुभयो । राप्रपासहित अन्य वामपन्थी दलले संयुक्त उम्मेदवारी दिए पनि नेपाली काँग्रेस एक्लैले उम्मेदवारी दिएको थियो । महिला, दलित र अल्पसङ्ख्यकको प्रतिनिधित्व सुनिश्चित भएसँगै काठेखोला गाउँपालिकाको कार्यपालिका र गाउँसभाले पूर्णता पाएको छ ।
नौवटै तहमा कार्यपालिका
सिन्धुली– नौ तहमध्ये तीन तहमा सहमति र चार तहमा निर्वाचन प्रक्रियाबाट कार्यपालिका गठन भएको छ ।

शुक्रबार भएको निर्वाचन प्रक्रियाबाट सात गाउँपालिका र दुई नगरपालीकामा कार्यपालिकाले पूर्णता पाएको छ । कमलामाई नगरपालिकामा एमालेको स्पष्ट बहुमत पुगे पनि काँग्रेससँग सहकार्य गरेर कार्यपालिका गठन गरिएको छ ।

काँग्रेसका महिला सदस्य कुन्ता ढकाल एमालेका पदमकुमारी बस्नेत, शिवमाया रायमाझी, सुनिता सार्की र रुद्रकुमारी कार्की तथा दलित एवं अल्पसङ्ख्यक सदस्यमा केशर नेपाली, नवीन विश्वकर्मा र झेउला अधिकारी दनुवार सर्वसम्मत भएका छन् ।

दूधौली नगरपालिकामा नगर कार्यपालिका गठन भएको छ । शुक्रबार भएको निर्वाचन प्रक्रियाबाट एमाले र माओवादी केन्द्र विजयी भएका छन् । तीन दलित र अल्पसङ्ख्यक तथा पाँच महिला सदस्यका लागि भएको निर्वाचनमा एमाले र माओवादी केन्द्र विजयी भएको निर्वाचन अधिकृत नुरहरि खतिवडाले जानकारी दिनुभयो ।

निर्वाचित हुनेमा दलित तथा अल्पसङ्ख्यकमा एमालेबाट दिल्लीबहादुर भुजेल र भीमबहादुर सार्की तथा माओवादी केन्द्रबाट सम्झना अधिकारी विजयी हुनुभएको छ । त्यसैगरी महिला सदस्यमा एमालेका तर्फबाट गुमासरी राइनी र ओमकुमारी ठकुरी तथा माओवादी केन्द्रबाट कमला विश्वकर्मा, गङ्गा अधिकारी र फूलमाया विश्वकर्मा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत खतिवडाले जानकारी दिनुभयो ।

तीनपाटन गाउँकार्यपालिकामा दलित तथा अल्पसङ्ख्यक सदस्य र महिला सदस्यमा एमाले विजयी भएको छ । दलितबाट जगदीश तोलाङ्गी र टेकबहादुर परियार तथा महिला सदस्यमा दूधकुमारी ठकुरी, देवकी श्रेष्ठ, भगवती थापा, गीता मगर निर्वाचित हुनुभएको छ ।

फिकल गाउँकार्यपालिकाका लागि शुक्रबार भएको निर्वाचनमा एमालेको प्यानल नै विजयी भएको निर्वाचन अधिकृत नारायणबहादुर थापाले जानकारी दिनुभयो । महिला सदस्यतर्फ टेकमाया बुढा क्षेत्री, पूर्णमाया थापा मगर, फणीन्द्रकुमारी पौडेल र विष्णुकुमारी बराल घिमिरे निर्वाचित हुनुभएको छ । दलित र अल्पसङ्ख्यकतर्फ एमालेकै चेतबहादुर विश्वकर्मा र खड्गबहादुर सुनुवार विजयी हुनुभएको छ ।

सुनकोसी गाउँपालिकामा पनि कार्यपालिकाको निर्वाचन सम्पन्न भएको छ । प्रमुख दलबीच सहमति हुन नसकेपछि शुक्रबार निर्वाचन गरिएको हो । सुनकोसीमा काँग्रेस र एमालेले बराबरी जित हासिल गरेका छन् । महिला सदस्यमा काँग्रेसका महिमा भुजेल र सम्झना कोइराला तथा एमालेका अस्मिता राई र कृष्णमाया न्यौपाने निर्वाचित हुनुभएको छ । यस्तै दलित र अल्पसङ्ख्यकबाट काँग्रेसका सन्तोष विश्वकर्मा र एमालेका सम्बरबहादुर माझी विजयी हुनुभएको छ ।
मरिण गाउँपालिकामा स्थानीय तहको निर्वाचनबाट नै सबै माओवादी केन्द्रले विजयी प्राप्त गरेपछि कार्यपालिकामा पनि माओवादी केन्द्रका नै सर्वसम्मत भएका छन् ।

कार्यपालिकामा माओवादी केन्द्रका महिला सदस्यमा इसराठाडा मगर, दीपा माझी, पञ्चमाया थिङ र सीता बराइली सर्वसम्मत तथा दलित तथा अल्पसङ्ख्यक सदस्यमा बुद्धिमान माझी र हस्तबहादुर कामी सर्वसम्मत भएको निर्वाचन अधिकृत यज्ञबहादुर खत्रीले जानकारी दिनुभयो ।

घ्याङ्लेक गाउँपालिकामा काँग्रेसको बहुमत भएकाले कार्यपालिकामा सबै काँग्रेसका सर्वसम्मत भएका छन् । महिला सदस्यमा जानुका थापा मगर, जेसुन्दरीमाया वाइवा, यमकुमारी दमाईं र सुनमाया थिङ सर्वसमत हुनुभएको छ । दलित अल्पसङ्ख्यक सदस्यमा गङ्गामाया विश्वकर्मा र हिमालीमाया विश्वकर्मा सर्वसम्मत भएको निर्वाचन अधिकृत गङ्गाधर पौडेलले जानकारी दिनुभयो ।

गोलन्जोर गाउँपालिकामा काँग्रेसका तर्फबाट दलित अल्पसङ्ख्यक सदस्यमा भक्तबहादुर भुजेल र रणबहादुर सार्की चयन हुनुभएको छ । महिला सदस्यमा काँग्रेसकै सावित्रा तामाङ, जमुना कोइराला, कुमारीमाया थापा मगर र इन्द्रकमारी हायु निर्वाचित भएको सहायक निर्वाचन अधिकृत विनोदबाबु खकुरालले जानकारी दिनुभयो ।

तीन स्थानीय तहमा कार्यपालिका

बेंसीसहर(लमजुङ)– तीन स्थानीय तहमा कार्यपालिका गठन भएको छ । बेँसीसहर र मध्य नेपाल नगरपालिका तथा क्व्होलासोथार गाउँपालिकामा निर्वाचन प्रक्रियाबाट कार्यपालिका गठन भएको हो ।

निर्वाचन मत परिणामानुसार बेँसीसहर नगर कार्यपालिकामा एक सदस्यबाहेक सबैमा नेकपा (एमाले) विजयी भएको छ । निर्वाचनमा दलित वा अल्पसङ्ख्यकतर्फबाट नेकपा (माओवादी केन्द्र)का देवबहादुर गहतराज तथा एमालेका दोजबहादुर खवास र अजय मजाकोटी निर्वाचित हुनुभएको छ ।

यस्तै महिला सदस्यमा एमालेका आशा तामाड, कृष्ण नेपाली, मनमाया गुरुङ, मन्दिरा दनाई, र विष्णुमाया राना निर्वाचित हुनुभएको छ ।

यसैगरी मध्य नेपाल नगरपालिकामा एक सदस्यबाहेक सबैमा नेपाली काँग्रेस विजयी भएको छ । शुक्रबार भएको निर्वाचनमा दलित वा अल्पसङ्ख्यकका तर्फबाट माओवादी केन्द्रकी मैया मौरती तथा नेपाली काँग्रेसकी कमला माझी र दीपेन्द्र घर्ती विजयी हुनुभएको छ । त्यस्तै महिलातर्फबाट काँग्रेसकी आशा मझाकोटी, लक्ष्मी विश्वकर्मा, शान्तादेवी थापा, बालकुमारी उचै र विष्णुमाया गिरी विजयी हुनुभएको छ ।

यस्तै क्व्होलासोथार गाउँकार्यपालिकामा एक सदस्यबाहेक सबै एमाले विजयी भएको छ । शुक्रबार भएको निर्वाचनमा दलित वा अल्पसङ्ख्यकका तर्फबाट काँग्रेसका काशीजङ घले र एमालेका सोमबहादुर विक निर्वाचित हुनुभएको छ ।

यसअघि महिला सदस्यमा एमालेका गमी गुरुङ, केशमाया गुरुङ र मन्जु गुरुङ र धनकुमारी परियार निर्विरोध चयन हुनभएको थियो । जिल्लामा मस्र्याङ्दी गाउँपालिकाबाहेक अन्य स्थानीय तहमा निर्वाचन प्रक्रिया जारी छ ।
पहिलो तलब दृष्टिविहीनलाई
मध्य नेपाल नगरपालिकाका नवनिर्वाचित प्रमुख रमेश पाण्डे र सोही नगरपालिका–१० का वडाध्यक्ष रामचन्द्र भण्डारीले आफ्नो पहिलो तलब सामाजिक क्षेत्रमा खर्च गर्ने घोषणा गर्नुभएको छ ।

नगरप्रमुख पाण्डे र वडाध्यक्ष भण्डारीले सोही नगरपालिका–१० मा बस्दै आएका एक दृष्टिविहीन परिवारलाई सहयोग गर्ने घोषणा गर्नुभएको हो । उहाँहरुले दृष्टिविहीन दीपक कुँवरको परिवारलाई सहयोग गर्ने घोषणा गर्नुभएको हो । घरबारविहीन कुँवर परिवारलाई सहयोग गरेर मानवीयताको अभियान सुरु गरिएको नगरप्रमुख पाण्डेले बताउनुभयो । उहाँले विपन्न अवस्थामा रहेका अन्य नगरवासीलाई समेत सहयोग गरिने जनाउँदै अन्यलाई पनि सहयोगका लागि आग्रह गर्नुभयो ।
नगरप्रमुख पाण्डे र वडाध्यक्ष भण्डारी नेपाली काँग्रेसका तर्फबाट विजयी जनप्रतिनिधि हुनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुमधुर स्वरका धनि गायक सफल सागरले गाए फेरि अर्को मन छुने मार्मिक गीत (भिडियो सहित)
सुमधुर स्वरका धनि गायक सफल सागरले गाए फेरि अर्को मन छुने मार्मिक गीत (भिडियो सहित)
नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता
नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता
असोज १० गते शुक्रबारको राशिफल यस्तो छ
कुनै बेला सडममा पेन बेच्ने यी कलाकार, अहिले हुन् १९० करोडका मालिक
कुनै बेला सडममा पेन बेच्ने यी कलाकार, अहिले हुन् १९० करोडका मालिक
सवारी चालक अनुमतिको काम अब भक्तपुरबाट पनि…
सवारी चालक अनुमतिको काम अब भक्तपुरबाट पनि…
सडकमा कोही भोकै हिँड्नुपर्दैन : प्रधानमन्त्री
सडकमा कोही भोकै हिँड्नुपर्दैन : प्रधानमन्त्री
कोटेश्वरमा बसले ठक्कर दिंदा पैदलयात्रीको मृत्यु, चालक फरार
कोटेश्वरमा बसले ठक्कर दिंदा पैदलयात्रीको मृत्यु, चालक फरार
पाँच नम्बर प्रदेशमा अपायक राजधानी बनाउने यस्ता छन् पावरवालाहरु
पाँच नम्बर प्रदेशमा अपायक राजधानी बनाउने यस्ता छन् पावरवालाहरु
मेस्सी र रोनाल्डोमय १० वर्ष–अबका लागि को ?
मेस्सी र रोनाल्डोमय १० वर्ष–अबका लागि को ?
महराको पहलमा गाउँ नै झिलिमिली, स्थानीयले चलाउने उद्योगधन्दा
महराको पहलमा गाउँ नै झिलिमिली, स्थानीयले चलाउने उद्योगधन्दा