दुई हजार थान लागुऔषध सहित दुई पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ८, २०७४
|
|
६४ पटक हेरिएको
Shares
दुई हजार थान लागुऔषध सहित दुई पक्राउ

सारांश

  • काठमाडौँ –  प्रहरीले दुई हजार ३६७ थान लागुऔषध एम्पुलसहित दुई जनालाई आइतबार पक्राउ गरेको छ ।
  • नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको विशेष टोलीले काठमाडौँ, बूढानीलकण्ठ नगरपालिका– ७ बाट पक्राउ गरेकामा काभ्रेपलाञ्चोक पनौती नगरपालिका वडा नं १ का दिनेश थापा र तेह्रथुम आठराई नगरपालिका–४ घर भई नयाँ बजार बस्ने पदम आले मगर रहेको लागुऔषध ब्युरोका प्रमुख धिरु बस्नेतले जानकारी दिए।
  • निजहरुका साथबाट रु ४७ हजार नेपाली र एक हजार ९२० भारतीय रुपैयाँ पनि बरामद गरिएको छ ।

काठमाडौँ –  प्रहरीले दुई हजार ३६७ थान लागुऔषध एम्पुलसहित दुई जनालाई आइतबार पक्राउ गरेको छ ।

नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको विशेष टोलीले काठमाडौँ, बूढानीलकण्ठ नगरपालिका– ७ बाट
पक्राउ गरेकामा काभ्रेपलाञ्चोक पनौती नगरपालिका वडा नं १ का दिनेश थापा र तेह्रथुम आठराई नगरपालिका–४ घर भई नयाँ बजार बस्ने पदम आले मगर रहेको लागुऔषध ब्युरोका प्रमुख धिरु बस्नेतले जानकारी दिए।

निजहरुका साथबाट रु ४७ हजार नेपाली र एक हजार ९२० भारतीय रुपैयाँ पनि बरामद गरिएको छ । मुलुकमा हाल लागुऔषध प्रयोगकर्ताको संख्या करिब एक लाख रहेको प्रहरीले जनाएको छ । काठमाडौँ, पोखरा, बुटवल, धरानलगायत सहरमा लागुऔषध दुव्र्यसनीको संख्या अरु शहरको तुलनामा बढिरहेको जनाइएको छ।

लागुऔषध प्रयोगकर्ता खास गरी १४ देखि २५ वर्ष उमेर समूहका भएको पाइएको छ । पछिल्लो छ वर्षमा लागुऔषध दुव्र्यसनीको संख्या दोब्बर पुगेको तथा सात प्रतिशत महिला रहेको जनाइएको छ।

पछिल्लो समय विद्यार्थीका अतिरिक्त यातायात मजदूरले पनि यसको प्रयोग गरेको पाइएको ब्युरोले जनाएको छ । लागुऔषधका दुव्र्यसनीले हाल ससाना समूहमा यसको प्रयोग र व्यवसाय गर्दै आएको तथ्यांक प्रहरीले फेला पारेको छ । एक पटक दुव्र्यसनमा परिसकेका व्यक्तिलाई लागुऔषधको व्यवसायमा पुनःसंलग्न हुन यसको ओसारपसारमा संलग्न गिरोहले प्रोत्साहन गर्ने गरेको प्रहरीको ठम्याइ छ ।

अवैध हातहतियारको व्यापारपछि दोस्रो ठूलो व्यवसायका रुपमा गिरोहले लागुऔषध ओसारपसारलाई चलाउँदै आएको छ । हातहतियारको अवैध ओसारपसार र लागुऔषधको व्यवसाय अन्तर्राष्ट्रिय समस्याका रुपमा रहँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बचतकर्ताको रु एक अर्ब २१ करोड हिनामिना गर्ने सहकारीका सञ्चालक प्रहरी नियन्त्रणमा
बचतकर्ताको रु एक अर्ब २१ करोड हिनामिना गर्ने सहकारीका सञ्चालक प्रहरी नियन्त्रणमा
४६५ कोरोना संक्रमित थपिए, कूल ७० जनाको मृत्यु
४६५ कोरोना संक्रमित थपिए, कूल ७० जनाको मृत्यु
बामदेव गौतम कसरी प्रचण्डको पक्षमा पुगे ?
बामदेव गौतम कसरी प्रचण्डको पक्षमा पुगे ?
उत्तर कोरियाले भन्यो’अमेरिकाले प्रतिबन्ध हटाओस्
उत्तर कोरियाले भन्यो’अमेरिकाले प्रतिबन्ध हटाओस्
कोरोना भाइरसको उच्च प्रकोप, सरकारको छैन पूर्वतयारी
कोरोना भाइरसको उच्च प्रकोप, सरकारको छैन पूर्वतयारी
झापा  जिल्लका सबै क्षैत्रको पछिल्लो अपडेट
झापा जिल्लका सबै क्षैत्रको पछिल्लो अपडेट
सन्दर्भ: संविधान दिवस शिक्षा अधिकार कार्यान्वयनका लागि नयाँ आधार तय
सन्दर्भ: संविधान दिवस शिक्षा अधिकार कार्यान्वयनका लागि नयाँ आधार तय
राजनीतिक हस्तक्षेपका कारण सरकारी निकायप्रति अविश्वास : रवि लामिछाने
राजनीतिक हस्तक्षेपका कारण सरकारी निकायप्रति अविश्वास : रवि लामिछाने
चालु खाता र शोधनान्तर बचतमा, मुद्रा सञ्चितिले एक वर्षको आयात धान्ने
काभ्रेको रोशी गाउँपालिका १२ मा माओवादी केन्द्रको प्यानलै विजय
काभ्रेको रोशी गाउँपालिका १२ मा माओवादी केन्द्रको प्यानलै विजय