पशुपतिघाटबाट बगाएर बेपत्ता तीनमध्ये एक जनाको शव फेला

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ५, २०७४
|
|
३९ पटक हेरिएको
Shares
पशुपतिघाटबाट बगाएर बेपत्ता तीनमध्ये एक जनाको शव फेला

सारांश

  • श्रावण ५, २०७४- सेती नदीमा नुहाउन जाँदा गत सोमबार पोखरा–३३ भरतपोखरी, पशुपतिघाटबाट बगाएर बेपत्ता तीनमध्ये एक जनाको शव बुधबार बिहान फेला परेको छ ।
  • दाङको वणगलाचुली–३ पाखापानीकी १८ वर्षीया संगीता नेपालीको शव तनहुँको रिसिङ–१ मा पर्ने सेती नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।
  • पशुपतिघाटमा नुहाउन गएका दाङको एउटै गाउँका संगीता, ध्वनि नेपाली र सुनील परियारलाई सेतीले बगाएको थियो ।

श्रावण ५, २०७४- सेती नदीमा नुहाउन जाँदा गत सोमबार पोखरा–३३ भरतपोखरी, पशुपतिघाटबाट बगाएर बेपत्ता तीनमध्ये एक जनाको शव बुधबार बिहान फेला परेको छ । दाङको वणगलाचुली–३ पाखापानीकी १८ वर्षीया संगीता नेपालीको शव तनहुँको रिसिङ–१ मा पर्ने सेती नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।
पशुपतिघाटमा नुहाउन गएका दाङको एउटै गाउँका संगीता, ध्वनि नेपाली र सुनील परियारलाई सेतीले बगाएको थियो । उनीहरू उक्त घाटमा बालुवा चाल्ने काम गर्दै आएका थिए । नुहाउन सेतीमा पसेकी संगीतालाई बगाएपछि बचाउन जाँदा थप दुई जनालाई पनि बगाएको थियो । नदी किनारबाट तीनै जनाको कपडा र मोबाइल फेला परेको थियो । शव पोस्टमार्टमका लागि तनहुँ जिल्ला अस्पताल ल्याइएको प्रहरी निरीक्षक विजय पण्डितले बताए ।
यस्तै मनाङ जिल्लाको नेस्याङ–७ बस्ने ५६ वर्षीय कान्छा गुरुङको शव बुधबार नेस्याङ–४ भ्राका खोलामा फेला परेको छ । मंगलबार बेलुकीदेखि घरबाट हराएको भन्दै उनको खोजी भइरहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोका कोलाको रु.४० को जिग्री प्याक सार्वजनिक
कोका कोलाको रु.४० को जिग्री प्याक सार्वजनिक
Finance Minister calls for more investment for development
Finance Minister calls for more investment for development
Complaint filed against Ranbir Kapoor & Anushka Sharma over derogatory remarks against sex workers in ‘Sanju’
Complaint filed against Ranbir Kapoor & Anushka Sharma over derogatory remarks against sex workers in ‘Sanju’
सर्लाहीका ४६ वटा वडाको मत परिणाम सार्वजनिक, अहिलेसम्म वडामा माओवादी बलियो
सर्लाहीका ४६ वटा वडाको मत परिणाम सार्वजनिक, अहिलेसम्म वडामा माओवादी बलियो
अन्ततः बम विष्फोट गराउने नेत्रविक्रम चन्द ‘विप्लव’ भूमिगत, हिट लिष्टमा राखेर खोजी गर्दै प्रहरी, भारत पुगेको आशंका
अन्ततः बम विष्फोट गराउने नेत्रविक्रम चन्द ‘विप्लव’ भूमिगत, हिट लिष्टमा राखेर खोजी गर्दै प्रहरी, भारत पुगेको आशंका
लुटपाट गर्दागर्दै ३ जना पक्राउ
लुटपाट गर्दागर्दै ३ जना पक्राउ
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
विश्व क्रिकेट लिग च्याम्पियनसिप नेपाल र केन्याको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमै
विश्व क्रिकेट लिग च्याम्पियनसिप नेपाल र केन्याको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमै
नेपालमा माक्र्सवाद पढाउन (नेकपा) का बरिष्ठ नेता ब्राजिल भ्रमणमा !
नेपालमा माक्र्सवाद पढाउन (नेकपा) का बरिष्ठ नेता ब्राजिल भ्रमणमा !
विश्वकप क्रिकेटः ‘सुपर ८’ को पहिलो खेलमा दक्षिण अफ्रिका विजयी
विश्वकप क्रिकेटः ‘सुपर ८’ को पहिलो खेलमा दक्षिण अफ्रिका विजयी