पाल्पामा उत्साहपूर्वक मनोनयन

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ५, २०७४
|
|
१८ पटक हेरिएको
Shares
पाल्पामा उत्साहपूर्वक मनोनयन

सारांश

  • रामपुर (पाल्पा), ५ असार ।
  • यही असार १४ गते दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि दलहरूले उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
  • जिल्लाका दुई नगरपालिका तथा आठ गाउँपालिकामा बाजागाजाका साथ दलहरुले मनोनयन दर्ता गराएका छन् ।

रामपुर (पाल्पा), ५ असार । यही असार १४ गते दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि दलहरूले उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

जिल्लाका दुई नगरपालिका तथा आठ गाउँपालिकामा बाजागाजाका साथ दलहरुले मनोनयन दर्ता गराएका छन् । तानसेन नगरपालिकामा नगरप्रमुख तथा उपप्रमुखमा नेपाली काँग्रेसबाट अजयमान कर्माचार्य र लालुकुमारी राना, नेकपा (एमाले)बाट अशोक शाही र लक्ष्मी पाठक, नेकपा (माओवादी केन्द्र)बाट प्रतीक्षा सिञ्जाली र धनेन्द्रराज घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रेवन्तबहादुर विष्ट र निर्मला हमाल, राष्ट्रिय जनमोर्चाबाट टीकाराम पौडेल र उमा सिञ्जाली तथा राष्ट्रिय जनमुक्ति पार्टीबाट होमबहादुर थापा र सावित्रा रानाले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।

यस्तै, रामपुर नगरपालिकामा प्रमुख र उपप्रमुखमा काँग्रेसबाट रमणबहादुर थापा र विष्णुदेवी घिमिरे आचार्य, एमाले र माओवादी केन्द्रबाट संयुक्त रुपमा राजुप्रसाद श्रेष्ठ र दुर्गादेवी राना, राप्रपाबाट कृष्णप्रसाद अर्याल र दन्तकुमारी केसी, राष्ट्रिय जनमोर्चाबाट रेशम कँडेल र सावित्री गैरे तथा अखण्ड नेपाल पार्टीबाट उपप्रमुखमा विष्णुबहादुर घर्तीले मनोनयन दर्ता गराउनुभएको छ भने स्वतन्त्रबाट प्रमुखमा रोमनबहादुर थापा र उपप्रमुखमा मायाकुमारी सिञ्जालीले मनोनयन दर्ता गराउनुभएको छ ।

यस्तै, रिब्दीकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेसबाट गोविन्दबहादुर आचार्य र कमला छहरी, एमालेबाट नारायण जिसी र लक्ष्मी खनाल, माओवादी केन्द्र र राप्रपाबाट संयुक्त रुपमा लीलाबहादुर कार्की र भोजिन्द्रबहादुर केसी (कुवँर)ले मनोनयन दर्ता गराउनुभएको छ ।

यसैगरी, रैनादेवी छहरा गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्षामा काँग्रेसबाट रामबहादुर कार्की र चेतना गाहा, एमालेबाट रामबहादुर राउत र गोमा रास्कोटी, माओवादी केन्द्रबाट फर्सबहादुर खाम्चा र खेममाया थापा तथा राष्ट्रिय जनमोर्चाबाट पर्सराम पौडेल र लक्ष्मी दर्लामीले मनोनयन दर्ता गराउनुभएको छ ।

यसैगरी, तिनाउ गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्षमा काँग्रेसबाट महेन्द्र पाण्डे र मनु कार्की, एमालेबाट ओमबहादुर घर्तिमगर र दमयन्ती थापा, माओवादी केन्द्रबाट चक्रब्यूह थापा र दिलकुमारी रोक्कामगरको मनोनयन परेको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै बगनासकाली गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्षमा काँग्रेस र माओवादी केन्द्रबाट संयुक्त रुपमा कृष्णप्रसाद बस्याल र कृष्णप्रसाद भुसाल तथा एमालेबाट देवीप्रसाद बस्याल र सरस्वती चिदीले मनोनयन दर्ता गराउनुभएको छ ।

माथागढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेसबाट सन्तोष थापा र निर्मला भट्टराई, एमालेबाट विमल काफ्ले र माया चिदी, राप्रपा र माओवादी केन्द्रबाट संयुक्त रुपमा वेदकुमार गाहा र हरि चौहानले उम्मेदवारी मनोनयन गराउनुभएको छ । राष्ट्रिय जनमुक्ति पार्टीबाट अध्यक्षमा टेकुराम गाहा तथा स्वतन्त्र उम्मेदवार हरि राना र रामकर्ण थापाले अध्यक्षामा मनोनयन दर्ता गराउनुभएको छ ।

यस्तै, निस्दी गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्षमा काँग्रेस र माओवादी केन्द्रबाट संयुक्त रुपमा शालिकराम पाण्डे र वलु गैरे, एमालेबाट मुक्तबहादुर सारु र रीता अर्याल, सङ्घीय समाजवादी फोरम नेपालबाट अध्यक्षमा सुमित्रा नेपाली तथा राष्ट्रिय जनमुक्ति पार्टीबाट अध्यक्षमा हुमबहादुर सुनारले मनोनयन दर्ता गराउनुभएको छ ।

यसैगरी, पूर्व खोला गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्षमा काँग्रेसबाट झमानसिंह मगर र पुष्पा गाहा, एमालेबाट नुनबहादुर थापा र भागरथी भट्टराई, माओवादी केन्द्रबाट उपाध्यक्षमा भीमबहादुर सारु तथा सङ्घीय समाजवादी फोरमबाट अध्यक्षमा मनिसरा आलेले मनोनयन दर्ता गराउनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

​राजनीतिक स्थिरता नचाहनेहरु अस्थिरता फैलाउन खोज्दैछन् : गृहमन्त्री थापा
सीतापाइला-नौबिसे सुरुङमार्ग निर्माणका लागि सडक बिभागले परामर्शदाताको रुपमा जापानी कम्पनी रोज्यो
सीतापाइला-नौबिसे सुरुङमार्ग निर्माणका लागि सडक बिभागले परामर्शदाताको रुपमा जापानी कम्पनी रोज्यो
ओलीलाई प्रचण्डको चेतावनी, नसच्चिए कडा रुपमा प्रस्तुत हुने !
ओलीलाई प्रचण्डको चेतावनी, नसच्चिए कडा रुपमा प्रस्तुत हुने !
स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सिके राउत छुट्टै मधेश राज्य अभियानबाट अलग हुने
स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सिके राउत छुट्टै मधेश राज्य अभियानबाट अलग हुने
काँग्रेस नेता गान्धीद्धारा सरकारले सङ्क्रमित स्वास्थ्यकर्मीको बेवास्ता गरेको आरोप
काँग्रेस नेता गान्धीद्धारा सरकारले सङ्क्रमित स्वास्थ्यकर्मीको बेवास्ता गरेको आरोप
ओलीलाई देउवाको जवाफ- ‘म अझै तीनपटक प्रधानमन्त्री बन्छु’
ओलीलाई देउवाको जवाफ- ‘म अझै तीनपटक प्रधानमन्त्री बन्छु’
सागको अन्तिम दिन ५ खेल हुँदै, कुन खेल कहाँ?
सागको अन्तिम दिन ५ खेल हुँदै, कुन खेल कहाँ?
चन्द्रागिरिको तरकारी खेती बाहिरी जिल्लाका किसानले धानेको छ
चन्द्रागिरिको तरकारी खेती बाहिरी जिल्लाका किसानले धानेको छ
बालस्वास्थ्य र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा सुरु
बालस्वास्थ्य र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा सुरु
स्कुटर चोरका तरिका : आफ्नै जस्तै डोराउँदै लैजान्छन्
स्कुटर चोरका तरिका : आफ्नै जस्तै डोराउँदै लैजान्छन्

तपाईंले छुटाउनुभयो कि?