प्रधानमन्त्रीको संकल्पमा सबैभन्दा बढी उर्जा मन्त्रालयको योगदान : मन्त्री पुन

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ७, २०७४
|
|
२९ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको संकल्पमा सबैभन्दा बढी उर्जा मन्त्रालयको योगदान : मन्त्री पुन

सारांश

  • काठमाडौं, ७ चैत ।
  • उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओली र देशको राजनीतिक नेतृत्वले देश निर्माणका लागि संकल्प गरेको बताउँदै त्यसका लागि उर्जा मन्त्रालयले सबैभन्दा बढी योगदान पु¥याउने बताएका छन् ।
  • उनले उर्जा क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउने घोषणा समेत गरेका छन् ।

काठमाडौं, ७ चैत । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओली र देशको राजनीतिक नेतृत्वले देश निर्माणका लागि संकल्प गरेको बताउँदै त्यसका लागि उर्जा मन्त्रालयले सबैभन्दा बढी योगदान पु¥याउने बताएका छन् । उनले उर्जा क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउने घोषणा समेत गरेका छन् ।

नेपाल इन्जिनियरिङ एशोसिएसनको १५ औं राष्ट्रिय सम्मेलनलाई बुधवार सम्बोधन गर्दै उर्जामन्त्री पुनले पेट्रोलियम पदार्थ र विद्युत आयातको क्षेत्रमा राज्यले सवा खर्ब बराबरको आयात गरिरहेको उल्लेख गर्दै त्यसलाई प्रतिस्थापन गर्ने आफ्नो योजना रहेको बताए । ‘उर्जा क्षेत्रमा आत्मनिर्भर बनाउने मेरो संकल्प हो,’ मन्त्री पुनले भने, ‘त्यसका लागि हामीले १० वर्षमा १० हजार मेगावाट उत्पादन गर्नुपर्ने हुन्छ ।’ उनले १० वर्षमा मुलुकलाई १० हजार मेगावाट बिजुली आवश्यक रहेको बताउँदै त्यसका लागि आयोजना निर्माणको कामलाई तीव्र रुपमा अघि बढाउने बताए ।

दक्ष जनशक्तिको व्यवस्थापन र रोजगारी सिर्जनाका लागि पनि सरकारले छिट्टै नयाँ योजना ल्याउने मन्त्री पुनले दाबी गरे । उनले देश विकास र समृद्धिको चरणमा प्रवेश गरिसकेको दाबी गर्दै त्यसका लागि मुलुकमा उपलब्ध प्राकृतिक स्रोत र साधनको उपयोग गरेर समृद्ध देश बनाउने जानकारी दिए । ‘देशमा लामो समयदेखि रहेको संक्रमणकालको अन्त भएसँगै हाम्रो समृद्धिको यात्रा सुरु भइसकेको छ, त्यसका लागि हामी सबैले आ–आफ्नो ठाउँबाट योगदान पु¥याउन सके मात्र त्यसले साँचो अर्थमा राष्ट्र हितमा योगदान पुग्छ’ मन्त्री पुनले भने ।

उर्जामन्त्री पुनले कृषिमा आधुनिकीकरण गर्ने र उत्पादन वृद्धि गरेर देशलाई छिट्टै दुई अंकको आर्थिक बृद्धिदर हासिल गर्ने सरकारको संकल्प पूरा गर्ने दिशामा आफूहरु अघि बढिरहेको बताए । विकास र समृद्धिको सपना पूरा गर्न दक्ष इन्जिनियरहरुको ठूलो भूमिका हुने उनको धारणा थियो ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Uttam Purush

    अब भाषण हाेइन एक्सन मन्त्रीज्यु।

    Comment Author

    Hari Lamichhane

    जनार्दन र गोकर्णलाई जनताले पत्याएका थिए ,जवर्जस्त मन्त्री भएका वर्षमानलाई काम नगरी कसरी विश्वास गर्लान् र!!

    Comment Author

    S.K. Thapa

    कल्पनाको गगन ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?