पिइएफ बास्केटबल सुरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १२, २०७५
|
|
१९ पटक हेरिएको
Shares
पिइएफ बास्केटबल सुरु

सारांश

  • काठमाडौं, १२ पुस  ।
  • प्रोग्रेसिभ एजुकेसनल फोरम (पिइएफ) को आयोजनामा छैटौँ पिइएफ कप अन्तरस्कुल बास्केटबल टुर्नामेन्ट सुरु भएको छ ।
  • कुमारीगालस्थित मोक्षदा स्कुलमा भइरहेको सो प्रतियोगितामा छात्र र छात्रातर्फ १०–१० स्कुलको सहभागिता रहेको छ ।

काठमाडौं, १२ पुस  । प्रोग्रेसिभ एजुकेसनल फोरम (पिइएफ) को आयोजनामा छैटौँ पिइएफ कप अन्तरस्कुल बास्केटबल टुर्नामेन्ट सुरु भएको छ ।

कुमारीगालस्थित मोक्षदा स्कुलमा भइरहेको सो प्रतियोगितामा छात्र र छात्रातर्फ १०–१० स्कुलको सहभागिता रहेको छ । पहिलो दिनको सिनियर छात्रतर्फको पहिलो खेलमा मोक्षदा स्कुलले न्यू इङ्लिस स्कुललाई १९–२ ले पराजित ग¥यो ।

त्यसैगरी आफ्नो समूहको दोस्रो खेलमा मोक्षदाले महान् सिद्धार्थ हाई स्कुललाई १६—९ ले पाखा लगायो । सिनियर छात्रतर्फका अन्य खेलमा अनमोल ज्योतिले मिसन पब्लिकलाई २२–२ को फराकिलो अन्तरले पराजित ग¥यो भने दुर्गा भवानीले न्यु सनसाइनलाई १४–६ ले हराए । त्यसैगरी सोही समूहका अन्य खेलमा ज्ञानदीप शिक्षा सदन र लभ्ली एन्जल्स पनि विजयी भएका छन् । त्यसैगरी छात्रातर्फ पनि मोक्षदाले विजयी सुरुआत ग¥यो । मोक्षदाले दुर्गा भवानीलाई ११–४ ले पराजित ग¥यो ।

त्यसैगरी छात्रातर्फका अन्य खेलमा अनमोल ज्योतिले लभ्ली एन्जल्सलाई ६–४ ले तथा निमोनिकले ज्ञानदीपलाई ५–२ ले पाखा लगाए । यसै समूहका अन्य खेलमा निमोनिक, मिसन पब्लिक, अनमोल र लभ्ली एन्जल्स विजयी भएका छन् । टुर्नामेन्ट आगामी शुक्रबारसम्म चल्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?