मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३, २०७५
|
|
५७ पटक हेरिएको
Shares
मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने

सारांश

  • काठमाडौँ, ३ वैशाख : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकीसँगको मैत्रीपूर्ण र सन्तुलित सम्बन्धमा प्राथमिकता दिइने बताउनुभएको छ ।
  • परराष्ट्र मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालको कूटनीतिक संयन्त्रलाई परिचालन गरेर सम्बन्ध विस्तार गरिने लक्ष्य रहेको बताउँदै समावेशी, प्रगतिशील, लोकतान्त्रिक मुलुकका रुपमा नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा चिनाएर आर्थिक सामाजिक विकास गरिने छ भन्नुभयो ।
  • सार्वभौमसत्ताको रक्षा, भौगोलिक अखण्डता र मुलुकको स्वाधीनता कायम गर्दै आर्थिक विकास र समृद्धिको गन्तव्यमा पुग्ने उद्देश्य प्रस्तुत गर्दै उहाँले मित्रराष्ट्रसँग व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार तथा विकास साझेदारसँग विश्वास र सद्भावको सम्बन्ध कायम गरी विकास र समृद्धिमा समर्थन र सहयोग जुटाइने बताउनुभयो ।

काठमाडौँ, ३ वैशाख : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकीसँगको मैत्रीपूर्ण र सन्तुलित सम्बन्धमा प्राथमिकता दिइने बताउनुभएको छ ।

परराष्ट्र मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालको कूटनीतिक संयन्त्रलाई परिचालन गरेर सम्बन्ध विस्तार गरिने लक्ष्य रहेको बताउँदै समावेशी, प्रगतिशील, लोकतान्त्रिक मुलुकका रुपमा नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा चिनाएर आर्थिक सामाजिक विकास गरिने छ भन्नुभयो ।

सार्वभौमसत्ताको रक्षा, भौगोलिक अखण्डता र मुलुकको स्वाधीनता कायम गर्दै आर्थिक विकास र समृद्धिको गन्तव्यमा पुग्ने उद्देश्य प्रस्तुत गर्दै उहाँले मित्रराष्ट्रसँग व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार तथा विकास साझेदारसँग विश्वास र सद्भावको सम्बन्ध कायम गरी विकास र समृद्धिमा समर्थन र सहयोग जुटाइने बताउनुभयो ।

प्रधानमन्त्रीले हालै गर्नुभएको भारतको राजकीय भ्रमणबाट आपसी विश्वासलाई मजबुत बनाउन सहयोग पुगेको उहाँको भनाइ थियो । प्रदेश र स्थानीय सरकारका पदाधिकारी तथा संघीय सरकारका पदाधिकारीसँग कूटनीतिक भेटघाटलाई स्थापित अन्तर्राष्ट्रिय प्रचलनअनुकूल सहज र व्यवस्थित बनाउने प्रयास भएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

परराष्ट्रमन्त्री चीन जाँदै

छिमेकी मित्रराष्ट्र चीनका विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज मन्त्री ज्ञवाली त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । विदेशमन्त्री वाङसँग औपचारिक द्विपक्षीय भेटघाट गर्ने र बेजिङ त्यहाँका उच्च राजनेतासँग भेटघाटको कार्यक्रम रहेको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । उहाँले भ्रमणका क्रममा विगतमा भएका सहमतिलाई कार्यान्वयन गर्ने विषयमा छलफल हुने बताउनुभयो ।

मन्त्री ज्ञवालीका अनुसार पारवाहन, अन्तरदेशीय प्रसारण लाइन, सडक एवं अन्य प्राथकिताका क्षेत्रमा छलफल हुनेछ । उहाँ आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३३ किलाे सुन प्रकरण:  चूडामणि उप्रेती‘गोरे’ अाउने गाडिमा सनमकाे शव अाएपछी…
३३ किलाे सुन प्रकरण: चूडामणि उप्रेती‘गोरे’ अाउने गाडिमा सनमकाे शव अाएपछी…
भूकम्पपीडितको राहत गोदाममा कुहियो
भूकम्पपीडितको राहत गोदाममा कुहियो
मधेस प्रदेशसभा : भुक्तानी दिन बाँकी रकमका विषयमा छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन
मधेस प्रदेशसभा : भुक्तानी दिन बाँकी रकमका विषयमा छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन
विवादास्पद सेयर कारोबारी दीपेन्द्र अग्रवाल एमाले प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने
विवादास्पद सेयर कारोबारी दीपेन्द्र अग्रवाल एमाले प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने
वृद्ध भत्ताका सुत्राधार अधिकारीकाे विगतदेखि वर्तमानसम्म
वृद्ध भत्ताका सुत्राधार अधिकारीकाे विगतदेखि वर्तमानसम्म
मन्त्री बास्कोटाद्वारा हुवाबेलाई ३२ करोड जरिवाना
मन्त्री बास्कोटाद्वारा हुवाबेलाई ३२ करोड जरिवाना
तमिल फिल्मको रिमेकमा आमिर भिलेन सैफ हिरो
तमिल फिल्मको रिमेकमा आमिर भिलेन सैफ हिरो
नेपाली बैज्ञानिकले गरे चमत्कारीक आविष्कार, दुनियाँमै नभएको यस्तो प्रबिधि अब नेपालमा(नेपाल अघी बढ्दै छ)
नेपाली बैज्ञानिकले गरे चमत्कारीक आविष्कार, दुनियाँमै नभएको यस्तो प्रबिधि अब नेपालमा(नेपाल अघी बढ्दै छ)
सम्पादक बस्नेतलाई पक्राउ गर्नु निन्दनिय काम हाेः काँग्रेस सभापति देउवा
Urvashi Dholakia celebrates her twins 23rd birthday like a bang, see pics
Urvashi Dholakia celebrates her twins 23rd birthday like a bang, see pics