प्रचण्डको टाउको काटेर फुटबल खेल्छौं : युवा संगठन

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १८, २०७३
|
|
२१५ पटक हेरिएको
Shares
प्रचण्डको टाउको काटेर फुटबल खेल्छौं : युवा संगठन

सारांश

  • युवा संघका महासचिव किरण पौडेल र आर सी लामिछानेले दिए प्रचण्ड लगायत राजदुत “रे”लाइ कडा चेतावनी… संविधान संशोधन गरि प्रदेश न.
  • ५ बाट पहाडी जिल्लाहरु टुक्राइएको बिरोधमा ४ दिनदेखि आन्दोलित बनेका युवा संगठनले आज भारतीय दूतावास घेराउ गरेका छन, युवा संघ नेपालका महासचिव किरण पौडेलले भारतीय राजदुत रन्जित “रे” लाई नेपालको आन्तरिक बिषयमा बढी चासो नदेखाउन चेतावनी दिएका थिए ।
  • आज भारतिय राजदुत “रे”ले बिषेश भेटका लागि भन्दै भोजको आयोजना गरि मधेसि मोर्चाका सबै नेताहरुलाइ दुताबास बोलाएका थिए ।

युवा संघका महासचिव किरण पौडेल र आर सी लामिछानेले दिए प्रचण्ड लगायत राजदुत “रे”लाइ कडा चेतावनी…
संविधान संशोधन गरि प्रदेश न.५ बाट पहाडी जिल्लाहरु टुक्राइएको बिरोधमा ४ दिनदेखि आन्दोलित बनेका युवा संगठनले आज भारतीय दूतावास घेराउ गरेका छन, युवा संघ नेपालका महासचिव किरण पौडेलले भारतीय राजदुत रन्जित “रे” लाई नेपालको आन्तरिक बिषयमा बढी चासो नदेखाउन चेतावनी दिएका थिए । आज भारतिय राजदुत “रे”ले बिषेश भेटका लागि भन्दै भोजको आयोजना गरि मधेसि मोर्चाका सबै नेताहरुलाइ दुताबास बोलाएका थिए । संविधान लगायतका नेपालको आन्तरिक मामलामा भारतिय राजदुतले चाहिने भन्दा धेरै चासो देखाएको भनि अनेरास्ववियु र युवा संघले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरि भारतीय दूतावास घेराउ गरि उहाँले चेतावनी दिनु भएको हो । हेर्नुस के भनिएको रहेछ भिडियोमा :

त्यस्तै गरि अनेरास्ववियुका सचिब आर. सी. लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई संविधान संशोधनको प्रस्ताव फिर्ता नलिए प्रचण्डको टाउको काटेर नेपाली जनताले फुटबल खेल्ने चेतावनी दिएका थिए ।
यो भेट बिषेश गरि संविधान संशोधन प्रस्तावको पक्षमा उभिन्नका लागि माहोल बनाउन भारतीय राजदुतले मधेसी मोर्चालाइ भोजको बहाना बनाइ उक्त सन्शोधनको पक्षमा उभिन्न भन्नका लागि बोलाइएको हुन सक्ने आन्दोलित नेताहरु बताउछन ।
हेर्नुस के भनिएको छ भिडियोमा :

समिप गौतम
शिखरन्युज सम्पादाता

(https://inboundrem.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?