प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २४, २०७४
|
|
५६ पटक हेरिएको
Shares
प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार

सारांश

  • काठमाडौं ।
  • सरकारले १० दिनभित्रै प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी भदौ १ गतेभित्र प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरिसक्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

काठमाडौं । सरकारले १० दिनभित्रै प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी भदौ १ गतेभित्र प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरिसक्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा निर्वाचन आयोगका पदाधिकारीहरुसँगको सामूहिक भेटमा उनले अबको १० दिनभित्रै प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् । भदौ १ गते भित्र प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्री सहमत हुनु भएको प्रमुख निर्वाचन आयुक्त डा। अयोधिप्रसाद यादवले जानकारी दिए ।

त्यस अवसरमा निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभाका लागि निर्वाचन कानून र निर्वाचन क्षेत्र निर्धारणको काम छिटो सक्न पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको थियो ।

निर्वाचन आयोगले आगामी मंसिर पहिलो हप्ताभित्रै प्रतिनिधि सभा निर्वाचन सम्पन्न हुनेगरी सरकार समक्ष कार्य योजनानै पेश गरेको छ ।

आगामी माघ ७ गतेभित्र आसन्न सबै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक दायित्व छ । सोही दायित्व पूरा गर्न पनि आयोगले सरकारलाई निर्वाचनको मिति घोषणा गर्ने काममा ढिलाई नगर्न पटक–पटक आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुगल म्याप्सले फेला पार्‍यो- दुई दशकअघि हराएका व्यक्तिको अवशेष
गुगल म्याप्सले फेला पार्‍यो- दुई दशकअघि हराएका व्यक्तिको अवशेष
चुनावको समिक्षा गरिरहेको माओवादीलाई एमाले अध्यक्ष ओलीले राखे एक्कासि नयाँ प्रस्ताव
चुनावको समिक्षा गरिरहेको माओवादीलाई एमाले अध्यक्ष ओलीले राखे एक्कासि नयाँ प्रस्ताव
इरानद्वारा १२० किलोमिटर टाढाबाट एकै पटक २ विमान खसाल्न सक्ने क्षेप्यास्त्र निर्माण
इरानद्वारा १२० किलोमिटर टाढाबाट एकै पटक २ विमान खसाल्न सक्ने क्षेप्यास्त्र निर्माण
सुदूर तथा मध्यपश्चिममा अझै वर्षा हुने
सुदूर तथा मध्यपश्चिममा अझै वर्षा हुने
बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा अति भारी वर्षाको सम्भावना
बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा अति भारी वर्षाको सम्भावना
प्रधानमन्त्री अस्पताल भर्ना र क्रिकेट कप्तान नियुक्ति एकैदिन, डिस्चार्जपछि आयो बधाइ
प्रधानमन्त्री अस्पताल भर्ना र क्रिकेट कप्तान नियुक्ति एकैदिन, डिस्चार्जपछि आयो बधाइ
मेयर बालेन्द्र शाहबिरुद्ध परेको रिटको सुनवाई आज
मेयर बालेन्द्र शाहबिरुद्ध परेको रिटको सुनवाई आज
किसानलाई निरास नहुन मुख्यमन्त्री जम्कट्टेललको आग्रह
किसानलाई निरास नहुन मुख्यमन्त्री जम्कट्टेललको आग्रह
सभामुख नेकपाले राख्न उपसभामुखलाई राजीनामा गराउने तयारी!
सभामुख नेकपाले राख्न उपसभामुखलाई राजीनामा गराउने तयारी!
रोल्पामा ट्रेक्टर दुर्घटना हुँदा १२ वर्षीय बालकसहित २ जनाकोे मृत्यु
रोल्पामा ट्रेक्टर दुर्घटना हुँदा १२ वर्षीय बालकसहित २ जनाकोे मृत्यु