प्रदेश २ र ५ बाट अब श्रम तथा रोजगारसम्बन्धी सेवा पाइने
सारांश
- काठमडौं, १४ पुस ।
- प्रदेश नम्बर २ र प्रदेश नम्बर ५ बाट भोलीदेखि श्रम तथा रोजगार सम्बन्धी कामहरु सुरु गरिने भएको छ ।
- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भोलिदेखि यी दुई प्रदेशबाट रोजगार सम्बन्धीका कामहरु सुरु गरिने जनाएको हो ।
काठमडौं, १४ पुस । प्रदेश नम्बर २ र प्रदेश नम्बर ५ बाट भोलीदेखि श्रम तथा रोजगार सम्बन्धी कामहरु सुरु गरिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भोलिदेखि यी दुई प्रदेशबाट रोजगार सम्बन्धीका कामहरु सुरु गरिने जनाएको हो ।
मन्त्रालयका अनुसार कार्यालयबाट पुनः श्रम स्वीकृति दिने, वैदेशिक रोजगारसम्बन्धी इजाजत पाएका संस्थाहरु तथा अभिमुखीकरण तालिम दिने संस्थाहरुको अनुगमन र नियमन गर्ने, वैदेशिक रोजगारी सम्बन्धी सूचना दिने र गुनासो सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने जस्ता काम हुने छन् ।
विगतमा केन्द्रमा मात्र श्रम स्वीकृति लगायतका काम हुने हुँदा विदेश जान लागेका र पुनः श्रम स्वीकृति लिनेका लागि यो प्रक्रिया झन्झटिलो बनिरहेको थियो । मन्त्रालयले बाँकी प्रदेशका श्रम तथा रोजगार कार्यालयबाट पनि पुनः श्रम स्वीकृति लगायतका अत्यावश्यक सेवा प्रवाह गर्ने तयारी गरिरहेको छ ।
प्रतिक्रिया