दुई गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो टोटेनहम

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २, २०७६
|
|
२५ पटक हेरिएको
Shares
दुई गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो टोटेनहम

सारांश

  • एजेन्सी ।
  • च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा इन्ग्लिश क्लब टोटेनहमले बराबरी खेलेको छ ।
  • बुधबार राति भएको खेलमा टोटेनहमले ग्रिसको क्लब ओलम्पिकाससँग २–२ गोलको बराबरी खेलेको हो ।

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा इन्ग्लिश क्लब टोटेनहमले बराबरी खेलेको छ ।

बुधबार राति भएको खेलमा टोटेनहमले ग्रिसको क्लब ओलम्पिकाससँग २–२ गोलको बराबरी खेलेको हो । ओलम्पिकासको घरेलु मैदानमा २ गोलको अग्रता जोगाउन नसक्दा टोटेनहम बराबरीमा रोकिएको हो ।

खेलको २६ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए । खेलको ३० औं मिनेटमा लुकास मौराले गोल गरेपछि टोटेनहम २–० ले अघि रह्यो ।

तर, खेलको ४४ औं मिनेटमा डानिल पोडेन्सले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए । त्यसपछि खेलको ५४ औं मिनेटमा माथियु भल्ब्युनाले पेनाल्टीमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए ।

यो बराबरीसँगै समूह बी को टोटेनहमले पहिलो खेलमा १ अंक जोडेको छ । ओलम्पिकासको पनि १ अंक छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?