प्रहरीले सुराकमा विश्वास गर्दा ……..

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २९, २०७४
|
|
३४ पटक हेरिएको
Shares
प्रहरीले सुराकमा विश्वास गर्दा ……..

सारांश

  • कैलाली, २९ जेठ ।
  • जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले गोदावरी नदीमा बालुवा लिन गएका १८ वटा ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएर रातभर हिराशतमा राखेपछि मात्र गल्ती गरेको महसुुस भयो ।
  • मोहना नदीबाट अवैध रुपमा बालुवा निकासी हँुदैछ भन्ने सूचनाका आधारमा प्रहरी निरीक्षक इन्द्र मल्लको नेतृत्वमा गएको टोलीले शनिबार गोदावरी नदीमा बालुवा ढुवानीका लागि गएका ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कैलाली, २९ जेठ । जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले गोदावरी नदीमा बालुवा लिन गएका १८ वटा ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएर रातभर हिराशतमा राखेपछि मात्र गल्ती गरेको महसुुस भयो ।

मोहना नदीबाट अवैध रुपमा बालुवा निकासी हँुदैछ भन्ने सूचनाका आधारमा प्रहरी निरीक्षक इन्द्र मल्लको नेतृत्वमा गएको टोलीले शनिबार गोदावरी नदीमा बालुवा ढुवानीका लागि गएका ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले ट्याक्टरका चालकलाई थुनुवा कक्षमा राखेर उनीहरुसँग भएको मोबाइल फोन बन्द गर्न लगाई आइतबार बिहान ११ः३० बजेसम्म भोकै प्रहरीको हिरासतमा राखेको थियो ।

उनीहरुलाई कसैको सम्पर्कमा पनि आउन दिइएको थिएन । आइतबार बिहान मात्र ट्याक्टर मालिकले काटेको रोयल्टी रसिद हेरेपछि प्रहरी आश्चर्यमा परे । आफूहरुले झुक्किएर चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले स्वीकार गरेको छ । ट्याक्टर जिविसले तोकेको रोयल्टी तिरेको रसिदसहित बालुवा ढुवानीका लागि गोदावरी खोलामा गएका थिए ।

प्राप्त सूचनालाई राम्ररी अध्ययन नै नगरी ज्यालामजदुरी गरी खाने मजदुरलाई भोकभोकै एक रात थुनुवा कक्षमा राखी प्रहरी मानसिक यातनासमेत दिएकामा पीडित एक ट्याक्टर चालकले आक्रोश व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?