इलाममा लगानी सम्मेलन भोलि, प्रधानमन्त्रीलाई अभिनन्दन गरिने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १९, २०७५
|
|
३४ पटक हेरिएको
Shares
इलाममा लगानी सम्मेलन भोलि, प्रधानमन्त्रीलाई अभिनन्दन गरिने

सारांश

  • काठमाडौं, १९ पुस ।
  • कृषि उत्पादनलाई बढाई रोजगारीको अवसर सृजना गर्ने उद्देश्यले इलाममा भोलि लगानी सम्मेलन हुने भएको छ ।
  • सम्मेलनमा इलाममा लगानीका क्षेत्र र सम्भावनाका बारेमा डिजिटल प्रस्तुतीकरण गरिने छ ।

काठमाडौं, १९ पुस । कृषि उत्पादनलाई बढाई रोजगारीको अवसर सृजना गर्ने उद्देश्यले इलाममा भोलि लगानी सम्मेलन हुने भएको छ । सम्मेलनमा इलाममा लगानीका क्षेत्र र सम्भावनाका बारेमा डिजिटल प्रस्तुतीकरण गरिने छ ।

लगानीमैत्री नीतिबारे नगरपालिकाले प्रस्ट्याउने र लगानीकर्ताले लगानीको प्रतिबद्धता समेत व्यक्त गर्ने आयोजक समितिका सदस्य कृष्ण शाहले जानकारी दिए । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । यस्तै, प्रधानमन्त्री ओलीलाई अभिनन्दनको कार्यक्रम समेत रहेको इलामका नगर प्रमुख महेश बस्नेतले जानकारी दिए ।

नेपाली कांग्रेसको जिल्ला कार्यसमितिले भने प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई अभिनन्दन गर्ने कार्यक्रमको विरोध जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?