भूकम्प र सुनामीको कारण ५० जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन १३, २०७५
|
|
२० पटक हेरिएको
Shares
भूकम्प र सुनामीको कारण ५० जनाको मृत्यु

सारांश

  • काठमाडौं १३ असोज।
  • ईण्डोनेशियामा शक्तिशाली भूकम्पपछि सुनामी जाँदा ५० जनाको मृत्यु भएको छ ।
  • मध्य ईण्डोनेशियाको सुलावेसी द्वीपमा शुक्रबार गएको ७.

काठमाडौं १३ असोज। ईण्डोनेशियामा शक्तिशाली भूकम्पपछि सुनामी जाँदा ५० जनाको मृत्यु भएको छ । मध्य ईण्डोनेशियाको सुलावेसी द्वीपमा शुक्रबार गएको ७.५ म्याग्नीच्युडको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा परी ५० जनाको मृत्यु भएको बिबिसीले जनाएको छ ।  सुरुमा ६.० र त्यसपछि ७.४ र ६.१ म्याग्नीच्युडका भूकम्प गएको समाचारमा उल्लेख छ ।

भूकम्पको केन्ऽबिन्दु सुलावेसी द्वीपको १८ किलोमिटर गहिराइमा भएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले -युएसजिएस) ले जानकारी दिएको छ । भूकम्पपछि करिब ६ फिट लामो सुनामी सुलावेसी द्वीपको पालू शहरमा पसेको थियो । तटिय क्षेत्रका बस्तीहरुमा सुनामीले बढी प्रभावित पारेको अधिकारीहरुले बताएका छन् । त्यसैले पनि धेरै मानवीय तथा भौतिक क्षति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । त्यहाँ टेलिफोन सेवा समेत ठप्प भएको छ ।  सामाजिक सञ्जालहरुमा शेयर गरिएका भिडिओमा कयौं मानिस चिच्याइरहेका देखिन्छन् ।मृतकको संख्या अझै बढ्न सक्ने आशंका छ । क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?