प्रहरी हिरासतमा रहेका ब्यक्ति मृत फेला

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २९, २०७४
|
|
५७० पटक हेरिएको
Shares
प्रहरी हिरासतमा रहेका ब्यक्ति मृत फेला

सारांश

  • प्यूठान, बैशाख २९ प्यूठान स्थित इलाका प्रहरी कार्यालय भिंगृको शौचालयमा एक जना ब्यक्ति मृत फेला परेका छन् ।
  • स्वर्गद्वारी नगरपालिका वडा नं.
  • ५ निवासी भुपेन्द्र गिरी गएराती मृत फेला परेका हुन् ।

प्यूठान, बैशाख २९

प्यूठान स्थित इलाका प्रहरी कार्यालय भिंगृको शौचालयमा एक जना ब्यक्ति मृत फेला परेका छन् । स्वर्गद्वारी नगरपालिका वडा नं. ५ निवासी भुपेन्द्र गिरी गएराती मृत फेला परेका हुन् । घरायसी झगडामा अनुसन्धान गर्न भनि ल्याइएका ब्यक्ति शौचालयमा मृत भेटिनु यो घटना रहस्यमय बनेको स्थानीयवासीले बताए । प्रहरीले यो घटनालाइ आत्महत्या भनेको छ ।

गएराती करिब १ बजेको समयमा शौचालयमा गएको प्रहरीले जनाएको छ । धेरैबेरसम्म नआएपछि उनलाई खोज्न गएका बेला गिरी शौचालयमा मृत भेटिएका हुन् । घटना रहस्यमय भएको भन्दै स्थानीयवासीले अहिले प्यूठान–रोल्पा सडक खण्ड बन्द गराएका छन् । प्रहरीको कुटपिटबाट मृत्यु भई घटना रहस्यमय बनाउन शौचालयमा झुण्डाइएको हुनसक्ने स्थानीयको आरोप छ ।

मृतक ब्यक्तिको पोष्टमार्टमा आधारमा पिडितका आफन्तहरुले थप संघर्षका कार्यक्रम अँघि सारीने जानकारी गराएका छन् । उनीहरुले घटनाको यथार्त छानबिन, दोषी ब्यक्तिलाई कारवाहीको माग र मृतकका परिवारलाई उचित क्षतिपुर्तिको माग गरी यातायात सेवा बन्द गराएका हुन् ।

भिंगृबाट सिपी खनालको सहयोगमा सलिम अन्सारी ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुम्लाको गुठीचौरमा अज्ञात समूहद्वारा आगजनी
जुम्लाको गुठीचौरमा अज्ञात समूहद्वारा आगजनी
निर्वाचन प्रमुखको हस्ताक्षर नै नभएको मतपत्र भेटिएपछी मतगणना स्थगित
निर्वाचन प्रमुखको हस्ताक्षर नै नभएको मतपत्र भेटिएपछी मतगणना स्थगित
सबैका आँखा सिङ्गापुरतिर
सबैका आँखा सिङ्गापुरतिर
गरिमा विकास बैंककाे ‘गरिमा रेमिट’ संचालनमा !
गरिमा विकास बैंककाे ‘गरिमा रेमिट’ संचालनमा !
बुढीगंगा प्रमुख र उपप्रमुखमा एमाले निर्वाचित
बुढीगंगा प्रमुख र उपप्रमुखमा एमाले निर्वाचित
महिलाको नाममा जग्गा पास गर्ने क्रम बढ्दाे, एक वर्षमा ९२ महिलाको नाममा जग्गा!
महिलाको नाममा जग्गा पास गर्ने क्रम बढ्दाे, एक वर्षमा ९२ महिलाको नाममा जग्गा!
सिरिञ्ज आक्रमणकारीको बयानः रमाइलोको लागि युवतीलाई घोचे
सिरिञ्ज आक्रमणकारीको बयानः रमाइलोको लागि युवतीलाई घोचे
बिमस्टेक परराष्ट्र मन्त्रीस्तरिय बैठक : ग्रीड इन्टरकनेक्सन संगै अपराध, मानव तस्करीमा शुन्य सहनशिलता अपनाउने
बिमस्टेक परराष्ट्र मन्त्रीस्तरिय बैठक : ग्रीड इन्टरकनेक्सन संगै अपराध, मानव तस्करीमा शुन्य सहनशिलता अपनाउने
११ दिन मिटिङ बसेपछि आयो विप्लवको यस्तो निर्णय
११ दिन मिटिङ बसेपछि आयो विप्लवको यस्तो निर्णय
संघीय र प्रदेश गृहमन्त्रीको बैठक : प्रहरी समायोजन प्रक्रियालाई यथाशीघ्र अघि बढाउने निर्णय
संघीय र प्रदेश गृहमन्त्रीको बैठक : प्रहरी समायोजन प्रक्रियालाई यथाशीघ्र अघि बढाउने निर्णय