फेसबुकबाट बनेका अपरिचित साथीले ५५ लाख ८५ हजार रुपैयाँ ठगे
सारांश
- सामाजिक संजाल फेसबुकमा भेटिएको साथीको लहलहिमा लाग्दा दाङको लमहीकी एक महिला नराम्ररी गठिएकी छिन् ।
- लमहि नगरपालिका–५ कि स्थानीय सुजाता केसी पौडेललाई फेसबुकबाट बनेका अपरिचित साथीले ५५ लाख ८५ हजार रुपैयाँ ठगेका हुन् ।
- सुजातालाई ठगी गरेको अभियोगमा प्रहरीले ललितपुर उपमहानगरपालिका–४ धोबिघाटका ३४ वर्षीय दिनेश बस्नेत, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ घर भई हाल लाजिम्पाट बस्ने ३७ वर्षीय रबि थोकर र ललितपुर लगनखेल बस्ने २१ वर्षीय पुरन घर्तिमगर भन्ने सुमन लामालाई बिहीबार महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेपछि यो घटना सार्वजनिक भएको हो ।
सामाजिक संजाल फेसबुकमा भेटिएको साथीको लहलहिमा लाग्दा दाङको लमहीकी एक महिला नराम्ररी गठिएकी छिन् । लमहि नगरपालिका–५ कि स्थानीय सुजाता केसी पौडेललाई फेसबुकबाट बनेका अपरिचित साथीले ५५ लाख ८५ हजार रुपैयाँ ठगेका हुन् ।
सुजातालाई ठगी गरेको अभियोगमा प्रहरीले ललितपुर उपमहानगरपालिका–४ धोबिघाटका ३४ वर्षीय दिनेश बस्नेत, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ घर भई हाल लाजिम्पाट बस्ने ३७ वर्षीय रबि थोकर र ललितपुर लगनखेल बस्ने २१ वर्षीय पुरन घर्तिमगर भन्ने सुमन लामालाई बिहीबार महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेपछि यो घटना सार्वजनिक भएको हो ।
प्रहरी महासाखाका अनुसार करिब एक वर्ष अघिदेखि इयुयान्स स्मिथ नामको बेलायती नागरिक भएको परिचय दिँदै फेसबुकमा साथी बनेका उनीहरुले सुजातालाई ठगीको जालनमा फसाएको हो ।
स्मिथको नाममा कुराकानी गरेर विश्वासमा पारेपछि उनीहरुले भारतीय मोबाइलबाट फोन गरी तिम्रो नाममा बैंक अफ अमेरिकाको दिल्ली शाखाबाट १.७ मिलियन डलर पठाएको भनेर झुक्याएका थिए ।
उनीहरुले त्यो रकम लिनका लागि भारतीय नियम अनुसार कर तिर्नका लागि ५५ लाख ८५ हजार रुपैयाँ माग गरेका थिए । ठगीको जालमा परेपछि सुजाताले जगदीश आचार्य र पुरन घर्तीमगरकै खाताबाट रकम पठाइदिएकी थिइन् ।
त्यसैगरी रामकुमार शेर्पा, सञ्जिव महर्जनसमेतको नामबाट सुजाताले आईएमई र बैंकबाट पटक पटक गरी ५५ लाख ८५ हजार रुपैयाँ पठाए पनि आफु ठगिएको उनले थाहा नै पाईनन् ।
जब उनीहरुले एकैजनाबाट आधा करोड भन्दा धेरै रकम ठग्न सफल भए त्यसपछि उनीहरु वेपत्ता भएका उनिहरुबाट गठिएको थाहा पाएपछि उनले प्रहरीमा उजुरी दिएकी थिईन् । उजुरी परेपछि उनीहरुलाई पक्राउ गरेर ठगी मुद्दामा आवश्यक अनुसन्धान र कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया