बाढी र पहिरोबाट एक सातामा १५ को मृत्यु, ७ बेपत्ता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २२, २०७४
|
|
२० पटक हेरिएको
Shares
बाढी र पहिरोबाट एक सातामा १५ को मृत्यु, ७ बेपत्ता

सारांश

  • काठमाडौं ।
  •  एक सातायता देशका विभिन्न भागमा आएको बाढी र पहिरोमा परी १५ जनाको मृत्यु भएको छ ।
  • सात बेपत्ता र पाँच घाइते छन् ।

काठमाडौं । एक सातायता देशका विभिन्न भागमा आएको बाढी र पहिरोमा परी १५ जनाको मृत्यु भएको छ । सात बेपत्ता र पाँच घाइते छन् । गृहमन्त्री जनार्दन शर्माले प्राकृतिक विपत्बाट भएको धनजनको क्षतिबारे बुधबार संसद्लाई जानकारी गराएका छन् ।

मन्त्री शर्माले पीडितहरूको उद्धार तथा राहत वितरणमा सरकारले कुनै कसर बाँकी नराखेको बताए । राहत तथा उद्धार कार्यमा सरकार उदासीन देखिएको भन्दै सांसदहरुले सोमबार र मंगलबारको बैठकमा आपत्ति जनाएका थिए ।

दोलखा, प्युठान, तेह्रथुम र कास्कीमा पहिरोमा परी मानवीय क्षती भएको मन्त्री शर्माले बताए । मृतकका परिवारलाई किरिया खर्च र पीडितलाई खाद्यान्नलगायतका सामग्री वितरण र सुरक्षित बासस्थानको व्यवस्था गरिएको उनले बताए । ‘विपदमा परी घाइते भएकाको निःशुल्क उपचारको व्यवस्था गरिएको छ । जिल्लास्थित दैवीप्रकोप उद्धार समितिस“ग समन्वय गरेर राहत र उद्धारलाई प्रभावकारी बनाइएको छ ।’

तेस्रो चरणको चुनावी तयारी
गृहमन्त्री शर्माले स्थानीय तहको तेस्रो चरणको निर्वाचन गराउन सरकार तयारी हालतमा रहेको बताए । ‘स्थानीय तहको तेस्रो चरणको निर्वाचन राजनीतिक कारणले पछि सरेको हो । सुरक्षा चुनौती छैन । गृहमन्त्रालय सुरक्षाका लागि तयार छ’, उनले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?