बार्सिलोनाको जितमा लेवानडोस्कीको दुई गोल
सारांश
- काठमाडौं।
- स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले नयाँ सिजनमा विजयी शुरुवात गरेको छ।
- गएराति सम्पन्न खेलमा बार्सिलोनाले भलेन्सियालाई २-१ गोल अन्तरले पराजित गर्दै नयाँ सिजनमा विजयी शुरुवात गरेको हो।
काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले नयाँ सिजनमा विजयी शुरुवात गरेको छ।
गएराति सम्पन्न खेलमा बार्सिलोनाले भलेन्सियालाई २-१ गोल अन्तरले पराजित गर्दै नयाँ सिजनमा विजयी शुरुवात गरेको हो।
बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले दुवै गोल गरेका थिए। १-० ले पछि परेको अवस्थामा बार्सिलोनाले कमब्याक गर्दै जित हासिल गरेको छ।
लेवानडोस्कीले खेलको ४५औं र ४९औं मिनेटमा गोल गरेका थिए । त्यस्तै भलेन्सियाका लागि हुगो डुरोले एक गोल गरेका थिए। यो जितपछि बार्सिलोनाले महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया