बिराट गोल्डकपको उपाधी थ्री-स्टारलाई, अनन्तलाई मोटरसाइकल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २७, २०७४
|
|
३० पटक हेरिएको
Shares
बिराट गोल्डकपको उपाधी थ्री-स्टारलाई, अनन्तलाई मोटरसाइकल

सारांश

  • अस्बिन खडका, उदयपुर २७ चैत- मोफसलकै सर्वाधिक राशी रहेको विराट गोल्डकप “डे नाइट”को उपाधी थ्रीस्टारले हात पारेको छ ।
  • विराटनगरको सहिद रंगशालामा १७ देखि भएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लवलाई हराउँदै थ्रीस्टारले गोल्डकप–२०७४ को उपाधि हात पारेको हो ।
  • गोल्डकपका सर्वश्रेष्ठ खेलाडी बन्न सफल अनन्त तामाङले मोटरसाइकल पुरस्कार हात पारे ।

अस्बिन खडका, उदयपुर २७ चैत- मोफसलकै सर्वाधिक राशी रहेको विराट गोल्डकप “डे नाइट”को उपाधी थ्रीस्टारले हात पारेको छ । विराटनगरको सहिद रंगशालामा १७ देखि भएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लवलाई हराउँदै थ्रीस्टारले गोल्डकप–२०७४ को उपाधि हात पारेको हो ।

गोल्डकपका सर्वश्रेष्ठ खेलाडी बन्न सफल अनन्त तामाङले मोटरसाइकल पुरस्कार हात पारे ।खेलको म्यान अफ द म्याच बिमल घर्ती मगर बनेका छन् । ३–० गोल अन्तरमा त्रिभुवन आर्मीलाई थ्रीस्टारले पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो ।  

खेलमा थ्रीस्टारकाका बिमलले २ गोल, अनन्तले खेलको ५४ औं मिनेटमा पहिलो गोल गर्न सफल भएका थिए । विराट गोल्डकपको विजेताले १२ लाख ७१ हजार रुपैयाँ र शिल्ड पुरस्कार पाएका छन् । त्यसैगरी उपविजेताले ५ लाख ५१ हजार रुपैयाँ हात पारेका छन ।

चैत १७ देखि २६ गतेसम्म भएको प्रतियोगितामा १० क्लवको सहभागिता रहेकोमा थ्रीस्टारले उपाधि हात पार्न सफल भएको हो ।  उत्कृष्ट गोलकिपर थ्रीस्टारकै अनिल न्यौपानेले हात पारे

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?