बीरगंजमा ठूलो मात्रामा लागु औषध सहित एक जना पक्राउ
सारांश
- बीरगंज १३,पुष सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती टोली बीरगंजले ठूलो मात्रामा लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ।
- गस्ती टोलीले बिहिवार राती करिव नौ बजे भारतको रक्शौलबाट टेम्पुमा बीरगंज तर्फ आउदै गर्दा भन्सार गेटमा चेकजाचको क्रममा ९ सय ४६ थान लागु औषध सहित बीरगंज महानगरपालिका वडा नम्बर ५ का बर्ष ३९ को सन्नी मानन्धर लाई पक्राउ गरेको हो।
- पक्राउ परेका मानन्धरको साथबाट फेनारगन ३ सय थान ,डाईजोलापाम ३ सय थान नर्फिन ३ सय थान,नाईट्रोभेट टयावलेट ४१ पिस र ५ बोतल कोरेक्स र नगद ३ हजार २ सय ७५ रुपैया भारतिय रुपैया र ३० हजार २ सय ५७ नेपाली रुपैया २ थान मोवाईल र बंगलादेशको १० रुपैया बरामद गरेको राजश्व गस्तीका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक खडकाले जनाएका छन ।
बीरगंज १३,पुष सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती टोली बीरगंजले ठूलो मात्रामा लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ।गस्ती टोलीले बिहिवार राती करिव नौ बजे भारतको रक्शौलबाट टेम्पुमा बीरगंज तर्फ आउदै गर्दा भन्सार गेटमा चेकजाचको क्रममा ९ सय ४६ थान लागु औषध सहित बीरगंज महानगरपालिका वडा नम्बर ५ का बर्ष ३९ को सन्नी मानन्धर लाई पक्राउ गरेको हो।
पक्राउ परेका मानन्धरको साथबाट फेनारगन ३ सय थान ,डाईजोलापाम ३ सय थान नर्फिन ३ सय थान,नाईट्रोभेट टयावलेट ४१ पिस र ५ बोतल कोरेक्स र नगद ३ हजार २ सय ७५ रुपैया भारतिय रुपैया र ३० हजार २ सय ५७ नेपाली रुपैया २ थान मोवाईल र बंगलादेशको १० रुपैया बरामद गरेको राजश्व गस्तीका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक खडकाले जनाएका छन ।
लागु औषध सहित पक्राउ परेका मान्नधरलाई बिहिवार राती नै जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको खडकाले बताए।
प्रतिक्रिया