भिभिआइपीलाई चार महंगा हेलिकोप्टर, डेढ अर्बको अगष्टा नेपाल आइसक्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २२, २०७५
|
|
२९ पटक हेरिएको
Shares
भिभिआइपीलाई चार महंगा हेलिकोप्टर, डेढ अर्बको अगष्टा नेपाल आइसक्यो

सारांश

  • काठमाडौं २२ पुस ।
  •  नेपाली सेनाले भिभिआइपी(विशिष्ट)का लागि चारवटा मंहगा हेलिकोप्टर खरिद गर्ने भएको छ ।
  •  सेनाले अघि बढाएको दीर्घकालिन हवाई योजनाअन्तर्गत २०८२ सम्म चारवटा हेलिकोप्टर खरिद गर्ने लक्ष्य राखेको छ ।

काठमाडौं २२ पुस । नेपाली सेनाले भिभिआइपी(विशिष्ट)का लागि चारवटा मंहगा हेलिकोप्टर खरिद गर्ने भएको छ । सेनाले अघि बढाएको दीर्घकालिन हवाई योजनाअन्तर्गत २०८२ सम्म चारवटा हेलिकोप्टर खरिद गर्ने लक्ष्य राखेको छ ।

तीमध्ये एउटा अगस्टा वेस्टल्यान्ड काठमाडौं आइसकेको छ । डेढ अर्बभन्दा बढी मूल्यको उक्त हेलिकोप्टर कम्पनीले सेनालाई हस्तान्तरण गर्ने तयारी गरिरहेको छ । बाँकी तीनमा एउटा अगस्टा र दुईवटा बेल रहेको सेनाले जनाएको छ ।

विशिष्ट सेवाका लागि प्रयोग हुने चारवटै हेलिकोप्टर एयर बेस अन्तर्गत विशिष्ट उडान सेवाका लागि काठमाडौंमा रहने सेनाले जनाएको छ ।

ती हेलिकोप्टर विदेशी राष्ट्रप्रमुख, सरकार प्रमुख तथा विशिष्टहरुका लागि एवं नेपालका राष्ट्रपति, प्रधानमन्त्री र विशिष्टहरुको उडानमा प्रयोग हुनेछन् । -नागरिक दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?