अन्ततः सन्दिपले पाए अमेरिकाको भिसा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २८, २०७६
|
|
३७ पटक हेरिएको
Shares
अन्ततः सन्दिपले पाए अमेरिकाको भिसा

सारांश

  • काठमाडौं।
  • नेपाली क्रिकेटर सन्दिप लामिछानेले अन्ततः अमेरिकाको भिसा पाएका छन् ।
  • आज बिहान भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावासले अन्ततः अपरान्ह उनलाई भिसा दिएको हो ।

काठमाडौं। नेपाली क्रिकेटर सन्दिप लामिछानेले अन्ततः अमेरिकाको भिसा पाएका छन् । आज बिहान भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावासले अन्ततः अपरान्ह उनलाई भिसा दिएको हो । सुरुमा भिसा दिन अस्वीकार गरेको दूतावासले दिउँसो फेरि उनलाई बोलाएको थियो । सन्दिपले क्यारेबियन प्रिमियर लिग खेल्नको लागि जान भिसा मागेका थिए । न्दिपले ट्वीटरबाटै भिसा पाएको जानकारी दिएका छन् ।

मंगलबार बिहान सन्दिपले दूतावासमा भिसाको निवेदन दिएपछि दूतावासले भिसा दिन अस्वीकार गरेको थियो । लगत्तै सन्दिपले ट्वीटरमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री, परराष्ट्र मन्त्रालय र हेलो सरकार समेतलाई मेन्सन गर्दै यसबारे जानकारी दिएका थिए । लगत्तै दूतावासले बोलाएपछि सन्दिप महाराजगञ्जस्थित अमेरिकी दूतावास पुगेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?