मतदाता नामावली अद्यावधिक गर्न पर्याप्त समय दिइनुपर्ने एमालेको सुझाव

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २, २०७४
|
|
५९ पटक हेरिएको
Shares
मतदाता नामावली अद्यावधिक गर्न पर्याप्त समय दिइनुपर्ने एमालेको सुझाव

सारांश

  • काठमाडौँ, २ साउन ।
  • नेकपा (एमाले) ले मतदाता नामावली अद्यावधिक गर्न पर्याप्त समय दिन र उपयुक्त प्रक्रिया अवलम्बन गर्न आज निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
  • आयोगको कार्यालय कान्तिपथमा प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवलाई भेटी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसहितको टोलीले आम मतदाताको सुविधा, सहजता र सरोकार समेतलाई दृष्टिगत गरी मतदाता नामावली अद्यावधिक गर्न माग गरेको हो ।

काठमाडौँ, २ साउन । नेकपा (एमाले) ले मतदाता नामावली अद्यावधिक गर्न पर्याप्त समय दिन र उपयुक्त प्रक्रिया अवलम्बन गर्न आज निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

आयोगको कार्यालय कान्तिपथमा प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवलाई भेटी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसहितको टोलीले आम मतदाताको सुविधा, सहजता र सरोकार समेतलाई दृष्टिगत गरी मतदाता नामावली अद्यावधिक गर्न माग गरेको हो ।

नेपालको संविधान बमोजिम स्थानीय तह, प्रदेश र संघीय व्यवस्थापिकाको निर्वाचन २०७४ माघ ७ गतेभित्र अनिवार्य रुपमा सम्पन्न गर्न आग्रह गर्दै एमालेले निर्वाचन भइसकेका स्थानीय तहअन्तर्गत जिल्ला समन्वय समिति गठनमा देखिएको अन्योल र ढिलाइ अविलम्ब अन्त गर्न पनि सुझाव दिएको छ ।

एमालेले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन र निर्वाचन सम्बन्धी कानून निर्माणमा सरकारको तर्फबाट भएको ढिलाइलाई लिएर आयोगले गरेको पहल सकारात्मक भएको पनि स्मरण गराएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक आजै पारित गर्ने तयारी
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक आजै पारित गर्ने तयारी
परराष्ट्रमन्त्री ज्ञवालीको अमेरिका भ्रमणः अमेरिकासँग वृहत स्वरुपमा सम्बन्ध विस्तार
परराष्ट्रमन्त्री ज्ञवालीको अमेरिका भ्रमणः अमेरिकासँग वृहत स्वरुपमा सम्बन्ध विस्तार
हातमा कूँचो लिएर राजमार्ग सफाइ गर्ने बस्नेत भन्छन,’राजनीतिमा विश्राम भन्ने कुनै शब्दावली नै हुँदैन
हातमा कूँचो लिएर राजमार्ग सफाइ गर्ने बस्नेत भन्छन,’राजनीतिमा विश्राम भन्ने कुनै शब्दावली नै हुँदैन
म्युजिक भिडियोहरुमा उदाउँदै मोडल सुदिप हमाल
म्युजिक भिडियोहरुमा उदाउँदै मोडल सुदिप हमाल
प्रधानमन्त्रीओलीको राष्ट्रवादप्रति देउवालाई शंका !
प्रधानमन्त्रीओलीको राष्ट्रवादप्रति देउवालाई शंका !
हवाई आक्रमणमा ५४ जनाको मृत्यु !
हवाई आक्रमणमा ५४ जनाको मृत्यु !
तिलोत्त नगरपालिकामा एमाले विजयी
तिलोत्त नगरपालिकामा एमाले विजयी
राष्ट्रपति र प्रधानमन्त्रीद्वारा रक्षाबन्धन ग्रहण
राष्ट्रपति र प्रधानमन्त्रीद्वारा रक्षाबन्धन ग्रहण
मुग्लिन–नारायणगढ सडकको विकल्प, त्रिशूलीपारी दुई लेनको सडक बन्ने
मुग्लिन–नारायणगढ सडकको विकल्प, त्रिशूलीपारी दुई लेनको सडक बन्ने
प्रदेश नं. ५, जहाँ यसरी हुँदैछ हाइप्रोफाइल भिडन्त
प्रदेश नं. ५, जहाँ यसरी हुँदैछ हाइप्रोफाइल भिडन्त