महाभारत युद्धको बेलामै भारतीयले इन्टरनेट अाविष्कार गरे !
सारांश
- काठमाडाैँ, ५ वैशाख ।
- भारतका केही आधिारीहरुले प्राचिन कालमै भारतीयले इन्टरनेट आविष्कार गरेको दावी गरेका छन् ।
- भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लवकुमार देवले प्राचीन कालमा भारतीयहरुले इन्टरनेट अविस्कार गरेको दावी गरेका हुन् ।
काठमाडाैँ, ५ वैशाख । भारतका केही आधिारीहरुले प्राचिन कालमै भारतीयले इन्टरनेट आविष्कार गरेको दावी गरेका छन् ।
भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लवकुमार देवले प्राचीन कालमा भारतीयहरुले इन्टरनेट अविस्कार गरेको दावी गरेका हुन् ।
उनले एक कार्यक्रममा भने, ‘यदी इन्टरनेट नभएको भए महाभारतमा कौरव र पाण्डवका सेनाबीच कुरुक्षत्रमा भएको महायुद्ध सञ्यले दरबारमै बसेर धृतराष्ट्रलाई युद्धस्थलका दृश्यहरु कसरी देखाउँथे ?’ उनले भने, ‘त्यतिबेला इन्टरनेटको मात्रै नभइ भू–उपग्रहको पनि विकास भइसको थियो । दरबारमै दृश्य हेर्न प्रविधिको विकासले मात्रै सम्भव भएको हो’
मुख्यमन्त्री देवको यो दावीलाई भने सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले खिल्ली उडाइरहेका छन् ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Anoop Silwal
Dhoti le j vhandha pani huncha news ani news na payera halidincha hamro sikhar news