यस्तो निर्णय गर्दैछ भारतीय दूतावासमा कांग्रेस, माओवादी र राजपा नेताहरुले ?
सारांश
- काठमाडौं, पुस ११ ।
- भारतीय दूतावास लैनचौरमा नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपाका नेताहरुको गोप्य भेटघाट भएको छ ।
- भारतीय दूतावासले ३ दलका नेताहरुलाई बोलाई नयाँ सत्ता गठबन्धनको गृहकार्य सुरु गरेको छ ।
काठमाडौं, पुस ११ । भारतीय दूतावास लैनचौरमा नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपाका नेताहरुको गोप्य भेटघाट भएको छ । भारतीय दूतावासले ३ दलका नेताहरुलाई बोलाई नयाँ सत्ता गठबन्धनको गृहकार्य सुरु गरेको छ ।
मंगलवार अपरान्ह साढे १२ बजेदेखि २ बजेसम्म कांग्रेस, माओवादी र राजपाका नेताहरुलाई बोलाई भारतीय राजदूत मञ्जिभसिंह पुरीले भारत अनुकुलको नयाँ समीकरण बनाउने विषयमा गृहकार्य गरेको बताइएको छ ।
भारतीय राजदूत पुरीले लैनचौरस्थित दूतावासमा आयोजित लन्च मिटिङमा राजपा अध्यक्ष मण्डलका अध्यक्षहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, माओवादी नेताहरु मातृका यादव, प्रभु साह, कांग्रेस नेताहरु प्रकाशशरण महत, अब्दुल रज्जाक र भर्खरै लोकतान्त्रिक फोरमबाट कांग्रेस प्रवेश गरेका नेता जितेन्द्र देव सहभागि थिए ।
बैठकमा भारतीय राजदूत पुरीले कुनै पनि हालतमा एमालेसँगको गठबन्धनबाट माओवादीलाई बाहिर निकाल्नु पर्ने र सोही अनुसारको योजना बनाएर लागि पर्नुपर्ने भन्दै यसका लागि बैठकमा सहभागिहरुबाट सुझाव मागिएको वताइएको छ ।
Krishna Banjade
Haba gapha
Paudel Laxman
हावा गफ यो अनलाइन मिडिया बन्द गर्नुपर्यो हुने नहुने झुटको खेती गर्दैछ भारतिय राजदुत नेपालमा त छैन तेरो बाउले गर्यो लन्च मिटिङ यो काङ्ग्रेसको फोहोरी राजनिती हो
Chandra Kharel
धोतिले बादर नचाए जस्तो नचायेको कत्तिन्जेल हेर्ने हो !
Yogesh Oli
no