मुलुकको राजनीति जटिल मोडमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २२, २०७३
|
|
१८४ पटक हेरिएको
Shares
मुलुकको राजनीति जटिल मोडमा

सारांश

  • नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल अहिले राजनीतिक र संवैधानिक हिसाबले अत्यन्तै महत्वपूर्ण मोडमा रहेको बताउनुभएको छ ।
  • नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नंं २ द्वारा आज पेस्पीकोलामा आयोजित विविध साँस्कृतिक कार्यक्रम एवम् सभालाई सम्बोधन गर्दै उहाँले संविधानले परिकल्पना गरेअनुसार तीनवटै तहको निर्वाचनपछि मात्र लोकतन्त्रले स्थायित्व प्राप्त गर्ने बताउनुभयो ।
  • “काँग्रेसकै नेतृत्वमा राजनीतिक परिवर्तनका लागि भएका हालसम्मका सबै आन्दोलनले सफलता पाएका छन्, अब तीनवटै निकायको चुनाव पनि काँग्रेसकै नेतृत्वमा हुनेछ,” उहाँले भन्नुभयो ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल अहिले राजनीतिक र संवैधानिक हिसाबले अत्यन्तै महत्वपूर्ण मोडमा रहेको बताउनुभएको छ ।

नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नंं २ द्वारा आज पेस्पीकोलामा आयोजित विविध साँस्कृतिक कार्यक्रम एवम् सभालाई सम्बोधन गर्दै उहाँले संविधानले परिकल्पना गरेअनुसार तीनवटै तहको निर्वाचनपछि मात्र लोकतन्त्रले स्थायित्व प्राप्त गर्ने बताउनुभयो ।

“काँग्रेसकै नेतृत्वमा राजनीतिक परिवर्तनका लागि भएका हालसम्मका सबै आन्दोलनले सफलता पाएका छन्, अब तीनवटै निकायको चुनाव पनि काँग्रेसकै नेतृत्वमा हुनेछ,” उहाँले भन्नुभयो ।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक सङ्क्रमण छिटो अन्त्य गरी मुलुकलाई समृद्धितर्फ लैजान काँग्रेस दृढ रहेको बताउनुभयो । मुलुकलाई राजनीतिक गतिरोधबाट निकास दिन सकेसम्म स्थानीय तहको निर्वाचन आवयक भएको उहाँको भनाइ थियो । सो कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

 

 

 

 

रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?