हेटौँडा–भरतपुर प्रसारण लाइन निर्माणका लागि ठेकेदार छानियो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ३०, २०७६
|
|
४६ पटक हेरिएको
Shares
हेटौँडा–भरतपुर प्रसारण लाइन निर्माणका लागि ठेकेदार छानियो

सारांश

  • काठमाडाैं।
  • तोकिएको काम पूरा नगरेपछि ठेक्का सम्झौता खारेज गरेर अगाडि बढेको नेपाल विद्युत् प्राधिकरणले हेटौँडा–भरतपुर खण्ड निर्माणका लागि ठेकेदार छनोट गरेको छ।
  • प्राधिकरणले प्रसारण लाइन निर्माणका लागि गत असोजमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दै ठेक्का प्रक्रियामा सहभागी हुन आग्रह गरेको थियो।

काठमाडाैं। तोकिएको काम पूरा नगरेपछि ठेक्का सम्झौता खारेज गरेर अगाडि बढेको नेपाल विद्युत् प्राधिकरणले हेटौँडा–भरतपुर खण्ड निर्माणका लागि ठेकेदार छनोट गरेको छ। प्राधिकरणले प्रसारण लाइन निर्माणका लागि गत असोजमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दै ठेक्का प्रक्रियामा सहभागी हुन आग्रह गरेको थियो।

सो आयोजना हेटाैंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको आयोजना हो।  प्रसारण लाइन निर्माणको ठेक्का सबैभन्दा कम रकम कबोल गर्ने भारतीय कम्पनी केइसी इन्टरनेशनल लिमिटेडले पाएको आयोजना प्रमुख ईश्वरीप्रसाद जैसवालले जानकारी दिए। आयोजनाले केही दिन पहिले ठेकेदार छनोट गरिएको जनाएको छ।

कम्पनीले ५४ लाख ३५ हजार अमेरिकी डलर र रु ३६ करोड ८८ लाख ११ हजार (करबाहेक)मा ठेक्का पाएको हो। प्रसारण लाइन निर्माणका लागि पाँच कम्पनीले प्रस्ताव पेश गरेका थिए। भारतीय कम्पनी आइकम टेल लिमिटेडको कामको प्रगति सन्तोषजक नभएपछि प्राधिकरणले कम्पनीसँगको ठेक्का गत वैशाखमा तोडेर नयाँ प्रक्रियामा गएको थियो। प्राधिकरणले प्रसारण लाइनको बाँकी काम गर्न ठेकेदार छनोट गरेको हो। कम्पनीले ठेक्का सम्झौता कार्यान्वयनमा आएको १५ महिनाभित्रमा प्रसारण लाइनको निर्माण गरिसक्नुपर्ने कार्यादेश छ।  

कूल ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनमा पर्ने २२६ टावरमध्ये १७३ को जग हालिएको छ। यस्तै, कूल ११९ खडा गरिएको छ भने १६ किलोमिटर क्षेत्रमा मात्रै तार तानिएको छ। प्रसारण लाइन निर्माणका लागि निजी जग्गा प्राप्ति, वन क्षेत्रको प्रयोगलगायतमा कुनै समस्या नरहेको आयोजनाले जनाएको छ।

प्रसारण लाइन निर्माणका लागि प्रााधिकरण र भारतीय कम्पनी आइकम टेलबीच २०६५ को फागुनमा ९६ लाख ३६ हजार अमेरिकी डलर र रु १९ करोड ७३ लाख १५ हजारमा ठेक्का सम्झौता भएको थियो। काम नगरी रणनीतिक महत्वको प्रसारण लाइनको काम अलपत्र पारेपछि प्राधिकरणले ठेक्का तोडी कम्पनीले कार्यसम्पादन जमानतबापत राखेको ३० लाख ५७ लाख अमेरिकी डलर पनि जफत गरेको थियो।

यसैगरी प्राधिकरणले काम ढिला गरेबापत करिब १६ लाख डलर बिलम्व जरिवाना पनि लगाउने निर्णय गरेको थियो। प्राधिकरणले यसअघि आयोजनाअन्तर्गतको भरतपुर–बर्दघाट खण्डको सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी)सँगको ठेक्का तोडेको थियो। प्राधिकरणको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले नेपालको ठेक्कापट्टामा तीन वर्षसम्म भाग लिन नपाउने गरी सिसिपिजी कालोसूचीमा राख्ने निर्णय गरेको थियो।

आयोजनाअन्तर्गतको भरतपुर–बर्दघाट निर्माणका लागि नयाँ बोलपत्र आह्वान गरी चिनियाँ कम्पनी हेङटन अप्टिक्स इलेक्ट्रिकसँग २०७५ साउनमा ५५ लाख ७५ हजार डलरमा ठेक्का सम्झौता भएको थियो। चितवनको भरतपुरदेखि नवलपरासीको बर्दघाटसम्मको २२० केभी प्रसारण लाइनको पनि निर्माण धमाधम भइरहेको छ। नेपालभित्रको प्रसारण लाइन सुदृढ तथा विश्वसनीय बनाउन र पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि हेटाँैडा–भरतपुर–बर्दघाट प्रसारण लाइनको निर्माण गर्न लागिएको हो। नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण कर्जामा आयोजनाको निर्माण भइरहेको छ।

सो प्रसारण लाइन पूर्वको विद्युत् पश्चिम लैजान र पश्चिमको विद्युत्् पूर्व लैजानका लागि महत्वपूर्ण मानिएको छ। यस्तै राजधानीमा आवश्यक पर्ने विद्युत् उपलब्ध गराउन तथा बढी भएको विद्युत्् देशका अन्य स्थानमा लैजानसमेत सहयोगी हुने ठानिएको छ। सरकारले महत्वपूर्ण प्रसारण लाइन निर्माणका लागि आवश्यक सहजीकरण गरिरहेको भए पनि निर्माण व्यवसायीको लापर्वाहीका कारण समस्या पर्दै आएको छ। समस्या समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र प्राधिकरणले गरेको सार्थक प्रयोगसमेत सफल हुन सकिरहेको छैन। केही आयोजनामा अझै पनि वन क्षेत्रको जग्गा प्रयोग तथा वनको रुख कटाउन र रुख बिरुवा हटाउने विषयले समेत प्राथमिकता पाउन सकेको छैन। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Precisely what is Uberhorny?
राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र शुभकामना सन्देश
राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र शुभकामना सन्देश
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
चैत २३ गते सोमवारको राशिफल यस्तो छ
चैत २३ गते सोमवारको राशिफल यस्तो छ
सर्लाहीमा ११६ वर्षीय भैरवले मतदान गरे
सर्लाहीमा ११६ वर्षीय भैरवले मतदान गरे
पहिलो एकदिवसीय खेलमा अफगानिस्तानमाथि वेष्ट इण्डिजको सहज जित
पहिलो एकदिवसीय खेलमा अफगानिस्तानमाथि वेष्ट इण्डिजको सहज जित
फेवाताल अतिक्रमणको मुद्दा स्थगित
फेवाताल अतिक्रमणको मुद्दा स्थगित
अझै गठन हुन सकेन कांग्रेस संसदीय समिति
अझै गठन हुन सकेन कांग्रेस संसदीय समिति
प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चाका नेताहरुलाई छलफलमा बोलाए
उपत्यकाका नदीबाट १६ मेट्रिक टन फोहर निकालियो…
उपत्यकाका नदीबाट १६ मेट्रिक टन फोहर निकालियो…

तपाईंले छुटाउनुभयो कि?