यादवको कटाक्ष ओलीलाई ‘राजस्थानी पोषाक लगाएर खोक्रो राष्ट्रवाद नदेखाउनुस्’

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३०, २०७५
|
|
३० पटक हेरिएको
Shares
यादवको कटाक्ष ओलीलाई ‘राजस्थानी पोषाक लगाएर खोक्रो राष्ट्रवाद नदेखाउनुस्’

सारांश

  • वैशाख ३०, काठमाण्डौ ।
  • संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीले जनकपुर जाँदा मोदीलाई देखाउनका लागि राजस्थानी पोषाक लगाएर खोक्रो राष्ट्रवाद प्रस्तुत गरेको आरोप लगाएका छन् ।
  • जानकी मन्दिरमा पूजा गर्नका लागि प्रम ओली र भारतका प्रम नरेन्द्र मोदीले एउटै रङ र बनावटको पोषाक लगाएका थिए ।

वैशाख ३०, काठमाण्डौ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीले जनकपुर जाँदा मोदीलाई देखाउनका लागि राजस्थानी पोषाक लगाएर खोक्रो राष्ट्रवाद प्रस्तुत गरेको आरोप लगाएका छन् ।

जानकी मन्दिरमा पूजा गर्नका लागि प्रम ओली र भारतका प्रम नरेन्द्र मोदीले एउटै रङ र बनावटको पोषाक लगाएका थिए । उक्त पोषाक भारतको राजस्थानी भएको भन्दै यादवले आलोचना गरे ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा  कुरा गर्दै यादवले विगतमा तराई मधेशलाई गाली गर्ने ओलीको राष्ट्रियता नाङ्गिएको बताए ।

“त्यो मिथिलाको पोषाक होइन, मधेशको होइन, नेपालकै होइन । राजस्थानको हो । जुन टाउकोमा बाधिएको थियो नि, त्यो राजस्थानको ड्रेस हो । राजस्थान भारतमा पर्छ । खोक्रा राष्ट्रवादी कुरा गरेर हुँदैन ।” यादवले भने ।

“पोषाक जुनसुकै लगाउनुस्, तर खोक्रो राष्ट्रवादको ढ्वाङ नपिट्नुस् । वास्तविकतामा आउनुस् ।” यादवले ओलीलाई चुनौति दिए ।

मोदीसँगको आफ्नो भेटमा दुई देशबीचको मित्रता, नेपालको समृद्धि र विकास सम्बन्धमा कुराकानी भएको बताए ।

नेपालको समृद्धि र विकासमा भारतको समयोगसँगै परस्पर मित्रता र सद्भाव कायम राख्ने विषयमा कुराकानी भएको यादवले बताए ।

“भारतका प्रधानमन्त्री मोदीले नेपालको लोकतन्त्र, शान्ति, समृद्धि र विकास नै चाहेको मैले पाएँ ।” यादवले भने ।

नेपाल–भारतबीचको सम्बन्ध अत्यन्तै राम्रो हुनुपर्छ भन्ने पक्षमा आफु रहेको उनको भनाई छ ।

प्रदेश नम्बर दुईका मुख्यमन्त्रीले आन्तरिक समस्या मोदीसमक्ष प्रकट गरेको भन्ने आरोपको यादवले खण्डन गरे ।

“प्रदेश सरकारले आन्तरिक कुरा नै राख्ने हो । अन्तराष्ट्रिय कुरा राख्दैन । प्रदेश नम्बर दुईमा केन्द्र सरकारले अति नै गरेको छ ।” यादवले भने ।

मोदीको स्वागतमा केन्द्र सरकारबाट चारजना मन्त्री पठाएर प्रदेश सरकारको अधिकार खोसेको उनको आरोप छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Khadendra Thapa

    केबियारि पोसक लगाउनु पने हो

    Comment Author

    JN Marasini

    इनि कुत्ताहरु जे पनि भन्छन । यदि ओलि ले कुर्ता पाईजामा नलगायर कोट पाइन्ट लगायका भय ? हाम्लाई हेपेर भन्नी थिय ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा. गोविन्द केसीलाई कांग्रेस नेता रामशरण महतको कडा चेतावनी
डा. गोविन्द केसीलाई कांग्रेस नेता रामशरण महतको कडा चेतावनी
भूकम्पले जीर्ण भएको जयवागेश्वरी मन्दिर पुनःनिर्माण, भत्काएपछि भेटियो नयाँ तीन गजुर
भूकम्पले जीर्ण भएको जयवागेश्वरी मन्दिर पुनःनिर्माण, भत्काएपछि भेटियो नयाँ तीन गजुर
आईसीसीद्धारा नेपाली क्रिकेट खेलाडीको रोकिएको मासिक तलब निकासा
आईसीसीद्धारा नेपाली क्रिकेट खेलाडीको रोकिएको मासिक तलब निकासा
गान्धीका बारेमा के सोच्छन् उनका पाँचौँ पिढी
गान्धीका बारेमा के सोच्छन् उनका पाँचौँ पिढी
१५ सय कर्मचारीका नक्कली प्रमाणपत्र छानबिन
१५ सय कर्मचारीका नक्कली प्रमाणपत्र छानबिन
दैलेखका कार्यालय प्रमुखसहित ४ जना अख्तियारको नियन्त्रणमा
दैलेखका कार्यालय प्रमुखसहित ४ जना अख्तियारको नियन्त्रणमा
शनिबारदेखि एक वडा एक इञ्जिनियर परिचालन हुने
शनिबारदेखि एक वडा एक इञ्जिनियर परिचालन हुने
केएल टावरमा सुरु भयो दशैंतिहार उपहार योजना
केएल टावरमा सुरु भयो दशैंतिहार उपहार योजना
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई विदेशी एजेण्डा भन्नेहरुसँग बाबुराम आक्रोशित
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई विदेशी एजेण्डा भन्नेहरुसँग बाबुराम आक्रोशित
विराटनगरमा  ऐतिहासिक राधाकृष्ण रथयात्राको सुरक्षामा ड्रोन समेत प्रयोगमा
विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्राको सुरक्षामा ड्रोन समेत प्रयोगमा

तपाईंले छुटाउनुभयो कि?