रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गर्दै विभाग

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १८, २०७३
|
|
४६५ पटक हेरिएको
Shares
रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गर्दै विभाग

सारांश

  • केही समयमानै पुरातत्व विभागले रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनःनिर्माणको काम सुरु गर्ने भएको छ ।
  • रानीपोखरी पुनःनिर्माणको सम्पूर्ण जिम्मा काठमाडौँ महानगरपालिकालाई दिएको भएपनि मन्दिर पुनःनिर्माण नियम विपरीत रहेको भन्दै विभागले गत भदौमा नै रोक लगाएको थियो ।
  • मन्दिर पुनःनिर्माणमा रोक लगाएपनि पोखरीको अन्य निर्माणको काम भने कामपाले नै गर्दै आएको छ ।

केही समयमानै पुरातत्व विभागले रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनःनिर्माणको काम सुरु गर्ने भएको छ ।

रानीपोखरी पुनःनिर्माणको सम्पूर्ण जिम्मा काठमाडौँ महानगरपालिकालाई दिएको भएपनि मन्दिर पुनःनिर्माण नियम विपरीत रहेको भन्दै विभागले गत भदौमा नै रोक लगाएको थियो ।
मन्दिर पुनःनिर्माणमा रोक लगाएपनि पोखरीको अन्य निर्माणको काम भने कामपाले नै गर्दै आएको छ । अहिले पोखरी वरपर पर्खाल निर्माण गर्ने कार्य भइरहेको छ ।

झन्डै पाँच महिनाअघि नै विभागले पुनःनिर्माणमा रोक लगाएको भएपनि कसरी बनाउने, निर्माण सामग्री कताबाट ल्याउने जस्ता छलफलले गर्दा अहिलेसम्म कहिलेदेखि निर्माण गर्ने भन्ने यकिन नभए पनि अबको केही समयमा नै निर्माणको काम सुरु हुने विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए ।

दाहालका अनुसार यसअघि कामपाले निर्माण गर्दा भएका कमजोरीलाई सच्याउँदै अबका दिनमा काम अघि बढाइने छ । विसं २०७२ वैशाख १२ मा गएको भूकम्पका कारण पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर, पोखरी र वरपरसमेत क्षति पुगेको थियो ।

दुई वर्ष लगाएर विसं १७२७ मा बनाइएको पोखरीको दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उनका छोराहरूसहितको सेतो मूर्ति छ । पोखरीको चारै कुनामा सोह्रहाते गणेशसहितका मन्दिर छन् ।

प्रताप मल्लले कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन ‘विष्णुतीर्थ’ निर्माण गराएको इतिहासमा उल्लेख छ । पोखरी निर्माणका क्रममा गोसाइँकुण्डदेखि नेपालका विभिन्न भागका नदी, जलाशयका पानी पनि राखिएको थियो ।

ऐतिहासिक महत्व बोकेको रानीपोखरीको पुनःनिर्माणको मौका छोपी पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि विद्युत् जडान गरी झिलीमिली बनाइने, बगैँचा निर्माण गर्ने, हरियाली र रङ्गीन पानीको फोहरा समेतको जडान गर्ने कामपाले निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्पपीडितका लागि सामान घुम्तीकोष
भूकम्पपीडितका लागि सामान घुम्तीकोष
समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ : प्रम ओली
समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ : प्रम ओली
सार्वजनिक सवारीमा सिन्डिकेटवालाको ‘काउन्ट-डाउन’ सुरु
सार्वजनिक सवारीमा सिन्डिकेटवालाको ‘काउन्ट-डाउन’ सुरु
त्रिवेणी समूहबाट २२ वर्षदेखिको कर असुल्ने छ पालिकाको निर्णय
त्रिवेणी समूहबाट २२ वर्षदेखिको कर असुल्ने छ पालिकाको निर्णय
अन्तर्घात गरेको भन्दै १७ एमाले नेता कारबाहीमा, को को परे कारबाहीमा ?
अन्तर्घात गरेको भन्दै १७ एमाले नेता कारबाहीमा, को को परे कारबाहीमा ?
एसिसी महिला ट्वान्टी २०ः नेपाल एक खेलअघि नै सेमिफाइनलमा
एसिसी महिला ट्वान्टी २०ः नेपाल एक खेलअघि नै सेमिफाइनलमा
सप्तकोशीले कटान सुरु गरे पछि श्रीलंका टापुका बासिन्दा सुरक्षितस्थलतर्फ
सप्तकोशीले कटान सुरु गरे पछि श्रीलंका टापुका बासिन्दा सुरक्षितस्थलतर्फ
१३ खर्ब १५ अर्बको बजेट , कर्मचारीको तलब बढेन, पत्रकारलाई दुर्घटना बिमा, सासंदलाई ४ करोड !
१३ खर्ब १५ अर्बको बजेट , कर्मचारीको तलब बढेन, पत्रकारलाई दुर्घटना बिमा, सासंदलाई ४ करोड !
चार जना सवार विमान दुर्घटना, खोजी जारी
चार जना सवार विमान दुर्घटना, खोजी जारी
बाँकेका मतदाता भन्छन्, ‘भोट माग्छन् तर मत हाल्न कोही सिकाउँदैनन्’
बाँकेका मतदाता भन्छन्, ‘भोट माग्छन् तर मत हाल्न कोही सिकाउँदैनन्’