राप्रपाको केन्द्रीय परिषद् बैठक वीरगन्जमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ७, २०७४
|
|
४० पटक हेरिएको
Shares
राप्रपाको केन्द्रीय परिषद् बैठक वीरगन्जमा

सारांश

  • काठमाडौँ, ७ पुस ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्न आगामी माघको दोस्रो सताभित्र केन्द्रीय परिषद् बैठक वीरगन्जमा गर्ने भएको छ ।
  • पार्टीको वैचारिक दृष्टिकोणमा जनताको चाहनाअनुसार परिमार्जित तथा सांगठनिक अवस्था सुदृढीकरण गर्न उक्त बैठकमा छलफल गरिने प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

काठमाडौँ, ७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्न आगामी माघको दोस्रो सताभित्र केन्द्रीय परिषद् बैठक वीरगन्जमा गर्ने भएको छ ।

पार्टीको वैचारिक दृष्टिकोणमा जनताको चाहनाअनुसार परिमार्जित तथा सांगठनिक अवस्था सुदृढीकरण गर्न उक्त बैठकमा छलफल गरिने प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

विधान संशोधनबाहेक सबै निर्णय गर्न सक्ने उक्त बैठकलाई महाधिवेशनपछिको ठूलो सभाका रुपमा लिइएको छ । पार्टीका सबै केन्द्रीय कार्यसमिति सदस्य, जिल्ला अध्यक्ष, क्षेत्रीय अध्यक्ष, नगर अध्यक्ष गरी करिब ५०० जनाको सहभागिता रहने सो बैठकले पार्टीले अवलम्बन गर्नुपर्ने भावी रणनीतिका साथै नयाँ कार्यनीति पारित गर्ने छ ।

पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सिट मात्र जितेको छ भने समानुपतिकमा तीन प्रतिशत मत प्राप्त गर्न सकेन । प्रदेशसभा सदस्यमा प्रत्यक्षमा एक सिट पनि जितेको छैन । त्यहाँ समानुपातिकमा आवश्यक न्यूनतम मत प्राप्त गरेको भएपनि के कति सिट प्राप्त गर्ने निश्चित भएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भैँसेगौँडामा भेटिए १७४ प्रजातिका चरा
भैँसेगौँडामा भेटिए १७४ प्रजातिका चरा
जिल्ला अदालतको आदेशमा छुटेका दुई प्रहरीलाई थुनामा राख्न उच्च अदालतको आदेश
जिल्ला अदालतको आदेशमा छुटेका दुई प्रहरीलाई थुनामा राख्न उच्च अदालतको आदेश
टाट पल्टिएको ५ वर्षपछि तलब दिन नेपाली कामदार खोज्दै साउदी कम्पनी
टाट पल्टिएको ५ वर्षपछि तलब दिन नेपाली कामदार खोज्दै साउदी कम्पनी
Irregular power supply hits life in Nepalgunj
Irregular power supply hits life in Nepalgunj
नम्रता श्रेष्ठलाई फेरि सेक्स भिडियो काण्डको त्रास !
नमो क्षेत्रपाल हेल्थ होमद्वारा प्रहरीलाई १६ सय मास्क प्रदान
नमो क्षेत्रपाल हेल्थ होमद्वारा प्रहरीलाई १६ सय मास्क प्रदान
धितोपत्र बजारः कारोबार रकम ७६ करोड नाघ्यो
धितोपत्र बजारः कारोबार रकम ७६ करोड नाघ्यो
मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ
मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ
शहीद स्मारक ‘ए’ डिभिजन फुटबल: उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा
शहीद स्मारक ‘ए’ डिभिजन फुटबल: उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा
शैक्षिक गुणस्तर राम्रो भए विद्यालयलाई स्रोत अभाव हुँदैन : नेकपा महासचिव पौडेल
शैक्षिक गुणस्तर राम्रो भए विद्यालयलाई स्रोत अभाव हुँदैन : नेकपा महासचिव पौडेल