स्वदेशमै टर्कीपालन गरी आयआर्जन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २३, २०७४
|
|
२१ पटक हेरिएको
Shares
स्वदेशमै टर्कीपालन गरी आयआर्जन

सारांश

  • कपिलवस्तु, २३ कार्तिक ।
  • कपिलवस्तुका दुई युवा दाजुभाइ विदेशको मोह त्यागेर स्वदेशमै व्यावसायिक टर्कीपालनमा जुटेका छन् ।
  • बीस प्रतिशत दाना र ८० प्रतिशत घाँस खाने भएकाले टर्की पाल्न सजिलो रहेको र टर्कीको मासु स्वास्थ्यबर्धक र कोलेस्ट्रोल फ्री रहेकाले पनि उपभोक्ता खान मन पराउने गरेका छन् ।

कपिलवस्तु, २३ कार्तिक । कपिलवस्तुका दुई युवा दाजुभाइ विदेशको मोह त्यागेर स्वदेशमै व्यावसायिक टर्कीपालनमा जुटेका छन् ।बीस प्रतिशत दाना र ८० प्रतिशत घाँस खाने भएकाले टर्की पाल्न सजिलो रहेको र टर्कीको मासु स्वास्थ्यबर्धक र कोलेस्ट्रोल फ्री रहेकाले पनि उपभोक्ता खान मन पराउने गरेका छन् ।

 

१४ लाखको लगानीमा आठ महिनाअघिदेखि शुरु गरिएको टर्कीपालनका लागि खरेन्द्रपुरका दाजुभाइ युवराज पौडेल र युधीर पौडेलले चार कट्ठामा खोर बनाएका छन् भने छ कट्ठामा स्टाइलो रियो सन्टी सिभो जातको घाँस लगाएका छन् ।

भाले जातका टर्की बिक्रीका लागि तयार भएको र पोथी टर्कीले भने अण्डा पार्न थालेको उनको भनाइ छ । स्वदेशमा केही काम पाइँदैन, पाए पनि खासै आम्दानी हुँदैन भन्ने आम मान्यतालाई चुनौती दिँदै यहाँका युवाले सामूहिक टर्कीपालन गरी मनग्य आम्दानी गरेका छन् ।

स्वदेशमै केही गरेर देखाउन शिवराज नगरपालिका–३ खरेन्द्रपुरका यी दाजुभाइ टर्कीपालनमा कम्मर कसेर लागेका छन् । कुनै पनि कामले मानिसलाई सानो र ठूलो नबनाउने भन्दै राम्रो अध्ययनपछि आफूहरु टर्कीपालनमा लागेको उनीहरु बताउँछन् ।

मेहनत र परिश्रम गरे जुनसुकै काम वा व्यवसायबाट पनि प्रशस्त लाभ लिन सकिने उनीहरुको दाबी छ । स्वदेशमै लगानी गरेर आफ्नो पहिचान कायम गर्न उनीहरु व्यावसायिकरुपमा टर्कीपालनलाई अँगालेका हुन् । कपिलवस्तु खरेन्द्रपुरमा आफैँले करिब चार कट्ठा जग्गा खरिद गरी झण्डै तीन कट्ठामा फार्म र माछा पोखरी बनाएर व्यवसाय शुरु गरेको सञ्चालकद्वय बताउँछन् ।

बजारमा टर्कीको मासु प्रतिकिलो रु एक हजारमा बिक्री हुने गरेको छ । सरकारले टर्की पालनलाई प्राथमिकता दिएर यससम्बन्धी अनुदानको व्यवस्था गर्न सकिए टर्कीपालनमा धेरै किसान आकर्षित हुने निर्विवाद छ सञ्चालक पौडेलले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जब प्रतिनिधिसभाको बैठकमा फूलको आँखामा फूलै संसार गित गाय नेम्वाङले !
जब प्रतिनिधिसभाको बैठकमा फूलको आँखामा फूलै संसार गित गाय नेम्वाङले !
सलिनमानको प्रेम खुलासा
सलिनमानको प्रेम खुलासा
युवा जनसङ्ख्याले देशको आर्थिक गतिविधि विस्तार गर्नुपर्छ : अर्थमन्त्री डा महत
युवा जनसङ्ख्याले देशको आर्थिक गतिविधि विस्तार गर्नुपर्छ : अर्थमन्त्री डा महत
प्रदेश ४ः पर्यटन, ऊर्जा र उद्योग प्राथमिकतामा
प्रदेश ४ः पर्यटन, ऊर्जा र उद्योग प्राथमिकतामा
काठमाडौँबासीले यो वर्ष पनि मेलम्चीको पानी खान नपाउने
काठमाडौँबासीले यो वर्ष पनि मेलम्चीको पानी खान नपाउने
कोरोना अपडेटः १९ जना थपिएसँगै संक्रमितको संख्या पुग्यो ६०३
कोरोना अपडेटः १९ जना थपिएसँगै संक्रमितको संख्या पुग्यो ६०३
डाक्टरले सेतो कोट लगाउनुको यस्तो रहस्य
डाक्टरले सेतो कोट लगाउनुको यस्तो रहस्य
कृतिम मूल्य बढाउनेविरुद्ध सरकारले कारवाहीको कदम चालिरहेको छः प्रधानमन्त्री अाेली
सरकारको काम कारबाहीले जनतामा आशा जगाएको छः  प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार
सरकारको काम कारबाहीले जनतामा आशा जगाएको छः प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार
बाढी पीडितका लागि संकलित राहत गृहमन्त्रीलाई हस्तान्तरण
बाढी पीडितका लागि संकलित राहत गृहमन्त्रीलाई हस्तान्तरण

तपाईंले छुटाउनुभयो कि?