राम्रा मानिसले किन दुःख पाउँछन् ? यस्ता छन् विवेकान्दका ७ रोचक जवाफ

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २४, २०७४
|
|
४८ पटक हेरिएको
Shares
राम्रा मानिसले किन दुःख पाउँछन् ? यस्ता छन् विवेकान्दका ७ रोचक जवाफ

सारांश

  • महापुरुष स्वामी विवेकानन्द अध्यात्म गुरु मात्र नभएर युवाहरुमा ऊर्जाको विकास गराउने उपदेशहरु पनि दिने गर्थे ।
  • उनी रामकृष्ण परमहंसका शिष्य थिए ।
  • त्यसै समयमा स्वामी विवेकानन्दले उनका गुरु रामकृष्णलाई जीवनसम्बन्धी तथ्यहरुबारे केही रोचक प्रश्नहरु गरेका थिए ।

महापुरुष स्वामी विवेकानन्द अध्यात्म गुरु मात्र नभएर युवाहरुमा ऊर्जाको विकास गराउने उपदेशहरु पनि दिने गर्थे । उनी रामकृष्ण परमहंसका शिष्य थिए ।

त्यसै समयमा स्वामी विवेकानन्दले उनका गुरु रामकृष्णलाई जीवनसम्बन्धी तथ्यहरुबारे केही रोचक प्रश्नहरु गरेका थिए । यस्ता प्रश्नहरुको तार्कि एवम् महत्वपूर्ण उत्तर दिएर रामकृष्णले स्वामी विवेकानन्दको जिज्ञासा कम गरेका थिए । ती प्रश्नका उत्तरहरु यस प्रकार छन्-

१. जीवनमा राम्रा कामका लागि समय निकाल्न धेरै कठीन छ । जीवन जिउँदा किन यत्तिका समस्याहरु आइलाग्छन् र हामीलाई अल्झाउने गर्छन् ?
– जीवनमा सबैलाई आफ्ना गतिविधिहरुले घेरेर राखेका हुन्छन् । तर यसको उत्पादकत्वमा मात्र हाम्रो जीवनको सही अर्थ भर पर्नेछ ।
२. आज जीवन किन यस्तो जटिल अवस्थामा छ ?
– जीवनलाई विश्लेषण गर्न छोडेपछि मात्र यसको जटिलता कम हुँदै जानेछ । जीवनलाई आजको दिनमै जिउनु पर्छ । भोलि र हिजो भनेको हाम्रो कल्पना मात्रै हो वास्तविकता आजमा हुन्छ ।

३. त्यसो भए हामी सधैँ किन दुःखी हुन्छौँ ?
– सधैँ सबैकुरामा तनाव लिइराख्ने हाम्रो बानी भइसक्यो । त्यसैले हामी कहिल्यै खुसी रहन सक्दैनौँ ।

४. राम्रो मानिसले मात्र किन सधैँ दुःख पाउँछ ?
– हिरालाई चम्काउन धेरै रगड्नुपर्छ । सुनलाई शुद्ध बनाउन आगोमा तताउनु पर्छ । त्यस्तै राम्रो मान्छेहरुले गुज्रिनु पर्ने परीक्षाहरु अनुभव हुन् दुःख होइनन् । उनीहरुले दिनुपरेको परिक्षा कहिल्यै बेकार जाँदैन । यसले हाम्रो जीवन अझ सुन्दर अझ राम्रो बनाइदिन्छ ।

५. यसको मतलब यस्ता अनुभवहरु धेरै उपयोगी हुन्छन् ?
– हो जिवनका सम्पूर्ण अनुभवहरुको आआफ्नै मूल्य हुन्छ । कठोर अनुभवहरु शिक्षक जस्तै हुन्छन् । पहिले तिनले परिक्षा लिन्छन् अनि त्यसबाट सिक्नुपर्ने पाठ पढाउँछन् ।

६. जीवनमा सर्वोत्तम हासिल गर्न के गर्नुपर्छ ?
– यसका लागि बिना कुनै पछुतो आफ्नो विगतको सामना गर्नुपर्छ । अनि आफ्नो वर्तमानलाई भने पूर्ण आत्मविश्वासका साथ सम्हाल्न सक्नुपर्छ । र अन्त्यमा निडर भएर भविष्यको तयारी गर्नुपर्छ ।

७. कुनै कुनै बेलामा हामीलाई आफ्नो प्रार्थनाहरु बेकार भएजस्तो लाग्छ किन?
– कुनै पनि प्रार्थना कहिल्यै बेकार जादैनन् । आफ्नो आस्था कायम राख्दै डरलाई मनमस्तिष्कबाट निकाल्न सक्नुपर्छ । जीवन एउटा रहस्य हो जसलाई हामी आफैँले पत्ता लगाउन सक्नुपर्छ । तर यो कनै समस्या होइन जसलाई हामीले जीवनभर सुल्झिाइराख्नुपर्छ । यदि हामीले एकपटक जीवन कसरी जिउने भन्ने थाहा पायौँ भने साँच्चिकै जीवन आश्चर्यजनक लाग्न थाल्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशकै ‘लाइफलाइन’ बन्नसक्छ केरुङ–काठमाडौँ रेलमार्ग
देशकै ‘लाइफलाइन’ बन्नसक्छ केरुङ–काठमाडौँ रेलमार्ग
माओवादीको लालकिल्ला भत्काउन कांग्रेस-एमालेको नयाँ प्रयोग, उम्मेदवार एमालेको, चुनाव चिन्ह रुख !
माओवादीको लालकिल्ला भत्काउन कांग्रेस-एमालेको नयाँ प्रयोग, उम्मेदवार एमालेको, चुनाव चिन्ह रुख !
सरकारलाई एमालेको चेतावनी  !
सरकारलाई एमालेको चेतावनी !
बलात्कार प्रकरण- एसपी र इन्सपेक्टरलाई निलम्बन पत्र
बलात्कार प्रकरण- एसपी र इन्सपेक्टरलाई निलम्बन पत्र
दलित भएकै कारण जबर्जस्ती जागिरबाट निकालियो
दलित भएकै कारण जबर्जस्ती जागिरबाट निकालियो
काङ्ग्रेस मुलुकको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी होः सभापति देउवा
काङ्ग्रेस मुलुकको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी होः सभापति देउवा
अर्थमन्त्री महतले भने : ब्याजदरको समस्या समाधान हुन्छ
अर्थमन्त्री महतले भने : ब्याजदरको समस्या समाधान हुन्छ
मर्म बहुउद्देश्यीय सहकारीले पोलीक्लिनिक संचालन गर्ने
मर्म बहुउद्देश्यीय सहकारीले पोलीक्लिनिक संचालन गर्ने
यी हुन् भोटेकोशी नदी किनारमा ४ करोडको स्विमिङ पुल बनाउने मन्त्री
यी हुन् भोटेकोशी नदी किनारमा ४ करोडको स्विमिङ पुल बनाउने मन्त्री
अरुलाई पक्राउ गर्ने प्रहरी २० किलो अवैध सुनसहित आफै पक्राउ
अरुलाई पक्राउ गर्ने प्रहरी २० किलो अवैध सुनसहित आफै पक्राउ