पूूर्व राजाले मोदी भेट्न किन पहल गर्दैछन् ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ३१, २०७६
|
|
३५ पटक हेरिएको
Shares
पूूर्व राजाले मोदी भेट्न किन पहल गर्दैछन् ?

सारांश

  • काठमाण्डौ ।
  • पूर्व राजा ज्ञानेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटको पहल गरेका छन् ।
  • उनले नेपाल र भारतमा रहेका आफ्ना शुभेच्छुकमार्फत् भेटको पहल गरेको बुझिएको छ ।

काठमाण्डौ । पूर्व राजा ज्ञानेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटको पहल गरेका छन् । उनले नेपाल र भारतमा रहेका आफ्ना शुभेच्छुकमार्फत् भेटको पहल गरेको बुझिएको छ । मोदीको जीतबाट निकै खुशी पूर्व राजाले बधाई समेत दिएका छन् । उत्साही भएका शाहले मोदीलाई शाहले बधाई सन्देश पठाएका हुन् । सनातन हिन्दु धर्मको रक्षामा जोड दिदै आएको भारतीय जनता दलको भारतमा भएको सानदार जीतले शाहमा नयाँ आशा जागृत भएको बुझिएको छ । भाजपा शक्तिशाली हुँदाले लाभ लिन सकिने भन्दै सक्रियता देखाउन निकटस्थले पूर्व राजालाई सुझाव दिएका छन् । थाइल्यान्ड भ्रमणमा रहेका पूर्व राजाले त्यहाँ बस्दा समेत मोदीसँग भेटका लागि सम्पर्क सूत्रहरुसँग विभिन्न तरिकाले छलफल गरेका छन् ।

उनले मोदीसँग भेटको माहोल तयार गर्न विश्वासपात्रहरुलाई पटक पटक भारत पठाएपनि सम्भव भएको थिएन । पूर्व राजा ज्ञानेन्द्र शाह नेपाल फर्किएपछि नेपालगन्ज जाने तय भएको छ । बैंककमा पारिवारिक भ्रमणमा रहेका उनी ३ असारमा फर्कदैछन् । ५ जेष्ठमा बैंकक उडेका शाहको लामो विदेश बसाईं पारिवारिक भ्रमणका लागि मात्र सिमित नभएको बुझिएको छ । उनले केही विशेष भेटहरु गरेको विश्वस्त सूत्रले जानकारी दियो ।

शाह स्वदेश फर्किएपछि केही दिन आराम गरेर काठमडौं भ्रमणमा जाने तय भइसकेको निकटस्थले जानकारी दिए । शाहले यसपटकको जन्मदिन नेपालगन्जमा मनाउने भएका छन् । २३ असारमा ज्ञानेन्द्रको जन्मदिन पर्छ । पछिल्लो समय उनी नेपालगन्ज निकै आवत्जावत् गर्दै आएका छन् ।

नेपालगन्ज भ्रमणकै बखत अचानक लखनऊ पुगेर योगीसँग भेटेका थिए । २०७४ सालमा भएको योगीसँगको भेटपछि पूर्व राजा निकै उत्साही भएको निकटस्थले बताए ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग डेढ वर्ष अधि पूर्व राजा ज्ञानेन्द्र शाहको महत्वपूर्ण भेट भएको थियो । नेपालगन्ज पुगेका पूर्व राजा सिधै लखनऊ पुगेर योगीसँग भेट गरेका थिए । उक्त भेटको तस्वीर योगी आफैले सार्वजनिक गरेका थिए ।

योगीसँगको भेटले नेपाली राजनीतिमा तरंग आएको थियो । योगी नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने पक्षका हुन् । उनी मुख्यमन्त्री नहुँदै नेपाल आएर हिन्दु राष्ट्र र राजसंस्थाको पुर्नस्थापनाको पक्षमा बोलेर गएका थिए । मुख्यमन्त्री भएपछि भने उनी दुवै विषयमा मौन छन् ।

पूर्व राजा ज्ञानेन्द्र उच्च मावि तहको शिक्षा पूरा गरेकी जेठी नातिनी पूर्णिकाको दिक्षान्तका लागि भन्दै बैंकक पुगेका हुन् । उनका साथमा परिवारका अन्य सदस्य समेत छन् । पूर्व राजा एक महिना विदेश बस्नुलाई निकै अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तराई धेरै स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
तराई धेरै स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
कांग्रेसको जागरण अभियानमा शीर्ष नेताले यी स्थानमा गर्दैछन् सम्वोधन
कांग्रेसको जागरण अभियानमा शीर्ष नेताले यी स्थानमा गर्दैछन् सम्वोधन
मनकामना जाँदै गरेको बस नवलपरासीमा दुर्घटना, ५ जनाको मृत्यु
मनकामना जाँदै गरेको बस नवलपरासीमा दुर्घटना, ५ जनाको मृत्यु
सुन्तला खेतीमा रमाउँदै कृषक यस वर्ष रुं ३० करोड आम्दानी
सुन्तला खेतीमा रमाउँदै कृषक यस वर्ष रुं ३० करोड आम्दानी
​आमासँग लिभिङ टुगेदर, छोरीमाथि बलात्कार !
गुण्डा नाइकेहरु सलबलाएपछि पूर्व–पिएलएहरुको टोली परिचालन
गुण्डा नाइकेहरु सलबलाएपछि पूर्व–पिएलएहरुको टोली परिचालन
काठमाडाैबाट सिन्धुली जाँदै गरेकाे बस रामेछाप दुर्घटना हुँदा एकको मृत्यु, १२ जना घाइते
काठमाडाैबाट सिन्धुली जाँदै गरेकाे बस रामेछाप दुर्घटना हुँदा एकको मृत्यु, १२ जना घाइते
आजको मौसमः देशै भरी कतै मेघ गर्जन त कतै छिटफुट बर्षा हुने
आजको मौसमः देशै भरी कतै मेघ गर्जन त कतै छिटफुट बर्षा हुने
काठमाडौँ- ८ मा बाम गठबन्धन  ‘पुरानो इतिहास फर्काइएरै छाड्छौँ’
काठमाडौँ- ८ मा बाम गठबन्धन ‘पुरानो इतिहास फर्काइएरै छाड्छौँ’
कृषकलाई हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण
कृषकलाई हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण

तपाईंले छुटाउनुभयो कि?